माओवादी नेताको परिवारै कुटिए

खाँदबारी, श्रावण २० - संखुवासभाको मादीमुलखर्कमा माओवादी नेताको परिवारमाथि नै निर्घात कुटपिट भएको छ ।
१० नम्बर ईलाका सेक्रेटरी रेवती दाहाल र उनका श्रीमती र छोरीलाई स्थानीय दर्पण जिमीको समूहले बिहीवार राती निर्घात कुटपिट गरेका हुन् ।
घरमै सुतिरहेका माओवादी नेता दाहाल परिवारलाई हतियारसहित आएका समुहले कुटपिट गर्दै घरवाट वाहिर निकालेका थिए । केहिदिन अघि भएको सामान्य विवादलाई लिएर उनीहरुमाथी आक्रमण भएको माओबादी जिल्ला ईन्चार्ज राजेन्द्रकुमार किरातीले बताए ।
रेवतीको परिवारलाई निर्घात कुटपिट नगर्न आग्रह गर्दा जिमीको समुहले छिमेकी सरोज दाहाललाई पनि खुकुरी हानेर घाईते वनाएका छन ।
माओवादीले एरिया सेक्रेटरीलाई गरिएको आक्रमणको घोर भर्त्सना गरेको छ । शान्ति र संविधानको लागि लचिलो भइरहेको अवश्थामा कार्यकर्ता माथी आक्रमण हुनुलाई षडयन्त्रको रुपमा लिएको जिल्ला ईन्चार्ज किरातीले बताए ।
उनले भने, 'आक्रमण गर्नेलाई कानुन अनुसार कारवाही गर्नु पर्छ ।' उनले घाइते भएका चारै जनाको सिघ्र उपचारको माग गरेका छन । घाइतेहरुको जिल्लास्थित स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि शुक्रवार उपचारका लागि विराटनगर लगिएको छ ।
आक्रमण गर्ने दर्पण जिमी सहित ५ जनाको समुहलाई स्थानीय प्रहरी चौकीले पक्राउ गरि ईलाका प्रहरी कार्यालय चैनपुरमा बुझाएको छ । उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साभार-ई-कान्तिपुर

No comments: