यौनपिपासु गिग्स ?

केही दिनअघिसम्म पनि रायन गिग्स अन्तर्राष्ट्रिय फुटलबमा सर्वाधिक सम्मानित खेलाडी मानिन्थे। धेरैका लागि उनी 'मिस्टर क्लिन' थिए। पछिल्लो एक दशक म्यानचेस्टर युनाइटेडले हात पारेका प्रत्येक सफलतामा वेल्सका ३७ वर्षीय खेलाडी गिग्सको ठूलो हात थियो। म्यानचेस्टरले १२ औं पल्ट इङ्लिगस पि्रमियर लिग उपाधि जित्दा, प्रत्येक पटक उनी टिमका सदस्य थिए।

अहिले त्यो सबै प्रतिष्ठा, मान र परिचय धराशायी भएको छ। उनी 'मिस्टर क्लिन' बाट सर्वाधिक अलोकपि्रय व्यक्ति भएका छन्। अहिलेसम्म देखिएको उनको सफा छवि त नाटक मात्र रहेछ, भित्र-भित्र त उनी यौन पिपासु रहेछन्। अन्तर्राष्ट्रिय खेलकुदमै अहिलेसम्मको सर्वाधिक बदनाम यौनकाण्डमा मुछिएपछि गिग्सले लुकेर बस्नुपरेको छ, उनी मिडियाबाट लगातार भागिरहेका छन्।

बेलायती मिडियाहरूले भन्न थालिसकेका छन्- गिग्स अर्को टाइगर उड रहेछन्। उड पनि यौनकाण्डको खुलासा भएपछि नायकबाट खलनायकमा परिणत भएका थिए, शून्यमा झरेका थिए। गिग्सले त हदै गरेका छन्। गिग्ससँग जोडिएको यो यौनकाण्ड कस्तो छ भने जसको कल्पना पनि गर्न सकिँदैन, विश्वास त धेरै परको कुरा हो।

बेलायती मिडियाहरूका अनुसार गिग्स लामो समयदेखि ३२ वर्षीया स्टेसीसँग सुखद वैवाहिद जीवन बिताइरहेका थिए। कम्तीमा बाहिर यस्तै देखिन्थ्यो। रोडरी, गिग्सका भाइ हुन् र रोडरीकी श्रीमती हुन्, नतासा। पछिल्लो आठ वर्षदेखि गिग्स भने गुपचुप आफ्नै बुहारी नतासासँग प्रेमसम्बन्ध गाँसिरहेका रहेछन्। यो न त स्टेसीलाई थाहा थियो, न रोडरीलाई।

यति बेला सबै तथ्य बाहिर आएको छ। गिग्सको परिवार तहसनहस भएको छ भने नैतिकवान मानिएका खेलाडीको प्रतिष्ठा छिनभरमै तासको पत्तीझैं ढलेको छ। गिग्सलाई व्यावसायिक अनुबन्ध गर्न खोज्ने संस्थाहरू अहिले उनीसँगको पुरानो सम्बन्ध पनि तोड्न हतारिरहेका छन्। यसले गर्दा गिग्सलाई आर्थिक रूपमा पनि करोडौं डलर घाटा हुने तय छ।

पूरा घटनाले मानसिक रूपमा सर्वाधिक विक्षिप्त भाइ रोडरी भएका छन्। उनले भनेका छन्, 'मेरा आफ्नै दाइले यति सार्‍हो कसरी गरे, मलाई विश्वास छैन। उनले ममाथि विश्वासघात गरेका छन्। मैले उनलाई विश्वास गरें, तर उनैले मलाई पछाडिबाट छुरा रोपे। मलाई अब गिग्समा कत्ति पनि विश्वास छैन।' गिग्ससँग आठ वर्षदेखि शारीरिक सम्बन्ध रहँदै आएको कुरा नतासाले स्वीकार गरिसकेकी छिन्।

नयाँ-नयाँ रहस्य खोलिने क्रममा बेलायती मिडियाले गिग्स यौनमा अति आशक्त रहेको र उनको बाहिर पनि उत्तिकै सम्बन्ध रहेको बताएका छन्। पछिल्लो समाचार के छ भने गिग्स आफ्नो अत्याधिक यौनइच्छाको उपचारका लागि चिकित्सकको शरणमा जान लागेका छन्। उनले पूरा घटनाका सम्बन्धमा अहिलेसम्म एक शब्द बोलेका छैनन्। स्टेसीले भने आफू श्रीमानकै पक्षमा रहेको बताएकी छिन्।

उनले बताएको कथा पनि उत्तिकै रोचक छ। स्टेसीका अनुसार, नतासा सुरुदेखि गिग्सलाई मन पराउँथिन्, तर पाउन सकिनन्। फलस्वरूप नतासाले गिग्सको नजिक रहन र उनीसँग सम्बन्ध कायम राख्न उनकै भाइसँग विवाह गरिन्। 'गिग्सलाई पाउन नसकेपछि नतासाले यतिसम्म गरिन्', स्टेसीको भनाइ छ। यो प्रसंगमा अझ नयाँ तथ्य के बाहिर आउने हो, सुन्न लायक हुनेछ।
साभार :- साप्ताहिक कान्तिपुर

No comments: