तीनवटा उमेर समूहलाई आधार बनाएर विभिन्न पार्टीर्मा गरिएको सर्वेक्षणअनुसार डान्स पार्टीमा ३० वर्षभन्दा माथिका र २० देखि ३० वर्षका युवाको बराबर सहभागिता देखिन्छ। उनीहरूको समान ४५ प्रतिशत सहभागिता रहेको पाइयो भने १६ देखि २० वर्ष उमेरकाहरूको सहभागिता १० प्रतिशत मात्र देखियो, अर्थात् डान्सपार्टीमा टिन एजर्सभन्दा पनि २० वर्षदेखि माथिकाको सहभागिता उच्च देखिन्छ। ३० वर्षभन्दा माथिका महिलाभन्दा पुरुषको सहभागिता बढी छ। लिंगका आधार गरिएको सर्वेक्षणले २० देखि ३० वर्षका महिलाहरूको सहभागिता पुरुषको तुलनामा १० प्रतिशत कम देखाएको छ। पार्टीर्मा किशोरहरूको तुलनामा किशोरीहरूको सहभागिता ५ प्रतिशत मात्र कम देखिएको छ।
पार्टी उपभोक्ता
पार्टीर्मा मुख्यतः राम्रो आम्दानी हुनेहरूको सहभागिता हुन्छ, जसले खर्च गर्न र पार्टीको मज्जा लिन सक्छन्। खासगरी डान्सपार्टीका ग्राहक भारतीय पर्यटकहरू हुन्छन्। त्यसबाहेक अन्य मुलुकका पर्यटकको पनि सहभागिता पाइन्छ। तिब्बती मूलका नागरिक नेपाली व्यापारी, व्यवसायीहरूका साथै एनआरएन पनि डान्सपार्टीर्का विशेष ग्राहक हुन्। एनआरएनमा लाहुरे समुदाय, हङकङ, बेलायत, अमेरिका, सिंगापुर, थाइल्यान्ड, अस्ट्रेलिया आदि मुलुकका नेपालीहरू, विदेश अध्ययन गर्ने नेपाली विद्यार्थी आदि पर्छन्। यसबाहेक डान्सपार्टीमा नेपाली सेलीब्रिटी र भीआईपीहरूको पनि सहभागिता पाइएको छ। बढी उपस्थिति उमेर समूहअनुसार पर्यटक ५०, व्यापारी ४० र एनआरएन (विदेशमा बस्ने नेपाली) १० प्रतिशत छ। दोस्रो उमेर समूहमा विद्यार्थी ३५, रिलेटिभ ५० र एनआरएन १५ प्रतिशत विद्यार्थी छ।
प्रतिव्यक्ति खर्च
'क' वर्गमा अर्थात् ३० वर्षमाथिका उमेर समूहले एउटा पार्टीमा प्रतिव्यक्ति प्रतिपार्टी औसत ६ हजार रुपैयाँ खर्च गर्छन् जुन प्रौढहरूको समूह हो। उनीहरूको आम्दानी पनि राम्रै हुने गरेको छ। 'ख' वर्गमा रहेकाले प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ खर्च गर्छन् भने उनीहरूमा व्यापारी व्यवसायी बढी हुन्छन्। ग वर्गमा रहेका विद्यार्थीलगायत अन्य युवाले प्रतिव्यक्ति १ हजार रुपैयाँ खर्च गर्ने तथ्यांकले देखाएको छ।
सर्वेक्षण स्थान
काठमाडौंमा दरबार मार्ग, ठमेलका साथै स्टार होटलहरूमा बढी पार्टी आयोजित हुन्छन्। यसबाहेक मध्यम स्तरमा पार्टी हुने स्थलमा लाजिम्पाट, बौद्ध, पुल्चोक एरिया र सुन्धारा एरिया मानिन्छ। सर्वेक्षणका लागि शुक्रबार हुने नाइट पार्टी, दसंै-तिहार, नयाँवर्ष, क्रिसमस आदि विशेष अवसरलाई रोजिएको थियो। मुख्यतः विभिन्न स्थानमा हुने क्लब पार्टी, स्वीमिङ पार्टी र होटल पार्टीमा यो सर्वेक्षण गरिएको थियो। प्लाटिनम, आइक्लव, मुड्स, एभरेस्ट होटल, र्याडिसन होटल, स्वीमिङपुल (सेहेन्सा), इन्टरनेसनल क्लब, सातदोबाटो स्वीमिङपुल कम्प्लेक्स, नेपाल पुलिस क्लब) तथा रेस्टुराँमा (नमस्ते क्याफे, एडिन फुड कोर्ट, पपइन, एटिक बार, डिलञ्ज) जस्ता स्थानमा भएका पार्टीर्हरूमा यो सर्वेक्षण गरिएको हो। सर्वेक्षण पार्टी तथा इभेन्ट म्यानेजमेन्ट गरिरहने तिम्रो हाम्रो ग्रुप, लवहन्ज, कन्ट्री रोड फोर एवं क्विजोटिक नेपालको सहयोगमा गरिएको थियो।
