मुसर्रफविरुद्ध अन्तिम वारेन्ट जारी


पटक-पटक अदालतमा उपस्थित हुने आदेश अटेर गरेका पूर्वराष्ट्रपति परवेज मुसर्रफविरुद्ध गिरफ्तारीको वारेन्ट

इस्लामावाद/ पाकिस्तानको अदालतले पुर्व प्रधानमन्त्री बेनजिर भुट्ोको हत्याको मामलामा पुर्व राष्टपति परवेज मुसर्रफको गिरफ्तारीका लागि अन्तिम वारेन्ट जारी गरेको छ । रावलपिण्डीको आतंकवाद निरोधक अदालतका न्यायधिश राणा निसारले पुर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्याको मुद्धाको सुनुवाईको क्रममा मुसर्रफ विरुद्ध यो वारेन्ट जारी गरेका हुन् ।

सुरक्षाका कारण यस मुद्धाको सुनुवाई रावलपिण्डीको अड्याला जेलमा हुने गरेको छ । यस जेलमा बेनजिर भुट्ोको हत्याको आरोपमा सात अभियुक्त अहिले जेलमा रहेका छन् । यीनमा दुई वरिष्ठ अधिकारी पनि रहेका छन् । यसैगरी, अदालतले मुसर्रफको चल तथा अचल सम्पतिको व्योहोर दिन पनि भनेको छ । अदालतले यस अघि पनि परवेज मुसर्रफलाई भगौडा बताउदै अदालतमा हाजिर हुन आदेश दिएको थियो । मुसर्रफलाई हाजिर हुन अदालतले केही समय दिएको थियो । हाजिर हुन दिएको समय समाप्त भएपछि मात्र अदालतले उनको गिरफ्तारीको वारेन्ट जारी गरेको हो ।

परवेज मुसर्रफ विरुद्ध अन्तिम वारेन्ट जारी भएपछि बेनजिर भुट्टोका हत्याको मामलामा अन्य सात अभियुक्त रावलपिण्डीका पुर्व प्रहरी प्रमुख सउद अजिज, एसपी खुर्रम शहजाद, रफाकत, हसनैन गुल, ऐतिजाज शाह, शेर जमाम तथा कारी अब्दुर्रहमान विरुद्ध आगामी २५ जुनमा अभियोग लागु गरिने छ । अदालतले यो फैसला सुनाएपछि २५ जुनसम्मका लागि आफ्नो सबै कारबाही स्थगन गरेको छ ।

२००७ को डिसेम्बरमा भएको आत्मघाती बम हमलामा बेनजिर भुट्टोको मृत्यु भएको थियो । तत्कालिन राष्टपति परवेज मुसर्रफ अहिले लन्डनमा रहदै आएका छन् । बेलायत सरकारले उनलाई पाकिस्तान फिर्ता हुन लगाउने सम्भावना निकै कम रहेको छ । पाकिस्तान र बेलायतबिच नागरिक हस्तान्तरण मामलामा सन्धी भएको छैन । हालै पाकिस्तानको भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पाकिस्तानले आग्रह गरेको खण्डमा यस सम्बन्धमा सरकारले विचार गर्ने बताएका थिए ।
साभार : नया पत्रिका

No comments: