चेतनाथ आचार्य/सी.आर.आई.काठमाडौँ
चाइना एसोसिएसन फर इन्टरनेसनल फ्रेण्ड्ली कन्ट्याक्टको निमन्त्रणामा चीन अध्ययन केन्द्रको एक प्रतिनिधि मण्डल चीन भ्रमणका लागि आज काठमाडौँबाट बेइजिङ प्रस्थान गरेको छ । चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीको नेतृत्वमा उपाध्यक्ष सुन्दरनाथ भट्टराई, महासचिव डा. उपेन्द्र गौतम, कोषाध्यक्ष गंगाप्रसाद उप्रेती र सदस्य दीपा प्रधान तथा व्यवसायी राजीव रेग्मी प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ ।चीन प्रस्थान गर्नु अगाडि केन्द्रका अध्यक्ष तथा प्रतिनिधि मण्डलका नेता मदन रेग्मीले बेइजिङ भ्रमणका क्रममा चिनियाँ सरकारी तथा गैरसरकारी प्रतिनिधिहरुसँग नेपाल र चीनबीचको मैत्री सम्बन्धका बारेमा छलफल गर्ने बताउनुभयो । उहाँले आफ्ना समकक्षी चिनियाँ संस्था सी.ए. आई.एफ.सी. को निमन्त्रणमा नियमित भ्रमण रहेको पनि स्पष्ट पार्नुर्भयो । चीनमा विशेष गरी नेपालका मित्र, शुभचिन्तक र नेपाल विज्ञहरुसँग भेट गरी दुई देशबीचमा वौद्धिक सम्बन्ध विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष रेग्मीले बताउनुभयो । केन्द्रको प्रतिनिधिमण्डलले चीनको राजधानी पैचिङको उत्तरपूर्वी तटमा रहेको सुन्दर सहर तालियानको पनि अवलोकन भ्रमण गर्नेछ । त्यसपछि प्रतिनिधिमण्डल चीनको अर्को प्रान्त क्वाङ सीको अवलोकन गर्न त्यसतर्फ लाग्नेछ । प्रतिनिधि मण्डल आगामी 26 तारिख चीन भ्रमण पूरा गरेर नेपाल फर्कनेछ । स्रोत:CRI अनलाईन
No comments:
Post a Comment