राम्रो विषय र लोकपि्रय कलेजमा बढ्दो प्रतिस्पर्धाले बि्रजकोर्स विद्यार्थीका लागि आकर्षक बन्दै गएको छ
एसएलसी परीक्षा सकिएको छ । १८ चैतमा सकिएको परीक्षाको नतिजा असारको पहिलो सातासम्म प्रकाशित गर्ने योजना परीक्षा नियन्त्रण कार्यालयको छ । अबका करिब दुई महिना एसएलसी परीक्षा दिएका करिब पाँच लाख विद्यार्थीका लागि फुर्सदको समय हो । नतिजा नआउन्जेल के गर्ने त ? विद्यार्थी तथा अभिभावकलाई चिन्ता र चिन्तनको विषय पनि हो । तर, राम्रो नम्बर लिएर पास हुनेमा ढुक्क भएका सहर-बजारका धेरै विद्यार्थीको जवाफ आउने गर्छ, 'बि्रजकोर्स वा कम्प्युटर पढ्ने ।' कतिपय विद्यार्थीले केही समय घुमफिरलाई पनि छुट्टयाउने गरेका छन् ।
अहिले एउटा लेभल पार गर्दै छन् विद्यार्थी
। एउटा लेभलबाट अर्कोमा जाँदा धेरै अप्ठ्यारा त आइहाल्छन् । कसरी समाधान गर्ने त ? केही वर्षयता बि्रजकोर्स पढ्ने विद्यार्थी र पढाउने संस्थाको संख्या बढ्दै छ । एसएलसी परीक्षा दिएपछि र कलेज भर्ना नहुँदासम्मको फुर्सदको सही उपयोग गर्ने समय बनेको छ बि्रजकोर्स । बि्रजकोर्सको सही उपयोग गर्ने हो भने यो विद्यार्थीले उच्च शिक्षाका लागि परामर्श लिने र आफ्नो क्षमता जान्ने मौकासमेत हो ।
बि्रजकोर्स अर्थात् पढाइको पुल
। फाइदाजनक भएर होला केही वर्षयता बि्रजकोर्स पढ्ने विद्यार्थी र पढाउने संस्थाको संख्या बढ्दै छ । एसएलसी परीक्षा दिएपछि र कलेज भर्ना नहुँदासम्मको फुर्सदको सही उपयोग गर्ने समय बनेको छ बि्रजकोर्स । शिक्षाविद् भन्छन्, 'बि्रजकोर्सले विद्यालय तह र कलेजको पाठ्यक्रमको खाडललाई पुर्ने काम गर्छ ।'
विद्यार्थीका अभिभावक निजी विद्यालयको कडा शासनको वातावरणमा पढेका छोराछोरी बिग्रने डरले पनि फुर्सदको सदुपयोग कसरी गर्ने सोचिरहेका छन्
। सहर-बजारका धेरै अभिभावकको सोचाइ छ, बि्रजकोर्स पढाउने । बि्रजकोर्सलाई मुनाफा आर्जनको स्रोत नबनाई सेवा बनाएमा फाइदाजनक रहेको विद्यार्थी, अभिभावक तथा शिक्षाविद्को भनाइ छ ।
शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला बि्रजकोर्सका केही फाइदा रहेको बताउँछन्
यसरी सुरु भयो बि्रजकोर्स
। 'एसएलसी दिएर बसेका विद्यार्थी छाडा बन्ने र बरालिने सम्भावना पनि हुन्छ्,' शिक्षाविद् कोइराला भन्छन्, 'बि्रजकोर्सले बरालिनबाट बचाउन सहयोग पुग्छ र केही भए पनि केटाकेटीले नलेज पाउँछन्, शिक्षकले पैसा पाउँछन्, संस्थाले सोर्सफोर्सको काम गरेर विद्यार्थीलाई भर्ना गर्छन् ।' बि्रजकोर्स आवश्यकताअनुसार चल्छ कि पैसाको भरमा चल्छ भन्ने कुराले यसको लोकपि्रयता निर्धारण गर्ने उनको भनाइ छ/ एसएलसीपछि र कलेजअघिको पढाइको सम्बन्ध जोड्ने पढाइ नै बि्रजकोर्स हो
यसै वर्ष एसएलसी परीक्षा दिएका रमण शर्मा एसएलसीपछि उच्च माध्यमिक विद्यालयमा साइन्स पढ्ने विचार गरेका छन्
। त्यसको तयारीका लागि बि्रजकोर्स पढ्ने संस्था खोजिसकेको बताए । सहरका धेरै विद्यार्थीका अभिभावकलाई यस्तैखालका चिन्ता हुने गरेको पाइएको छ ।
खाली बसेर मान्छे सिर्जनशीलता गुमाउँदै बोधो बन्ने सम्भावना पनि उत्तिकै रहेको हुन्छ
। एसएलसीपछिका विद्यार्थीका लागि बि्रजकोर्स पढेर फुर्सदको उपयोगमात्र होइन चाहेको क्याम्पसमा पढ्नका लागि प्रवेश परीक्षामा राम्रो नतिजा लिएर भर्नाको अवसर पाउने सम्भावनासमेत धेरै हुने बि्रजकोर्स सञ्चालक बताउँछन् । राम्रो विषय र लोकपि्रय कलेजमा बढ्दो प्रतिस्पर्धाले पनि बि्रजकोर्स विद्यार्थीको निकै सहयोगी बन्दै गएको छ । विद्यालय र कलेजको भिन्न वातावरण हुने र बि्रजकोर्स पढ्नेले कलेजको वातावरण सिक्ने सञ्चालकहरूको दाबी छ । शिक्षामा निरन्तरता भयो भने विद्यार्थीले तिखारिने मौकासमेत पाउँछन् ।
नेपालमा बि्रजकोर्स पढाउने कति संस्था छन्, कसैसँग यकिन डाटा त छैन
। तर, बजारमा देखिएका र व्यवसायीका अनुसार डेढ दर्जनजति संस्थाले बि्रजकोर्स पढाउने गरेका छन् । नेपालमा दुई दशकअघिदेखि बि्रजकोर्स पढाउन थालिए पनि पछिल्ला चार/पाँच वर्षमा यसले व्यापकता पाएको छ ।
'समयको सदुपयोग, प्लस टुको फाउन्डेसन बनाउन र राम्रो कलेजमा इन्ट्रान्स फेस गर्न' बि्रजकोर्सको महत्त्व रहेको व्यवसायीको भनाइ छ
। अहिले प्राइभेट प्लस टुको संख्या धेरै भएको राम्रोमा भर्ना हुने सोचाइमा रहेका विद्यार्थीलाई पनि बि्रजकोर्सले तानिरहेको छ । बि्रजकोर्स कलेजको सहयोगी कोर्स हो । यसमा २५ प्रतिशत कलेजको कोर्ससमेत पढाइने गरिन्छ ।
एसएलसीमा राम्रो अंक ल्याउने विद्यार्थीले पनि कलेजको नतिजा खासै चित्तबुझ्दो ल्याउन सकेका हुँदैनन्
। त्यसको कारण राम्रो विषय वा कार्यक्रम छान्न नसक्नु हो । नेपालमा एसएलसीपछि साइन्स, प्लस टु, ए लेभल तथा सिबिएसईजस्ता कार्यक्रम छन् । यस्ता कार्यक्रम वा विषयका बारेमा राम्रोसँग बुझ्न सकेमा सफलता पाउने विज्ञहरू बताउँछन् ।
। भर्खर एसएलसी दिएका विद्यार्थीलाई कुन कार्यक्रम कस्तो हुन्छ तथा कुन पढेर के फाइदा भन्ने छुट्टयाउनै गाह्रो पर्छ । एसएलसीपछिको पढाइ भविष्यमा आफ्नो पेसा के अँगाल्ले भन्ने विषयसँग पनि सम्बन्धित भएकाले कुन कलेज र कुन विषय छान्ने कुराले प्राथमिकता पाउने गर्छ । साइन्स, स्टाफ नर्सजस्ता विषय पढाउँदै आएका संस्थाले व्यवस्थापन र मानविकीलाई समेत प्राथमिकतामा राख्न थालेका छन् ।
दुईवटा लेभलको पाठ्यक्रम मिलाउनका लागि बि्रजकोर्स आवश्यक रहेको कोइरालाको ठहर छ
। 'यो उमेरजस्तै हो, जहाँ पनि हुन्छ । हिजो गरेकालाई कट गर्ने र नयाँ थप्ने हो,' कोइराला भन्छन्, 'यो लेभलको ग्याप जहिले र जहाँ पनि हुन्छ ।'
नेपालमा करिब दुई दशकअघिदेखि बि्रजकोर्सको सुरुवात भएको जानकारहरू बताउँछन्
। पहिलेको बि्रजकोर्सले यति धेरै व्यापकता र व्यावसायिकता पाएको थिएन । यसलाई कतै 'बि्रज' कतै एड्भान्स कोर्स त कतै ट्युसन भनेर पढाइने गरिन्थ्यो । १९ वर्षअघिदेखि एड्भान्स कोर्सको नाममा एसएलसीपछि कलेजको पढाइलाई सहयोग गर्न कक्षा सञ्चालन गरिएको बताउँछन् अल्फाबिटा इन्स्िटच्युटका सञ्चालक द्विराज शर्मा । शर्माले सुरुका अनुभव सुनाउँदै भने, 'सुरुको वर्षमा एड्भान्स साइन्स पढाउने भनेर बल्लतल्ल प्रचार गरी दुई सयजनालाई पढाएका थियौँ, अहिले सबैले बुझे, यसमा निकै आकर्षण बढेको छ ।' 'हामी एसएलसी परीक्षा दिएपछि दुई/तीन महिना त्यसै बसेको र के पढ्ने भन्ने विषयमा कुनै जानकारी पनि हुदैनथ्यो,' शर्माले भने, 'यस्तै अनुभवले हामीले रिक्स भए पनि पछि राम्रो हुने आशाले यस्तो कोर्स पढाउन सुरु गरेका थियौँ ।' शर्माका अनुसार सन् २००० बाट 'बि्रजकोर्स' नाम दिन थालिएको हो ।
एसएलसी परीक्षा दिएपछि एउटा शिक्षकले ट्युसनका रूपमा पढाउने गथ्र्योर्े
। बिस्तारै यो संस्कार बढ्दै गयो र विद्यार्थी संख्या पनि बढ्दै जान थाल्यो । पछि यसले संस्थागत रूप लिन थालेको व्यवसायीको भनाइ छ । पहिले कुनै छुट्टै संस्था र विद्यार्थी पढाउने कक्षा थिएनन् । पहिले बि्रजकोर्स पढ्न साइन्स पढ्ने विद्यार्थी मात्र आउने गर्थे । अहिले पनि बि्रजकोर्समा साइन्स पढ्ने उद्देश्य बोकेका धेरै हुने गरेको व्यवसायीको भनाइ छ ।
विद्यार्थीलाई केही टिप्स
कलेज जाँदाको पहिलो क्षण, बिल्कुलै नौला विषय अनि नयाँ साथीहरूको माहोल
विषय र कलेज छनोट गर्दा ख्याल गर्नुस्ः सर्वप्रथम कुन विषय पढ्ने हो, यसबारेमा विचार गर्नूस्
। परीक्षामा राम्रो अकं ल्याएको भन्दैमा साइन्स वा अन्य कुनै मन नलागेको विषय नपढ्नूस् । विशिष्ट वा प्रथम श्रेणी आयो भन्दैमा साइन्स नरोज्नूस् । श्रेणीले विषय निर्धारण गर्ने नभएर तपाईंको चासो, लगनशिलताले गर्ने हो । एसएलसीमा धेरै नम्बर लिएकै कारण घरपरिवारको दबाबमा समेत परी साइन्स विषय रोजेकै कारण पनि धेरैले दुःख पाएका उदाहरण छन् । त्यसैले विषय रोज्दा आफ्नो चाहना, लक्ष्यलाई ध्यान दिएर गर्नूस् । शिक्षक, अभिभावक, साथीभाइको सल्लाह लिनूस् । तर, आफ्नो चाहना र लक्ष्यलाई मारेर अर्काे विषय नपढ्नूस् । चासो नभएको विषय रोज्दा पछि पछुताउनुपर्ला । कलेज चयन गर्दा पनि ध्यान पुर्याएर गर्नूस् । साथीभाइको लहलहैमा लागेर विषय छनोट नगर्नूस् ।
आत्मनिर्भर हुने प्रयास गर्नुस्ः स्कुल पढ्दा अभिभावक तथा शिक्षकले यो गर वा त्यो गर भन्ने गरेका हुन्छन्
। विद्यार्थीलाई त्यसैको बानी परेको हुन्छ । यही स्कुले बानीले गर्दा कलेजको प्रथम वर्षमा धेरै विद्यार्थीले निकै कठिन महसुस गर्ने गर्छन् । यसले गर्दा आफ्नो प्रतिबद्धता पूरा गर्न पाउँदैनन् विद्यार्थी । त्यसैले समयमा कक्षा जाने, कक्षामा के भइरहेको छ, पढ्नुपर्ने कोर्स के हो, प्रोजेक्ट बुझाउनुपर्ने अन्तिम म्याद आदि बारेमा विद्यार्थी स्वयं जिम्मेवार हुन सिक्नुपर्छ ।
सबै अवसरको पूरा फाइदा उठाउनुस्ः चाहे त्यो ओरियन्टेसन कक्षा होस् या कलेज टुर
। कलेज, शिक्ष्ाक र नयाँ साथीसँग नजिक तथा आत्मीय हुने यो नै ठूलो अवसर हो । कलेजमा हुने कुनै पनि अतिरिक्त क्रियाकलापमा भाग लिन नछुटाउनुहोस् ।
दीर्घकालीन सम्बन्धको विकास गर्नुस्ः नयाँ सम्बन्ध सुरु गर्ने कलेज जीवन नै सबैभन्दा ठूलो अवसर हो
। विद्यार्थी क्लब वा संस्था यसको उपयुक्त माध्यम हुन सक्छन् । भविष्यको करिअरका लागि पनि यो अत्यन्त उत्तम हुन्छ । राजनीतिमा इच्छा राख्नुहुन्छ ? विद्यार्थीका संस्था वा वादविवाद समूहमा भाग लिनूस् । सामाजिक कार्यकर्ता बन्ने भविष्यको योजना छ भने स्वयंसेवक कार्यक्रममा भाग लिनूस् । आफ्नो जीवनको लक्ष्यअनुसार कलेजमा हुने कार्यक्रममा भाग लिनूस् । यसले तपाईंपछि करिअर थालेपछि धेरै सहयोग गर्छ ।
पूर्ण रूपमा आफ्ना साथीभाइमा मात्र भर नपर्नूस्
। विषय छान्दा राम्रोसँग बुझेको मानिससँग काउन्सिलिङ लिनूस् । सिनियर दाइ-दिदी वा अन्य कोही आफन्त वा नजिकको मानिससँग बुझ्नूस् । हिजोआज त कलेजले करिअर काउन्सिलिङ भनेर एउटा विज्ञ नै राखेका हुन्छन् । यी विज्ञबाट कुन विषय लिने, कुन विषय लिँदा भविष्यमा कस्तो करिअर बनाउन सकिन्छ भन्नेबारे जानकारी लिन सकिन्छ ।
संयमित हुनुहोस्ः स्कुलेभन्दा कलेज जीवनमा बढी स्वतन्त्र हुन्छ
। त्यसैले कुलतमा पर्ने सम्भावना धेरै हुन्छ । मदिरापान, धूमपान, लागूपदार्थ दुव्र्यसनजस्ता कुलतमा यही समयमा सिक्ने धेरै सम्भावना हुन्छ । त्यसैले साथी छान्दा वा कुनै पार्टीमा जाँदा संयमित हुनुपर्छ ।
केही वर्षअघि अमेरिकन कलेज हेल्थ एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पढाइमा असफलता हुनुका मुख्य कारण तनाब, फ्लु, चिसो, निद्राको समस्या, साथी तथा परिवारको सदस्यप्रति चासो र निराशा हुन्
। वयस्क जीवनको सुरुवात पनि कलेज नै हो । त्यसैले आफ्नो मानसिक, शारीरिक स्वास्थ्यको पूरा ख्याल गर्नूस् ।
खर्च व्यवस्थित गर्न सिक्नुस्ः कहिल्यै ऋण लिनुभएको छैन होला ? पढ्ने खर्च वा पारिवारिक बजेटका बारेमा अहिलेसम्म कहिल्यै चिन्ता लिनुभएको थिएन होला
। तर, अब तपाईं कलेज जीवन प्रवेश गर्दै हुनुहुन्छ । यससँगै तपाईंमाथि जिम्मेवारी थपिँदै छन् वयस्क जीवनको । आफ्नो समयको बुद्धिपूर्वक बजेटिङ गर्नुका साथै विद्यार्थीले खर्चको पनि बजेटिङ गर्न सिक्नुपर्छ । फेसनको मात्र पछाडि नलागेर अध्ययन तथा अनुभवबाट सिक्नुपर्छ । पुस्तकमात्र पढेर हुदैन, नयाँ साथी, अनुभवबाट पनि सिक्नुपर्छ ।
सरकार मुकदर्शक बन्नु हुँदैन
। त्यसमा पाइने नयाँ अनुभव, विद्यार्थीमा एककिसिमको कौतूहलता ! पक्कै पनि स्कुल जीवनबाट कलेज जीवनमा फड्को मार्दा धेरै कठिनाइ हुन्छन् । तर, त्यसमा चिन्ता होइन, चिन्तन गर्दा समस्या समाधान हुन्छ ।
एसएलसीपछि कलेज जीवनसँगै विद्यार्थीको नयाँ अध्याय सुरु हुन्छ
। विद्यालयमा नपाएको स्वतन्त्रता कलेज जीवनमा पाइन्छ । तर, स्वतन्त्रतासँगै कलेज जीवनमा भविष्य कस्तो बनाउने विषयमा जटिल छनोट र निर्णय आफैँ गर्नुपर्ने हुन्छ । यी निर्णयले विद्यार्थीको भविष्यसमेत निर्धारण गरेको हुन्छ । त्यसैले विषय छनोट गर्दा विचार पुर्याएर गर्नुपर्छ । यससम्बन्धी विज्ञ वा आफूभन्दा सिनियर मानिससँग विषयको महत्त्व तथा आवश्यकतालगायतका विविध पक्षमा छलफल गर्नुपर्छ । तर, आफूभन्दा ठूलाले यो भने भन्दैमा आफ्नो रुचिको क्षेत्रलाई भने बिर्सनु हुदैन । कलेज जीवन सुरु गर्न विद्यार्थीले निम्न कुरामा ध्यान दिएमा सफलता प्राप्त गर्न सहयोग मिल्नेछः
सुप्रभात भण्डारी
अध्यक्ष, अभिभावक संघ नेपाल
सरकारले बि्रजकोर्स कसरी चलाउने भनेर नीति ल्याउनुपर्छ
। बि्रजकोर्स राम्रो भए पनि जसले जे गरे पनि हुने ढंगले छाड्नु हुदैन ।
बि्रजकोर्स राम्रो हो वा होइन भन्न जटिल छ
। एसएलसीपछिका विद्यार्थीलाई पढाइने बि्रजकोर्स आफैँमा राम्रो हो, तर यसका नाममा गरिने व्यापारचाहिँ नराम्रो हो । एसएलसी परीक्षा सकेपछि बि्रजकोर्स पढ्ने एकखालको संस्कृति विकास भइरहेको छ । यो गलत त होइन । फेसनजस्तो पनि हुन थालेको छ ।
बि्रजकोर्सको सबैभन्दा ठूलो फाइदा फुर्सदको समयमा किशोरावस्थाका विद्यार्थी बि्रगिन पाउँदैनन्
व्यावसायिक बन्दै छ बि्रजकोर्स
द्विराज शर्मा
डाइरेक्टर, अल्फाबिटा
। एउटा अभिभावकलाई आफ्ना छोराछोरी बि्रगिँदा सबैभन्दा नराम्रो लाग्छ । फुर्सदमा राम्रा-नराम्रा कुरा सोच्न थाल्छन् । बि्रजकोर्स पढ्न थालेपछि त नराम्रा कुरा सोच्न पाउँदैनन् । फुर्सदको समयमा बिगि्रनबाट जोगिनु नै ठूलो कुरा हो । बि्रजकोर्सलाई अहिले आवश्यकताका रूपमा लिन सकिन्छ । विद्यार्थीले कलेजमा के पढ्नेे भन्ने विषयमा जान्न सक्छन् र त्यही तयारीमा लाग्छन् । अथवा अगाडिको बाटो थाहा पाउँछन् । अहिले सबै विद्यार्थीले महँगो शुल्क तिरेर बि्रजकोर्स पढ्न सक्ने अवस्था नहोला । यसमा सरकार र शिक्षामा लगानी गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले 'फन्डिङ' गरेर बि्रजकोर्स पढाउन सकिन्छ ।
नेपालमा करिब दुई दशकअघिदेखि बि्रजकोर्सको सुरुवात भएको हो
अल्फाबिटा देशको बि्रजकोर्स नेटवर्क बनेको छ
