आउँदाआउँदै रोकियो पूर्वराजाको वक्तव्य
१४ जेठमा संविधानसभाको म्याद नथपिएर देश संवैधानिक संकटमा फस्ने सम्भावना बढ्दै जाँदा निर्मलनिवासमा पूर्वराजा ज्ञानेन्द्रको वक्तव्य तयार हुँदै थियो । 'जनताको चाहनाअनुसार राजनीतिक दललाई मैले जिम्मा दिएको हुँ, तर जनताको चाहना पूरा हुन नसकेकोमा म दुःखी छु,’ मस्यौदामा भनिएको थियो । मस्यौदा बाहिर आउन पाएन किनकि म्याद थपियो/
संविधानसभाको म्याद नथपिएकोमा चिन्ता गर्दै तयार भएको पूर्वराजा ज्ञानेन्द्रको वक्तव्य जारी हुन पाएन किनकि बिहानसम्म लगाएर भए पनि संसद्ले म्याद थप्यो ।
दलका आ-आफ्नै अडानका कारण संविधानसभाको म्याद नथपिने सम्भावना पनि बढेको थियो, म्याद नथपिनु दुर्भाग्य भयो भन्दै १४ जेठकै राति वक्तव्य जारी गर्ने तयारीमा थिए ज्ञानेन्द्र । वक्तव्यको मस्यौदासमेत तयार भइसकेको स्रोतको भनाइ छ ।
एकजना वरिष्ठ पत्रकारले वक्तव्यको मस्यौदासमेत तयार गरिसकेका थिए । मस्यौदामा राजनीतिक दलहरूले संविधान जारी गर्न नसकेकोमा र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन नसकेकोमा दुःख व्यक्त गरिएको थियो ।
'जनताको चाहनाअनुसार हामीले राजनीतिक दलहरूलाई जिम्मा छाडिएएिका थियौँ, तर राजनीतिक दलहरूले जनताको चाहना पूरा गर्न नसकेकोमा हामी दुःखी छौँ,' मस्यौदामा भनिएको थियो । वक्तव्य मिडियामा पठाउन पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सना र फणि पाठकले मस्यौदाको प्रतिलिपि राखेका थिए ।
यसैगरी, संविधान र शान्तिप्रक्रिया निष्कर्षमा पुग्न नसकेपछि देशमा झनै अन्योल बढेको चिन्ता मस्यौदामा उल्लेख गरिएको थियो । दुई साताअघि पशुपतिमा पत्रकारहरूसँग बोल्दै पूर्वराजा ज्ञानेन्द्रले आफू राष्ट्रको गहन जिम्मेवारी लिइसकेको व्यक्ति भएकाले विशेष परिस्थितिमा पन्छिन नहुने अभिव्यक्ति दिएका थिए ।
यसैबीच पूर्वराजा शाहले पछिल्लो समयमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष्ा कमल थापा, राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दलाई भेटेका छन् । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री थापाले पछिल्लो समयमा दुई/तीनपटक पूर्वराजालाई भेटिसकेका छन् । ती भेटहरूमा राजनीतिक विषयमा छलफल केन्दि्रत भएको स्रोतको दाबी छ ।
यसैगरी, उनले केही भारतीय नेतालाई पनि भेटेको उनका निकट स्रोतको दाबी छ । केही दिनअघि नेपालका लागि भारतीय पूर्वराजदूत केभी राजन र भारतीय कांग्रेस आई नेता करण सिंहलाई पनि उनले भेटेका थिए । ती भेटहरू निर्मलनिवासमा गरिएको स्रोतको दाबी छ । यसैगरी, भारतीय गुप्तचर संस्था र को नेपाल हेर्ने पूर्वप्रमुख आलोक जोशीसँग पनि पूर्वराजाले भेटेको स्रोतको दाबी छ । पूर्वराजा शाह यतिखेर निर्मलनिवास बस्दै आएका छन्, पारस पनि निर्मलनिवासमै छन् ।
साभार : नया पत्रिका
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment