फेवातालमा बेबारिसे शब

शिव शर्मा/कास्की
    अषाढ २ - पोखराको गौरीघाट स्थित फेवातालमा बिहीबार बिहान एक बेबारिसे शब फेला परेको छ ।
तालमा तैरिरहेको अवस्थामा अन्दाजी ४० वर्षको पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ ।

शब तैरिरहेको जानकारी स्थानिय बासिन्दाले प्रहरीलाई जानकारी दिएपछि बैदाम र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शब बाहिर निकालेको हो ।

आफन्त कोही फेला नपरेकोले शब पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोष्टमार्टमका लागी राखिएको प्रहरीले जनाएको छ ।

No comments: