एक साँझ सहरमा

कान्तिपुर संवाददाता/काठमाडौ
            साँझ नपर्दै कुमारीपाटीस्थित ललितपुर दोहोरीमा साँझ पारिएको छ । सहरको कुनै भीडबाट थकितझैं लाग्ने अनुहार बोकेर एक युवक दोहोरी छिर्छन्- मुड प|mेस गर्न । टेबलमा हि्वस्की मगाउँछन्, सिनित्तै पार्छन् र आँखा दौडाउँछन् स्टेजतिर, जहाँ मदमस्त युवती जतिसक्दो खुल्ला छाती देखाउँदै अञ्जु पन्तको स्वरमा सजिएको गीत गाइरहेकी छन्- 'तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ...।'

बिराउनु त युवकले पनि के बिराएको थियो र ? तर युवक झन् युवतीका मादक स्वर र बैंसले भरिएको शरीरतिर फोकस हुन्छन् । अनेक कल्पनामा डुबुल्की मार्छन् । रात ढलेपछि सहरको कुनै अज्ञात गल्लीतिर युवक हराउँछन्, युवती दुःखले छोपेको साँघुरो डेरामा रोइरहेको छोरालाई दुध पिलाउँदै निदाउँछिन् । सधंै नाचगान र मदिरामा रमाइलो गर्नेहरूको यथार्थ दृश्य देखिने ललितपुर दोहोरी क्लबमा शनिबार भने सुटिङ भइरहेको थियो ।

बदलिँदै गइरहेको सहरको जीवनशैलीमाथि लघु फिल्म 'रिदम' को छायांकन क्रममा जुटिरहेका थिए निर्देशक जीवेश योञ्जन । युवक -गणेश लामा) र युवती -सोनिया चौलागाईं)  नर्तकी र ग्राहकको भूमिकामा थिए, सोनिया कुनै हिन्दी फिल्मको आइटम डान्समा झैं अनेक हाउभाउ गरिहेकी थिइन् । डकुड्रामा 'नचम्किएका हीराहरू' का लागि न्युयोर्क फिल्म फेस्टिबलमा फिचर फिल्म जेनेरे अवार्ड पाएका योञ्जनले नेपाली द्वन्द्वमाथि निर्मित लघुफिल्म 'आक्रान्त' पछि हुर्किदै गइरहेको नयाँ सहरी संस्कृतिमाथि नयाँ काम थालेका हुन् । 'रिदम' मा उनले आमाको दुध र बारको रक्सीलाई विम्ब बनाएर दुई फरक पात्रको यथार्थ खोतल्न खोजेको बताए ।

'माइली', 'मितेरी गाउँ', 'कठपुतली', 'शिरिषको फूल' जस्ता फिल्ममा अभिनय गरेका गणेशलाई उनले बार धाउने युवकको भूमिकामा उभ्याएका छन्, दुवटा ठूलो पर्दाका फिल्म र म्युजिक भिडियोहरूमा अनुभव संगालेकी सोनिया नर्तकीको रूपमा ।

फिल्ममा अरूका मनोरञ्जनका लागि स्टेजमा उत्रिने नर्तकीको जीवनको दुःखद् र भिन्न

पाटो पनि प्रस्तुत गरिने जीवेशले बताए ।

No comments: