कान्तिपुर संवाददाता/ काठमाडौ
उमेर वृद्घसिँगै यौनसम्बन्धी जटिलता देखिनु सामान्य हो । प्रायः महिलामा यस्तो निकै चाँडो देखिन थाल्छ । बुढ्यौलीमा पनि महिलाहरूको यौनजीवन सक्रिय रहने पार्न विश्वभरिका औषधि कम्पनीहरू नयाँनयाँ फर्मुलाको खोजीमा रहने गरेका छन् ।
तर अब वैज्ञानिकहरूले के पाएका छन् भने पाका महिलाहरूको लागि सफलतासँगै उमेरको हरेक अवस्थालाई पार गर्नु र सकारात्मक रहनु यौनजीवनलाई लामो समयसम्म स्वस्थ बनाइराख्ने सबैभन्दा सरल तरिका हो ।
क्यालिफोर्निया विश्वविद्यालयको एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको हो । ६० वर्षदेखि ८९ वर्षसम्मका महिलामा गरिएको अनुसन्धानमा के पाएका छन् भने सधैं सफल रहेको अनुभूति गर्नु, सधैं हाँसीखुसी रहने बानी बसाल्नु शारीरिक असमर्थतामा पनि यौनजीवन कायम राखिराख्ने सरल उपाय हुन् ।
अनुसन्धाताहरूका अनुसार जुनसुकै उमेरमा पनि हामी केही उपाय अवलम्बन गरेर स्वस्थ यौनजीवन पाउन सक्छौं । हामी कुनै पनि उमेरमा यौनबाट उति नै आनन्द उठाउन सक्छौं । आवश्यकता छ त केवल आफ्नो मन र मस्तिष्कलाई सधैं खुसी र सन्तुष्ट राख्न सक्नु ।
छरितो बनाउँछ ब्राउन फ्याटलेमहिलाहरूलाई आफनो शरीर छरितो बनाइराख्न धेरै मिहिनेत गर्नुपर्छ । आफ्नो फिगरबारे चिन्तित रहने महिलाहरूका लागि राम्रो जानकारी ।
एउटा अनुसन्धानअनुसार शरीरमा पाइने ब्राउन फ्याट नामक तन्तुले हामीलाई छरितो बनाउँछ ।
यो तन्तु धेरैजसो वयस्कमा पाइन्छ । यसको स्थान कलर बोन -छातीमाथि गर्दन छेउ दुइटा हाड) को नजिक हुन्छ । गारवान इन्स्िटच्युट अफ मेडिकल रिसर्चका अनुसन्धाताहरूको टोलीले के थाहा पाएको छ भने शरीरमा ह्वाइट पmयाटको अत्यधिक मात्राले मोटोपना बढाउँछ ।
ब्राउन पmयाट कति उपयोगी छ भन्ने हाकलन हामी यो तथ्यबाट गर्न सक्छौं— एक ग्राम ब्राउन पmयाटले दिनभरिमा ६ किलो क्यालोरी बढाउँछ ।
जुन वयस्कमा ब्राउन फ्याटको मात्रा बढी पाइन्छ उनीहरू सधैंभरि छरितो देखिने गरेका छन् । अनुसन्धाताहरूका अनुसार अब ब्राउन फ्याटलाई उत्पन्न गर्न सकिन्छ । यसका लागि ती वयस्कको 'स्टेम सेल'को आवश्यकता हुन्छ जसभित्र ब्राउन फ्याट पाइन्छ । ब्राउन फ्याटले शरीरलाई बालबालिकामा जस्तै न्यानोपन कायम राख्छ । ब्राउन पmयाट शरीरमा जन्मजात रूपमा हुन्छ । @ई-कान्तिपुर
No comments:
Post a Comment