स्पोट्र्स इलुस्ट्रेटेडले तयार पारेको धनी स्टारको सूचीमा रोनी १८औँ स्थानमा छन् भने उनीभन्दा अगाडि मेसी र रोनाल्डो मात्रै छन्
लन्डन/ फुटबल खेलेर सबैभन्दा धेरै आम्दानी गर्ने क्रिस्टियानो रोनाल्डोलाई लियोनल मेसीले पछाडि पारेका छन् भने धेरै कमाइ गर्ने इंग्लिस फुटबलरहरूमा वाइने रुनीले डेविड बेकह्यामलाई पछि पारेका छन् ।
स्पोट्र्स इलुस्ट्रेटेडले तयार पारेको धनी स्टारको सूचीमा रोनी १८औँ स्थानमा छन् भने उनीभन्दा अगाडि मेसी र रोनाल्डो मात्रै छन् । तर, सो सूचीको अघिल्लो स्थानमा अमेरिकी गल्फर टाइगर उड तथा फिल माइकलसन छन् । अमेरिकाबाट प्रकाशित हुने पत्रिकाका अनुसार विश्व खेलकुदमा सबैभन्दा बढी आम्दानी गर्ने अघिल्ला २० खेलाडीभित्र अटाएका पि्रमियर लिग खेल्ने खेलाडीमा म्यानचेस्टर युनाइटेडका रुनी मात्रै छन् । धनी खेलाडीको सूचीमा बार्सिलोनाका मेसी र रियल म्याडि्रडका रोनाल्डोले अगाडि रहेर फुटबलरहरूको प्रतिनिधित्व गरे पनि अन्य खेलका खेलाडीको आम्दानीले उनीहरूलाई पछाडि पारेको छ ।
सो पत्रिकाले खेलाडीको आम्दानी, विज्ञापन, बोनसजस्ता कुरालाई समावेश गरेर सूची तयार पारेको हो । सूचीको १८औँ स्थानमा रहेका रुनीले यस सिजन म्यानचेस्टर युनाइटेडसँग नयाँ करार गरेपछि साप्ताहिक रूपमा एक लाख ६० हजार पाउन्ड कमाउनेछन् । यसले उनलाई बेकह्याम -२३औँ) र कार्लोस टेभेज -३९औँ) भन्दा अगाडि ल्याएको हो । गत वर्ष धनी खेलाडीको सूचीमा नपरेकमा रुनी म्यानचेस्टरसँगको नयाँ करारकै कारण सो सूचीमा परेका हुन् । उनको आम्दानी दुई करोड ९२ लाख अमेरिकी डलर छ ।
गत वर्ष चार करोड १० लाख पाउन्ड कमाएका उडको कमाइ एक करोड ८० लाख पाउन्डमा झरेको छ । तैपनि उनी सो सूचीमा पहिलो नम्बरमा नै छन् । मेसीले रोनाल्डोलाई पछि पारेको तथ्यांकले भने सबैलाई आश्चर्यमा पारेको छ । तैपनि, उनी सो सूचीको सातौँ स्थानमा छन् । साभार : नयाँ पत्रिका

No comments:
Post a Comment