तनहुँ
जिल्लामा उत्पादित कफी अमेरिका, जापान, यूरोप लगायतका मुलुकमा निर्यात हुन थालेपछि तनहुँका किसानले कफी उत्पादनबाट राम्रो आम्दानी लिन थालेका छन्। उत्पादित कफी बजार अभावमा खेर गएकोमा पुर्कोट-१, चितिखोलाका कृषकले बागेश्वरी सामुदायिक विकास समुह मार्फत कफीलाई विदेश निर्यात गराएका हुन्।
कफी कृषकहरुबाट उत्पादित तीन टन कफी समुहले काठमाडौंस्थित हाइल्याण्ड कफी कम्पनीलाई बिक्री गरेको केन्द्रीय कफी उत्पादन संघका केन्द्रिय कोषाध्यक्ष वासुराज कडरियाले बताए। समुहमा आबद्ध ४० कृषकहरुले बार्षिक ५ लाख भन्दा बढि आम्दानी गर्ने गरेको उनले बताए।
अमेरिका, जापान, युरोप लगायतका विदेशी देशहरुमा कफी निर्यात गर्ने हाइल्याण्ड कफी कम्पनीबाट किसानले राइपचेरी कफिको प्रतिकिलो २८ रुपैया, ड्राइचेरी कफिको प्रतिकिलो ७० रुपैया र पारचमेन्ट कफीको प्रतिकिलो एक सय ५० रुपैयाँ पाउने गरेको बागेश्वरी सामुदायिक विकास समितिले जनाएको छ।

'गाउँमा उत्पादित कफी विदेश निर्यात हुन थालेको छ,' कडरियाले भने,-'कफीबाट पनि राम्रो आम्दानी लिन कृषक सफल भएका छन्।'
जिल्लामा राम्रो कफी उत्पादन हुने भएकाले कृषकलाई कफी खेतीमा जुट्न उनले आग्रह समेत गरे। उनले भने, 'व्यवसायीक कफी खेती गर्दा कृषकले राम्रो आम्दानी कमाउँछन्।' कफी उत्पादक कृषकले बजार नपाए कफी उत्पादक संघले समन्वय गरी बजारीकरण गर्ने गरेको उनले बताए। स्रोत:नागरिक न्यूज

No comments:
Post a Comment