पंकज इम्पोरियमको छानबिन पूरा

बुटवल, १० असार
        राजस्व अनुसन्धान विभागको द्रुत गस्ती टोलीले बुटवलको राममन्दिर लाइनस्थित पंकज इम्पोरियममा गरेको प्रारम्भिक छानबिनले जरिवानास्वरूप २१ ल्ााख धरौटी र करिब २० लाख मूल्य बराबरका सामान जफत गर्नुपर्ने देखाएको छ । 
इम्मोरियममा द्रुत गस्ती टोलीले छापा मारी सिलबन्दी गरेकोमा जरिवानास्वरूप २१ लाख धरौटी र करिब २० लाख मूल्यबराबरका सामान जफत गर्ने प्रारम्भिक छानबिनबाट देखिएको विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले बताए । प्रारम्भिक छानबिनबाट जरिवानास्वरूप २१ लाख धरौटी माग गरिएको र करिब २० लाख मूल्यबराबरका सामान जफत गर्नुपरेको उनको भनाइ छ ।
सो इम्पोरियमले धरौटीबापतको रकम जम्मा गरिसकेकाले पसलमा गैरकानुनी रूपमा देखिएको सामान विभागले आफ्नो नियन्त्रणमा लिएपछि पसल खोल्न पाउनेछ । विभागको टोली छिट्टै बुटवल आई सामान नियन्त्रणमा लिएपछि मात्र पसल सुचारु हुने जनाएको छ । इम्पोरियमले गत वर्षको आय-व्ययसमेत आन्तरिक राजस्व कार्यालयमा नबुझाएकाले करसम्बन्धी र बाँकी छानबिन जारी रहने महानिर्देशक श्रेष्ठ बताउँछन् । 
गत जेठ २४ मा विभागबाट खटिएको टोलिले सो पसलमा छापा मारी सिलबन्दी गरेको थियो । राजस्व छली गरेको आशंकामा बुटवल राममन्दिर लाइनमा रहेको पंकज इम्पोरियममा छापा मारी अनुसन्धान सुरु गर्न लाग्दा व्यापारीले विरोध गरेका थिए  । 
सोही कारण अवरुद्ध भएको अनुसन्धान प्रक्रियालाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारीलेे अर्थसचिव कृष्णहरि बास्कोटा तथा राजस्व अनुसन्धान विभागका महानिर्देशक श्रेष्ठसँग छलफल गरेपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको हो ।

No comments: