बीपी राजमार्गको नामाकरण नेपाल-जापान मैत्री मार्ग बनाउन माग




नेपालका लागि जापानी राजदुत ताचुओ मिजुनोले बिपी राजमार्गको नामकरण परिवर्तन गरी नेपाल-जापान मैत्री मार्ग बनाउन माग गरेका छन् ।
राजदुत मिजुनोले निर्माणधीन बीपी राजमार्गको नामाकरण परिवर्तनका लागि पहल गर्न राजनीतिक दल तथा प्रशासनिक निकायलाई आग्रह गरेका हुन् ।
जापान सरकारको आर्थिक सहयोगमा सिन्धुली जिल्लामा सञ्चालित कार्यक्रमको निरीण गर्न त्यहाँ पुगको उनले यस्तो धारणा राखेका हुन् ।
नेपाल र जापान दुई देशको सम्बन्ध अत्यन्त राम्रो रहेको बताउँदै उनले कार्यक्रममा निर्माणधिन राजमार्गलाई नेपाल-जापान मैत्रि मार्ग नामाकरण लागि प्रस्ताव राख्दछु भनेका छन् । नामकरण परिवर्तनका लागि नेपाल सरकारसँग पनि कुरा गर्ने उनले बताएका छन् । कार्यक्रममा उनले नाम परिवर्तनका लागि स्थानीयस्तरबाट पनि पहल गरिदिन आग्रह गरेका छन् ।
जापान सरकारको तर्फबाट सिन्धुली जिल्लामा निर्माण भई रहेका सडक तथा सार्वजनिक, निजी साझेदारी कार्यक्रमले जिल्लाका स्थानीयबासिन्दाहरुको आयस्रोतमा बृद्धि गर्ने उल्लेख गर्दै राजदूत मिजुनोले सिन्धुलीको जुनार र भुईकटर उत्पादन तथा प्रशोधनमा जापान सरकारका तर्फबाट सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजदूत मिजुनोले बीपी राजमार्गको सिन्धुलीमाढी खुर्कोट खण्ड अन्र्तरगतको ढुङ्ग्रेभन्ज्याङको पहिरोको निरीक्षण गरेको थियो । पहिरोका कारण राजमार्गको भविष्य नै खतरामा परेको स्थानीयले दर्शाएपछि राजदुत मिजुनोले निरीक्षण गरेका हुन् ।
डिसीनेपाल डटकम संवाददाता

No comments: