जेठ, काठमाडौं । सत्तारुढ दलहरुले शान्ति प्रक्रियाबारे साझा प्रस्ताव अघि सार्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रियाबारे सत्तारुढ दलहरुको तर्फबाट साझा प्रस्ताव सेना समायोजन विशेष समितिको बैठकमा पेश गर्ने सहमति भएको हो ।
‘शान्ति प्रक्रियाबारे सत्तारुढ दलहरुको साझा धारणा बनाउने र विशेष समितिमा प्रधानमन्त्रीले पेश गर्ने सहमति भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो-’सत्तारुढ दलहरुको साझा धारणा बनेपछि अन्य दलहरुसँग सहमतिको प्रयास गरिनेछ ।’ उहाँका अनुसार सरकारको प्रस्तावबारे माओवादीले आन्तिरिक छलफल गरी सुझाव दिनेछ ।
सत्तारुढ तीन दलबीच जेठ १४ आगावै संविधान निर्माणका क्रममा देखिएका विवाद समाधानका लागि उपसमितिलाई सक्रिय बनाउने सहमति भएको छ ।
यसैगरी वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिन अन्य दलहरुसँग छलफल थाल्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरुको सहभागिता थियो ।
sorce : online khabar.com

No comments:
Post a Comment