एसपी सरुवामा प्रधानमन्त्रीकै चित्त बुझेन
प्रहरी प्रधान कार्यालयले बुधवार ६७ एसपी सरुवा गरेको छ । यसअघि तत्कालिन प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीले गरेको सरुवा रद्द गरी यो नयाँ निर्णय गरिएको हो । राजनीतिक भनसुनका आधारमा आफूले मन पराएकालाई जिल्लामा जाने परम्परा अन्त्य गरी नयाँ मापदण्डका आधारमा दाबी गृह मन्त्रालयको छ ।
प्रहरी मुख्यालय आफैले यो सरुवाको सूचि तयार पारेको हो । मुख्यालयले सूची तयार गर्नुअघि जिल्लामा खटिन लायकहरुको नामावली भने गृह मन्त्रालयले तयार गरिदिएको थियो ।
श्रोतका अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु र सत्तारुढ दलकै केही शिर्ष नेताले बुधवार बिहान आफूलाइ नसोधी जिल्लामा प्रहरी प्रमुख खटाएकामा फोन गरी रोष व्यक्त गरेका थिए ।
नयाँ सरुवाको निर्णय अनुसार काठमाडौ परिसरमा कार्यरत केदार रिजाल यथावत राखिएका छन् भने प्रहरी प्रतिष्ठानमा कार्यरत रमेशप्रसाद खरेललाई पर्सा लगिएको छ । ललितपुरमा सप्तरीमा कार्यरत भोगबहादुर थापा आएका छन् भने भक्तपुरमा क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलबाट नारायण सिंह खडका ल्याइएका छन् ।
कास्कीमा काजमा कार्यरत यादवराज खनाललाई अवसर दिइएको छ भने काठमाडौमा लामो समय कार्यरत प्रधुम्न कार्कीलाई मोरङ्ग पठाइएको छ । मुख्यालयकै जनसम्र्पक शाखाका तारणीप्रसाद लम्साललाई झापा र पुष्कर कार्कीलाई पूर्वान्चल तालिम केन्द्र पठाइएको छ । सुर्खेतमा कार्यरत राजु मानन्धरलाई सुनसरीको जिम्मेवारी दिइएको छ भने हरि पाललाई धनुषा पठाइएको छ । हालै कर्मचारी प्रशासनमा काजमा ल्याइएका ठाकुर प्रसाद ज्ञवालीको सोही स्थानमा दरबन्दी भएको छ ।
त्यस्तै सरुवा हुने अन्य अधिकृतमा रबिन्द्रनाथ रेग्मी प्र.प्र.का.कानून शाखाबाट रुपन्देही, रबिन्द्र प्रसाद शर्मा झापाबाट चितवन, कमलबहादुर जि.टी प्र.प्र.का.यु.एन.शाखाबाट स.प्र.गण.नं.१ नक्साल, दिलिपकुमार चौधरी क्षेसप्र गण रानीबाट कंचनपुर, गणेशबहादुर थापाक्षेत्री प्र.प्र.का.आ.नि.महाशाखाबाट सप्तरी, मोहन राज जोशी म.क्षे.प्र.का.हेटौडाबाट सर्लाही, घनश्याम अर्याल महनगरीय प्रहरी परिचालन कक्षबाट रौतहट छन् ।
सुरेशविक्रम शाह काठमाडौस्थित २ नं गणबाट बारा, श्याम खड्का प्र.प्र.का.तालिम निर्देशनालयबाट मकवानपुर, गणेशबहादुर ऐर प्रधान कार्यालयबाट दाङ्ग, दिनेश अमात्य काठमाडौको अपराध महाशाखाबाट बाँके, उत्तमकुमार कार्की प्र.प्र.का.आ.नि.महाशाखाबाट क्षे.प्र.ता.के.बुटवल छन ।
