प्रधानमन्त्रीले राजिनामा नदिए कांग्रेसले बजेट अवरोध गर्ने

गोविन्द परियार, काठमाडौं
       असार ११- मुख्य प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीले तत्काल राजिनामा नदिए बजेट अवरोध गर्ने भएको छ। शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीले राजिनामा दिने उल्लेख पाँच बुदे सहमति तत्काल कार्यान्वयनको माग समेत गरेको छ। 
          ‘पाँच बुदे सहमति कार्यन्वयन भएको एक महिनासम्म पनि कार्यन्वयन नभए तीन दलबीच सहमतिको वातावरण नबन्ने भएकाले सरकालाई बजेट ल्याउनबाट अवरोध गर्ने निष्कर्ष बैठकको छ' बैठकमा सहभागि केन्द्रीय सदस्य बालकृष्ण खाँडले नागरिकन्युजसँग भने।
बिहान संसदीय दलको बैठकपछि साँझ कांग्रेस केन्द्रीय समिति बसेको थियो।
सुडान काण्डमा संलग्नता छैन : सिटौला
बैठकमा कांग्रस महामन्त्री कृष्णप्रसाद सिटौलाले सुडान काण्डमा आफ्नौ संलग्नता नभएको प्रष्टाएका थिए।
कांग्रेस पदाधिकारी र केही केन्द्रीय सदस्यहरुको अनौपचारीक बैठकमा महामन्त्री सिटौलाले केही संचार माध्यामहरुले नियोजित रुपमा सुडान काण्डमा वलजवस्ती मुछ्न खोजेको बताएका थिए। बैठमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले सुडान काण्डमा महामन्त्रीको नाम मुछेर केही संचार माध्यायमा सामाचार आएकोप्रति ध्यानाकर्षण गराएका थिए। ‘सुडान काण्डमा मेरो प्रशासनिक रुपमा कुनै संलग्नता छैन, केही मिडियाले मलाई दवनाम बनाउन नियोजित रुपमा मलाई जोडेर समाचार प्रकासन गरेका छन' सिछौलाले बैठकमा भने, ‘मेरो कुनै प्रकारको संलग्नता भए अख्तियारले मेरा विरुद्ध पनि स्वाभाविकरुपमा मुद्दा चलाउथ्यो।'



No comments: