अनमोलमणि/मकर,भक्तपुर
परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार कुल ४ लाख ५४ हजार २२ जना परीक्षार्थीमध्ये २ लाख ३० हजार ४ सय ९९ सय जना उत्तीर्ण भएका छन् । नतिजा अनुसार २० हजार १ सय ११ जनाको विशिष्ट श्रेणी (डिस्टिङ्सन) र ८२ हजार ६ सय १९को प्रथम श्रेणी छ । सबैभन्दा बढी १ लाख ९ हजार ७ सय ९५ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा उत्तीर्ण हुनेको संख्या ८ हजार २ सय ४१ छ ।
२०६७ सालको एसएलसीमा ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फको यो नतिजा गत वर्ष भन्दा ९ प्रतिशतले घटेको छ ।
आंशिक तर्फ १७ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । केन्द्रीय परीक्षा समितिको सोमबारको वैठकले नतिजा सार्वजानिक गरेको हो ।
'झण्डै ४४ प्रतिशत विद्यार्थी एसएलसीमै फेल हुनु शैक्षिक क्षति हो', गत सालभन्दा कम विद्यार्थी उत्तीर्ण हुनुको कारणबारे नियन्त्रक गौतमले नतिजा सार्वजानिकपछि भने, 'हरेक साल फरक सिकाइ क्षमता भएका विद्यार्थी अध्ययन गर्छन्, त्यसकारण नतिजा तलमाथि परिरहन्छ । यसले विद्यार्थीको क्षमता अनुसार विद्यालयको पठन पाठन प्रभावकारी छैन भन्ने देखाउँछ । शैक्षिक सत्रको सुरुदेखिनै प्रभावकारी शिक्षण चलाउन ध्यान दिनु पर्छ ।'
१ लाख ४४ हजार विद्यार्थी २ विषयमा अनुतीर्ण भएका छन् । ५ नम्बर ग्रेस दिदा १७ हजार ७ सय ४० जना उत्तीर्ण भएको गौतमले बताए । उनले यसपालीको परीक्षा सुरुदेखिनै विगत वर्षमा भन्दा मर्यादित भएको तथा नतिजा प्रकाशनमा पनि मिसिङ कम भएको बताए । परीक्षा गत चैत १० देखि १८ गतेसम्म चलेको थियो । प्ररम्भीक अनुमान अनुसार सामुदायिक विद्यालयको नतिजा कमजोर भएको छ । यसको विश्लेषण भने भइसकेको छैन । पछिल्लो ५ वर्षमा यो सबैभन्दा कमजोर नतिजा हो ।
शिक्षा सचिव शंकर पाण्डेले अध्ययनपछिमात्रै विद्यार्थीको नतिजा विश्लेषण गर्न सकिने बताए । 'अहिलेनै यसको कारण बताउन सकिन्न', उनले कान्तिपुरसित भने, 'यसैमा निरास हुनु पर्दैन । पढ्ने सबै पास हुनु पर्छ भन्ने आधारभूत कुरा हो, तर त्यसमा सुधारका ठाउ धेरै छन् । सरकार सुधारका पक्षमा छ ।' नतिजा २०६२ पछि बढ्दै गएको थियो । पछिल्लो ५ वर्षमा यो सबैभन्दा कम हो । शिक्षाविद् डा विष्णु कार्कीले यसले शिक्षक, परीक्षा तथा पठन पाठनमै प्रश्न खडा गरेकेा टिप्पणी गरे । उनले भने, '४४ प्रतिशत विद्यार्थी फेल हुनुमा कहा कमजोरी भयो, शिक्षकले पनि सोच्नु जरुरी छ ।'
पुरक साउनदेखि
यसैबीच परीक्षा नियन्त्रण कार्यालयले दुई विषय अनुत्तीर्ण विद्यार्थीका लागि साउन २३ देखि २० गतेसम्म पुरक परीक्षाको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयल जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको नतिजा कान्तिपुरको K'MAZZA सेवामा पनि SMS गरेर प्राप्त गर्न सकिने छ । नतिजा प्राप्त गर्नका लागि: SLC <स्पेश> सिम्बोल न. टाइप गरी ८०८० मा SMS पठाउनु पर्नेछ । :ई-कान्तिपुर
No comments:
Post a Comment