रमाइलो, भेटघाट र छलफलका लागि गरिने डान्सपार्टीर्मा पेयपदार्थ, संगीत र नृत्यको सम्मिश्रण रहन्छ। पार्टी कुनै व्यक्तिको विशेष दिन र कार्यक्रमका अवसरमा पनि आयोजित गरिन्छन्। मुख्यतः यस्ता पार्टी सार्वजनिक रूपमै रेस्टुराँ, पब बारमा आयोजना गरिन्छन्। बर्थ डे पार्टी, डिनर पार्टी, टी पार्टी, क्रिसमस पार्टी, फेमिली पार्टी, ग्राइन्ड पार्टी, ड्रेस पार्टी, सरप्राइज पार्टी, ग्राजुएसन पार्टी, म्यारिज पार्टी, वेलकम पार्टी, विदाई पार्टी, फेमिली पार्टी आदि नेपालमा हुने पार्टीका भेराइटी हुन्।
यसबाहेक पार्टी कुनै स्पेशल दिन, चाडबाड आदिमा पनि गरिन्छ। डान्सपार्टी कल्चरलाई कसै-कसैले नकारात्मक रूपमा लिए पनि यसको आफ्नै मौलिकता छ। नेपालमा डान्सपार्टी कल्चर भित्रिएको धेरै भएको छैन। अमेरिका, क्यानाडा, अस्ट्रेलिया, साउथ अफ्रिका आदि देशमा सन् १९५० तिरै डान्सपार्टी कल्चर प्रारम्भ भएको हो। धेरै समय अघिदेखि विकसित मुलुकहरूमा नियमित रूपमा डान्सपार्टी हुन्थे। नेपालमा भने यसको सुरुवात भएको एक दशकभन्दा बढी भएको छैन तर पनि अहिले डान्सपार्टीर्प्रतिको मोह देख्दा लाग्छ नेपालमा पनि डान्सपार्टीको संस्कृति मौलाइरहेको छ। पार्टीमा रमाउँदा आनन्द मात्र प्राप्त हुँदैन, यसले पूर्ण ताजगीसमेत प्रदान गर्छ। यस्ता पार्टीले एकांकी एवं नैराश्यताबाट मात्र होइन आपराधिक क्रियाकलापबाट पनि टाढा रहन सहयोग गर्छ। डान्सपार्टीमा कसैलाई वञ्चित गरिँदैन। सबै क्षेत्र, वर्ग, जाति र लिंगको समान उपस्थिति रहन्छ। त्यसैले पनि डान्सपार्टीर्लाई लोकतान्त्रिक पार्टीका रूपमा बुझ्न सकिन्छ।
सर्वेक्षण किन आवश्यक थियो ?
जसले भए पनि गर्नु आवश्यक थियो, किनभने नेपालमा पनि डान्सपार्टी कल्चर फस्टाइरहेको छ। यस विषयमा जान्नु आवश्यक हुन्छ। फेरि हामीले यस्ता पार्टी गरिरहने हुनाले यस विषयमा बढी जानकारी राख्नुपर्ने भएकाले पनि यो सर्वेक्षण गरेका हौं। यसले डान्सपार्टी कल्चरमा रमाइरहेकाहरूको तथ्यांक पनि दिएको छ।
सर्वेक्षणको उद्देश्य के थियो ?
मुख्यतः डान्सपार्टीमा कस्ता मानिसको सहभागिता रहन्छ ? उनीहरूले पार्टीर्मा के कति खर्च गर्छन् ? महिला पुरुषको सहभागिता आदि जानकारी प्राप्त गर्नु हाम्रो उद्देश्य थियो, जसबाट पार्टी सञ्चालन गर्दा आयोजकले एउटा बाटो पाओस् र आयोजकलाई आफ्ना उपभोक्ता चिन्न सजिलो होस्।
के फरक पाउनु भयो त ?
यस्ता पार्टीमा किशोरपुस्ता रमाइरहेका छन् भन्ने कुराको खण्डन भएको छ। पार्टीमा टिनएजर्सहरू भुलीरहेको भन्ने आरोपलाई यसले गलत सावित गरेको छ। मुख्यतः पार्टीर्मा आर्थिक हैसियत भएका र उमेर पुगेकाहरूकै बढी सहभागिता देखिएको छ। जसले गर्दा किशोरहरूप्रतिको नकारात्मक धारणा हट्ने देखिन्छ।
नेपालमा डान्सपार्टीको स्थिति कस्तो पाउनुभयो ?
नेपालमा पनि डान्सपार्टी कल्चर विकसित भैरहेको छ। काठमाडौं मात्र होइन धरान, पोखरा आदि सहरमा समेत यसको लोकप्रियता बढिरहेको छ।
साभार :- साप्ताहिक कान्तिपुर
No comments:
Post a Comment