। काठमाडौंको पुतलीसडकबाट प्रारम्भ भएको यस संस्थाले अहिले नयाँ बानेश्वरमा आपनै सुविधासम्पन्न भवनमा अध्ययन/अध्यापन गराउन थालेको छ । यसका शाखाहरू देशका मुख्य-मुख्य सहरमा फैलँदै गएका छन् । देशभरि फैलिनुका कारण पनि यसप्रति विद्यार्थीको आकर्षण बढ्नु हो । यो संस्था सर्वोत्तम अध्यापक र उत्तम व्यवस्थापन भएको संस्था हो । यस संस्थाबाट बि्रजकोर्स गरेका विद्यार्थी देशका उत्कृष्टस्तरका प्लस टु र कलेजबाट लिइने प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सक्नेछन् । उनीहरूमा रचनात्मक, विश्लेषणात्मक र नेतृत्वदायी क्षमताको सहज विकास हुनेछ । विद्यार्थी तथा उनीहरूका अभिभावकमा कुन र कस्तो विषय लिएर आगामी अध्ययन गर्ने गराउने भन्ने द्विविधा हट्नेछ । उनीहरू विज्ञ चिकित्सक, इन्जिनियर एवं अन्य कुशल परामर्शदाताबाट परामर्श प्राप्त गरी आफूलाई मन परेको र सुहाउँदो क्षेत्र छनोट गर्न सक्नेछन् । स्तरीय कलेजमा भर्ना भएका, उच्च अंकका साथ सफल भएका, मेडिकल कक्षा एवं इन्जिनियरतर्फ पनि ख्याति कमाएका विद्यार्थी यस संस्थाका आदर्श बनेका छन् ।
विगत १९ वर्षको अनुभवले हामीलाई अझ उत्साहित, जागरुक र क्रियाशील बनाएको छ
। हामी अझ जवाफदेही ढंगले अगाडि बढिरहेका छौँ । त्यसैले यस वर्ष सञ्चालन गर्ने बि्रजकोर्सका कक्षा केही दिनभित्रै सुरु हुँदै छन् । अहिले यसका शाखा कार्यालय बुटवल, चितवन, पोखरा, इटहरी र विराटनगरमा रहेका छन् ।
सेन्ट जेभियर्स इन्ट्रान्स स्पेसियल कोर्स सञ्चालन भएको छ
। त्यसमा विद्यार्थी आकर्षण धेरै छ । यसमा करिब पाँच सय अध्ययन गर्दै छन् । यसबाट बिजनेस धेरै हुने होइन, संस्था निरन्तर जाने भएकाले यो कार्यक्रम चलाएका हौँ । नयाँमा धेरै सफलता छैन ।
। पहिलेको बि्रजकोर्सले यति धेरै व्यापकता र व्यावसायिकता पाएको थिएन । यसलाई कतै 'बि्रज' कतै एड्भान्स कोर्स त कतै ट्युसन भनेर पढाइने गरिन्थ्यो । अठार वर्ष अघिदेखि एड्भान्स कोर्सको नाममा एसएलसीपछि कलेजको पढाइलाई सहयोग गर्न कक्षा सञ्चालन गरिएको थियो । सुरुको वर्षमा एड्भान्स साइन्स पढाउने भनेर बल्लतल्ल प्रचार गरी दुई सयजनालाई पढाएका थियौँ, अहिले सबैले बुझे, यसमा निकै आकर्षण बढेको छ ।
हामी एसएलसी परीक्षा दिएपछि दुई/तीन महिना त्यसै बसेको र के पढ्ने भन्ने विषयमा कुनै जानकारी पनि हुदैनथ्यो
एसएलसी सकेका मिहिनेती विद्यार्थीमा आगामी अध्ययनप्रति अनेक चासो र उत्सुकता हुन्छ
। बि्रजकोर्सले उनीहरूको चासो र उत्सुकतालाई खुसी बनाउँदै शान्त पार्छ । कुन फ्याकल्टी (विज्ञान, वाणिज्य, मानविकी) आदि पढ्ने, आफ्नो रुचि कुन विषयमा छ, आफ्नो रुचिको क्षेत्रमा कस्ता-कस्ता विषय पढिन्छन् जस्ता धेरै प्रश्नको उत्तर बि्रजकोर्स हो । प्लस टु पढ्न चाहनेलाई त यो अनिवार्य कोर्स नै हो र अचुक औषधि पनि हो । त्यसमा पनि खासगरी विज्ञान पढ्ने विद्यार्थीलाई यसबाट विज्ञान नै किन पढ्ने, यसबाट कति फाइदा हुन्छ, विज्ञानअन्तर्गत पनि कुन-कुन क्षेत्र रोज्ने आदि अनेक-अनेक अति आवश्यक र पर्याप्त जानकारी प्राप्त गर्न सकिन्छ/
साभार : नया पत्रिका



No comments:
Post a Comment