फिफा अध्यक्षको चुनावी दौडमा रहेका वेला मोहम्मद बिन हमामले ज्याक वार्नरसँग मिलेर क्यारेबियाली मुलुकका फुटबल नेताहरूलाई जनही ४० हजार अमेरिकी डलर बाँडेको पुष्टि भएपछि उनीहरूलाई फिफाबाट निष्कासन गरिएको हो ।
फिफा अध्यक्षको चुनावी दौडमा रहेका वेला मोहम्मद बिन हमामले ज्याक वार्नरसँग मिलेर क्यारेबियाली मुलुकका फुटबल नेताहरूलाई जनही ४० हजार अमेरिकी डलर बाँडेको पुष्टि भएपछि उनीहरूलाई फिफाबाट निष्कासन गरिएको हो ।
जुरिच/ अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आफ्ना दुई वरिष्ठ कार्यकारी सदस्यलाई भ्रष्टाचार आरोपमा निलम्बन गरेको छ । विश्व फुटबलको सर्वोच्च संस्थाले स्थापनाको एक सय सात वर्षमा यस्तो कठिन परिस्थिति कहिल्यै व्यहोर्नुपरेको थिएन ।
फिफा अध्यक्षको चुनावी दौडमा रहेका वेला मोहम्मद बिन हमामले ज्याक वार्नरसँग मिलेर क्यारेबियाली मुलुकका फुटबल नेताहरूलाई जनही ४० हजार अमेरिकी डलर बाँडेको पुष्टि भएपछि उनीहरूलाई फिफाबाट निष्कासन गरिएको हो । फिफाको छानबिन समितिले गरेको अनुसन्धानमा उनीहरू दोषी देखिएका थिए । तर, फिफाले कारबाही गर्नुअघि नै कतारी नागरिक हमामले अध्यक्षको दौडबाट फिर्ता हुने निर्णय गरिसकेका थिए ।
उता, फिफा अध्यक्षको चुनावी दौडका एक मात्र प्रत्यासी सेप ब्लाटरलाई भने छानबिन समितिले दोषमुक्त गरेको छ । यद्यपि, कतारलाई विश्वकप आयोजना सुम्पिँदादेखि अध्यक्षको चुनावी दौडमा समेत पदविपरीत भ्रष्टाचार गरेको आरोप ब्लाटरले पनि सहनुपरेको थियो
उता, उत्तर-मध्य अमेरिकी तथा क्यारेबियन क्षेत्रका ३५ मुलुकले आफ्ना शक्तिशाली अध्यक्ष वार्नरविना सो क्षेत्रको फुटबल गतिविधि कसरी अगाडि बढाउने ? भन्ने निर्णयसमेत गर्ने भएका छन् । साथै, फिफाले घुस लिनेहरूमाथि के कारवाही गर्ने ? भन्ने पनि निर्णय गर्नेछ
एसियाली फुटबल महासंघका अध्यक्षसमेत रहेका हमामले पनि सो पद छाड्नुपर्ने नैतिकता देखा परेको छ । एसियाली फुटबलमा शक्तिशाली मानिएका हमामको उत्तराधिकारी अब को हुने ? भन्ने अड्कलसमेत काटिन थालिएको छ ।
इंग्ल्यान्डजस्तो मुलुकलाई पछि पार्दै कतारजस्तो सानो मुलुकलाई ०२२ को विश्वकप आयोजनाको मौका जुटाइदिएलगत्तै भ्रष्टाचार आरोपका शृंखलामा डुबेका हमामले आइतबार मात्रै फिफा अध्यक्षको दौडबाट हात झकिेका थिए । जसले गर्दा फुटबलको सर्वोच्च निकायमा सेप ब्लाटरको राजले निरन्तरता पाउने निश्चित भएको थियो ।
फिफा निर्वाचनको वैचारिक सुनवाइ सुरु हुनु केही घन्टाअघि मात्रै हमामले चुनावी दौड बहिष्कार गर्ने निर्णय गरेका थिए । सो सुनवाइमा हमामले भ्रष्टाचारबारे निकै आलोचना खेप्नुपर्ने अनुमान गरिएको थियो । क्यारेबियाली क्षेत्रमा चुनाव अनुगमन गर्न गरेका फिफाका २५ सदस्यीय टोलीले मतदानमा प्रभाव पार्न हमामले रकमको चलखेल गरेको बताएपछि उनी संकटमा परेका थिए ।
अध्यक्षको प्रतिस्पर्धाबाट हटेपछि भ्रष्टाचारको आरोपबाट उन्मुक्ति पाउने उनको योजनालाई त्यही दिन फिफाले गलत सावित गरिदियो । हुन त हमाम र वार्नरमाथिको कारबाहीले विश्व फुटबलको सर्वोच्च संस्थासमेत राजनीतिक दाउपेचबाट मुक्त छैन भन्ने पनि प्रस्ट पारेको छ । विगतमा फिफा चुनावमा रकमको चलखेल हुने अनुमान गरिन्थ्यो, तर अहिले त्यो भनाइ प्रमाणित भएको छ ।
व्यक्तिगत तथा व्यावसायिक रूपमा फिफामा भएका चलखेलले मलाई दुःखी र स्तब्ध बनायो,' हमामले चुनावी मैदान छाड्दा भनेका थिए, 'कुनै निश्चित योजनाका लागि स्वार्थरहित ढंगमा अगाडि बढ्दा मैले ठूलै मूल्य चुकाउनुपर्यो तथा यसले फिफाको मर्यादामै कमी आउनेजस्तो लाग्यो । म यस्तो खेलमा लागेर फिफाको अध्यक्ष बन्न चाहन्नँ ।'
'म आफूले माया गर्ने संस्थाको बद्मासी भएको हेर्न सक्दिनँ तथा दुई व्यक्तिको लडाइँमा फिफाजस्तो गरिमामय संस्थामा हिलो फाल्न पनि मिल्दैन ।' आफू फस्छु भन्ने लागेर अध्यक्षको दौडबाट बाहिरिँदासमेत हमामलाई ब्लाटरले सहज उन्मुक्ति नदिएको चर्चा फिफा मुख्यालयमा चल्न थालेको छ । ब्लाटरको यो राजनीतिलाई कतिपयले हमामको फुटबल पदाधिकारीको करियर समाप्त मात्र पार्ने नभईकन भविष्यमा समेत उनलाई अध्यक्ष बन्नबाट रोक्ने चालका रूपमा लिएका छन् ।
साभार : नया पत्रिका
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment