नेपाल बारुदी सुरुङक्षेत्र मुक्त 'शान्तिका लागि कोसेढुङ्गा'


एक दशक लामो सशस्त्र द्वन्द्वका कारण बारुद्धी सुरुङको जोखिम मोल्दै आएको नेपाल मङ्गलबारबाट 'बारुदी सुरुङक्षेत्र मुक्त' (ल्यान्ड माइन फिल्ड फ्रि) देश घोषणा भएको छ । प्रधानमन्त्री झलनाथ खनालले ललितपुर जिल्लाको फूलचोकी डाँडामा बारुदी सुरुङ विस्फोट गराई उक्त घोषणा गर्नुभएको हो ।

नेपाली सेनाले द्वन्द्वका बेला डाँडामा रहेका भौतिक संरचनाको सुरक्षाका लागि बिछ्याएका बारुदी सुरुङलाई प्रधानमन्त्री खनाल र प्रधानसेनापति छत्रमानसिंह गुरुङले विशेष समारोहका बीच संयुक्त रूपमा स्विच थिचेर विस्फोट गराउनुभएको हो । नेपाल एसियाको दोस्रो बारुदी सुरुङ क्षेत्र मुक्त देश भएको छ ।

सो अवसरमा प्रधानमन्त्री खनालले विस्तृत शान्तिसम्झौता अनुरूप बारुदी सुरुङ नष्ट गर्ने कार्य सम्पन्न हुनु नै शान्ति र संविधान निर्माणको महìवपूर्ण उपलब्धि भएको बताउनुभयो । यो अभियान द्वन्द्वलाई दिगो शान्तिमा रूपान्तरण गर्न कोसेढुङ्गा सावित हुने धारणा पनि

उहाँले राख्नुभयो ।

विक्रम सम्वत् २०६२/०६३ सालको लोकतान्त्रिक जनआन्दोलनपछि आएको राजनीतिक परिवर्तनले 'नेपाली द्वन्द्वको सिर्जना गर्न मात्र होइन, समाधान गर्न पनि योग्य छन्' भन्ने कुरा विश्वसामु प्रस्ट रहेको चर्चा गर्दै उहाँले गन्तव्यमा पुग्न माओवादीका लडाकू र हतियार शिविरमा राख्नेदेखि समायोजन
साभार - गोरखापत्र

तथा पुनस्र्थापनाको विषयमा छलफल भइरहेको बताउनुभयो ।

शिविरमा रहेका अयोग्य लडाकूको बहिर्गमन, माओवादी नेताको दोहोरो सुरक्षा व्यवस्थामा खारेजीदेखि लडाकू समायोजनका लागि आगामी भदौ १४ सम्मका कार्यतालिका निर्माण गर्ने कार्य अगाडि बढेको थप चर्चा गर्दै प्रधानमन्त्री खनालले भन्नुभयो, "यो पनि स्थायी शान्ति प्रक्रियाका लागि सुखद कार्य हो ।"

नेपाली सेनाले द्वन्द्वकालमा आत्मसुरक्षाका लागि बारुदी सुरुङ बिछ्याउनु स्वभाविक हो भन्दै उहाँले शान्ति प्रक्रिया अनुरूप सुरुङ हटाउने कार्य सफलतापूर्वक सम्पन्न गर्ने सैनिक सङ्गठन, सुरुङ डिस्पोजमा संलग्न सेनाका महिला कर्मचारी, राष्ट्रसङ्घीय मिसन नेपाल -अनमिन)लगायत प्राविधिक सहयोगी एवं दातृ संस्थाको अमूल्य योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रसङ्घीय बारुदी सुरुङ कार्यटोलीका प्रतिनिधिले सेनालाई बारुदी सुरुङमुक्त देशको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो प्रमाणपत्र सेनाले ललितपुरका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेलाई हस्तान्तरण गरेको थियो । सो अवसरमा सेनाले मुलुकभर बिछ्याएका ५३

स्थानको बारुदी सुरुङ नष्ट गरेको घोषणा गरेको थियो ।

त्यस्तै, एकीकृत नेकपा -माओवादी)ले पनि सशस्त्र द्वन्द्वका बेला आˆनो शिविर आसपासमा बिछ्याइएका करिब ५० हजार विस्फोटक पदार्थ नष्ट गरेको जानकारी दिएको छ । शान्ति सम्झौतामा हस्ताक्षर भइसकेपछि पनि बारुदी सुरुङको विस्फोटमा परी ७८ जनाको मृत्यु भएको

जनाएको छ ।

सो अवसरमा राष्ट्रसङ्घीय मानवअधिकार उच्चायोगका प्रतिनिधि रोवर्ट पाइपर, उपरथी दमन घले र शान्ति तथा पुनर्निर्माण मन् त्रालयका निमित्त सचिव सूर्यप्रसाद सिलवाललगायतका सहभागीहरूले बृहत् शान्ति सम्झौता अनुरूप बारुदी सुरुङ नष्ट गर्ने कार्यमा भएका उपलब्धिका बारेमा चर्चा गर्नुभएको थियो ।
साभार - गोरखापत्र

No comments: