नरेश भट्टराई पेसाले टेलिभिजन तथा रेडियो पत्रकार हुन्। विवेकराज सिंह इमेज च्यानलका पत्रकार तथा सन्तोष सिलवाल गिरी पूर्वटेलिभिजनकर्मी तथा विज्ञापन प्रदायक हुन्। यी तीनै जना आज पोखरा, नारायणघाट, बुटवल, दमकलगायत देशभरका ११ वटा स्थानबाट सार्वजनिक हुन लागेको पृथक् चलचित्र 'बाघचाल'का केन्द्रीय पात्र हुन्। चलचित्रमा नरेश पत्रकार, विवेक र सन्तोष विद्यार्थी नेता, सुमन महत साधारण युवक, सुशील पोखरेल नेता, लक्ष्मण शेष नेता, देवकुमार श्रेष्ठ प्रहरी निरीक्षक, प्रकाश धिताल व्यापारी आदिको भूमिकामा छन्। यसका साथै चलचित्र 'बाघचाल' मा उमेश मायालु, रेजिना उप्रेती, गीता अधिकारी तथा मेनुका प्रधानको पनि महत्त्वपूर्ण भूमिका छ। जगदीश्वर थापाको लेखन तथा निर्देशनमा दीपेश दाहालले निर्माण गरेको चलचित्र 'बाघचाल' देशको समसामयिक राजनीतिको पृष्ठभूमिमा निर्माण गरिएको छ। चलचित्र पत्रकारको जीउज्यानको असुरक्षा, पुँजीवाद र साम्यवादको बहसजस्ता कुरामा केन्दि्रत छ। धेरै हदसम्म यथार्थमा आधारित बताइएको यो चलचित्रमा जितेन्द्र महर्जन र रक्षा सिंहको सम्पादन, अष्ट महर्जनको द्वन्द्व तथा रकी र अवेश शाहीको संगीत हेर्न-सुन्न सकिन्छ।
साभार :- साप्ताहिक कान्तिपुर
No comments:
Post a Comment