बिष्णुहरि गौतम महाराजगंज तालिम केन्द्रबाट क्षे.प्र.ता.के.भरतपुर, भरतराज शर्मा प्र.प्र.का.अ.अ.विद्यालयबाट क्षे.प्र.ता.के.नेपालगंज, देव बहादुर बोहरा मनप्रआकोका ईन्टेलिजेन्स महाशाखाबाट क्षे.प्र.ता.के.दिपायल, गणेश बहादुर गुरुङ क्षे.प्र.का.दिपायलबाट बर्दिया, बसन्त कुमार पन्त म.प.क्षे.प्र.का.सुर्खेतबाट जि.प्र.का.कैलाली, गोबिन्द राम परियार मनप्रआकोकाबाट महानगरीय प्रहरी शिक्षालय, धिरु बस्नेत रा.प्र.प्र.प्र.महाराजगंजबाट कपिलबस्तु, गिता उप्रेती स.प्र.गण.नं.१ नक्सालबाट प्र.प्र.का.कानून शाखा, चिरन्जिवि देवकोटा अं.प्र.का.बाग्मतीबाट म.क्षे.प्र.का.हेटौडा, बिनोद शर्मा घिमिरे प्र.प्र.का.यु.एन.जगेडाबाट महोत्तरी, ज्ञान बिक्रम शाह केन्दि्रय प्रहरी बिशेष कार्यदलबाट नवलपरासी खटिएका छन ।
त्यस्तै राजेशकुमार लाल कर्ण ला.औ.नि.का.का.ई.काठमाण्डौंबाट दंगा निप्रगण कोहलपुर, पुष्पचन्द्र रंजित चितवनबाट प्र.प्र.का.आ.नि.महाशाखा, पवन प्रसाद खरेल कंचनपुरबाट राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंज, बिक्रम सिंह थापा ललितपुर परिसरबाट दुई नं. गण, राजेन्द्र श्रेष्ठ भक्तपुर परिसरबाट केन्दि्रय प्रहरी बिशेष कार्यदल, दिपक कुमार थापा मोरङबाट अपराध महाशाखा, भूपालकुमार भण्डारी सुनसरीबाट क्षे.प्र.का.बिराटनगर, सर्वेन्द्र खनाल धनुषाबाट प्र.प्र.का.यु.एन.जगेडा, पूर्णचन्द्र जोशी सर्लाहीबाट द.नि.प्र.गण हेटौंडा, राजेन्द्रमान श्रेष्ठ पर्साबाट प्र.प्र.का.यु.एन.शाखा, रामप्रसाद श्रेष्ठ मकवानपुरबाट म.न.प्र.परिचालन कक्ष, शेर बहादुर बस्नेत रुपन्देहीबाट लागूऔषध नियन्त्रण कानून कार्यान्वयन ईकाई छन । त्यस्तै महेश बिक्रम शाह बाँकेबाट रा.प्र.प्र.प्र.महाराजगंज, ठूले राई क्षे.प्र.ता.के.बुटवलबाट प्र.प्र.का.तालिम निर्देशनालय, बलराम शर्मा पौडेल क्षे.प्र.ता.के.भरतपुरबाट प्र.प्र.का.सुरक्षा महाशाखा, उत्तम बहादुर सिंह प्र.प्र.का.सुरक्षा महाशाखाबाट म.प.क्षे.प्र.का.सुर्खेत, खिनु प्रसाद आचार्य क्षे.प्र.ता.के.नेपालगंजबाट प्रहरी युक्ति तालिम महाबिद्यालय, सूर्य प्रसाद उपाध्याय बर्दियाबाट पहरा गण त्रिपुरेश्वर, योगेश्वर रोमखामी मगर कैलालीबाट म.न.प्र.आ.को का.बिशेष सुरक्षा महाशाखा, शरद चन्द कपिलबस्तुबाट अं.प्र.का.बाग्मती, संजयराज शर्मा जि.प्र.का.महोत्तरीबाट प्र.प्र.का.जनसम्पर्क शाखा, छबिलाल जोशी पहरा गण त्रिपुरेश्वरबाट प्र.प्र.का.अ.अ.विद्यालय, दिलिप बहादुर बस्नेत क्षे.प्र.का.बिराटनगरबाट प्र.प्र.का.जगेडापुल, हरिभक्त प्रजापती द.नि.प्र.गणबाट कोहलपुर बँाके, बिश्वनिरन्जन प्रधान क्षे.स.प्र.गण मु.का.पोखराबाट प्र.प्र.का.यु.एन.जगेडा, बिक्रम गुरुङ प्र.प्र.का.यु.एन.जगेडाबाट पु.क्षे.स.प्र.गण रानी बिराटनगर छन । जगतमान श्रेष्ठ मनप्रआकोका अन्वेषण शाखाबाट ट्राफिक महाशाखा छन् ।
साभार - इ. कान्तिपुर
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment