'सुविधाको गाडी फिर्ता गर्दिन'


प्रधानमन्त्री बाबुराम भट्टराईले सस्तो लोकप्रियताका लागि सस्तो गाडी चढे


कान्तिपुर-संवाददाता/काठमाडौ
          पूर्व गृहमन्त्री एवं एमाले नेता भीम रावलले सरकारले दिएको सुविधाको गाडी फिर्ता नगर्ने स्पष्ट पारेका छन् ।
राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा नेता रावलले माओवादीले 'गाडी राजनीति' गरेर आफूलाई बदनाम गराउने षड्यन्त्र गरिरहेको दाबी गरे ।
'प्रचण्डले लिएको गाडी फिर्ता गरुन्, माओवादीले भन्सार छलेर ल्याएको महंगो गाडी फिर्ता गरुन्,' उनले भने, 'म पनि फिर्ता गर्छु । आफू भन्सार नतिरी ल्याएको चोरीको गाडि चढ्ने अनि मैले नियम अनुसार पाउने सुविधाको गाडि किन फिर्ता गर्ने ?'
उनले आफूले जवरजस्ती नभइ ऐन अनुसार लगेको भन्दै गोएवल शैलीमा आफूलाई बदनाम गराउने योजनामा कर्मचारीहरु लागेको आरोप लगाए । उनले चुनौति दिदै भने, 'हिम्मत भए राजनीतिक मैदानमा आऊ, गाडी राजनीति नगर ।' उनले आफूले चढेको गाडी भन्सार छुटमा ९० लाखमा ल्याएको भन्ने आरोपको खण्डन गर्दै भन्सार तिरेर ८० लाखमा ल्याएको बताए ।
नेता रावलले सस्तो गाडी चढ्ने प्रधानमन्त्री बाबुराम भट्टराईको निर्णय सस्तो लोकप्रियताको लागि मात्र भएको भन्दै हिम्मत भए सबै महंगा गाडी ग्यारेजमा राखेर आफैले चढे जस्तो गाडी सबै मन्त्री र सचिवलाई चढ्न लगाउन चुनौति दिए । उनले यस्तो भए आफूले पनि कुनै सरकारी सुविधानको गाडि नचढ्ने घोषणा गरे । श्रोत:ई-कान्तिपुर

No comments: