ओठले बताउँछ यौन जीवन

ओठ र यौनको असमान्जस्य सम्बन्ध रहदै आएको परिप्रेक्ष्यमा युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्डका अनुसन्धानकर्ताहरूले ओठ र यौनबीचको सम्बन्धमा नौलो किसिमको अनुसन्धान गरेका छन्। युनिभर्सिटीका वैज्ञानिकहरूले कस्तो किसिमको ओठ भएका महिला यौनसन्तुष्ट हुन्छन् र कस्तो भए कम हुन्छन् भनेर १८ देखि ३५ वर्षका २ सय ५९ महिलामा अनुसन्धान गरेका थिए। 

अनुसन्धानका क्रममा जुन महिलाको ओठ धनुको आकारमा उठेको हुन्छ उनीहरूले ओठ नउठेका महिलाको तुलनामा १२ गुणा बढी यौनसन्तुष्टि पाउने कुरा पत्ता लागेको छ। अनुसन्धानकर्ताहरूले महिलाको ओठको निरीक्षण गर्दै उनीहरूको यौन आचरणका सम्बन्धमा विभिन्न किसिमका प्रश्नहरू सोधेका थिए। जसमा ९५ प्रतिशत महिलाले हस्तमैथुनबाट पनि आफूले चरम आनन्द लिने गरेको बताए भने ओठ नउठेका महिलाहरूले भने यौनसम्बन्धमा सोचेअनुरूपको आनन्द नपाउने बताए। ओठको बनावटअनुसार यौन आचरण पत्ता लगाए पनि के कारणले उनीहरूको यौन आचरण फरक भएको हो भन्ने विषयमा वैज्ञानिकहरूले केही स्पष्ट पारेका छैनन्।@साप्ताहिक

No comments: