एन आइ न्यूज इजरायल
इजरायल सरकारद्वारा विदेशी केयरगिभर कामदारहरुलाई वन्धनमा राख्न ल्याउन लागिएको गुलामी कानून अन्तत पूर्ण रुपमा पारित गरिएको छ । १६ मई २०११ सोमबारकादिन इजरायली संसद भवनमा दोश्रो र तेश्रो चरणको प्रक्रिया अन्तरगत गरिएको संसदहरुबिचको निर्वाचन प्रक्रियाबाट वहुमतले यो कानून पारित गर्न इजरायल सरकार सफल भएको हो । इजरायली संसदका १२० जना संसदहरुमध्ये सदनमा उपस्थीत ३६ जना संसदहरुबिच गरिएको अन्तिम चरणको निर्वाचनमा पक्षमा ३० भोट र विपक्षमा ६ भोट परेका थिए । पारित गरिएको कानून अन्तरगत निम्न ३ कुराहरु पर्दछन् ।
भौगोलिक वन्धन : भौगोलिक वन्धन भन्नाले कामदार इजरायल प्रवेश गर्दा जुन क्षेत्र(ठाउँ)को भिषा लगाएर आएको हो त्यो ठाउँको काम छोडेर अन्य ठाउँमा काम खोजेर जान नपाउने ( जस्तै इजरायल आउदा जेरुशलेम क्षेत्रमा भिषा लगाएर आएको हो भने त्यो क्षेत्र छोडेर अन्य क्षेत्र तेलअभिव, हाइफा वा अन्य कुनैपनि ठाउँमा काम खोजेर जान नपाउने)
२. सिमित मात्रामा काम फेर्न पाउने : कामदारले इजरायल प्रवेश गरेदेखि आफ्नो सम्झौता पत्रमा लेखिए बमोजिमको आफ्नो रोजगोरीको अन्तरालमा तीन वटा मात्र काम परिवर्तन गर्न पाउने र यदि तीन भन्दा भन्दा वढि काम परिवर्तन गरेमा सो कामदारले आफ्नो देश फिर्ता जानुपर्नेछ ।
३. कामको प्रकार : कामदारले वर्तमान अवस्थामा गरिरहेको कामलाई नै आधार मानी भविष्यमा पनि त्यही प्रकारको काम गर्न पाउनेछ । उदाहरणकोलागि यदि तपाँइले अल्साइमर विरामीसँग काम गरिरहनुभएको छ भने अवदेखि तपाँइले अल्साइमर विरामी मात्र हेर्न पाउनुहुनेछ । तपाँइले त्यो काम गाह्रो भयो भनेर परिवर्तन गरी अर्को प्रकारको विरामीको काम खोजेर गर्न पाउनुहुने छैन ।
यसै सम्वन्धी विस्तृत जानकारी लिनु परेमा इजरायलमा रहेका केयरगिभर कामदारहरुको हक हितको नाम्ती लागि परेको केयरगिभर युनियन कुआख ला ओभदिमका केन्द्रिय प्रतिनिधी रमेश शर्मा 054-5680834 र कोआख ला ओभदिमका समन्वयक नोगा सेफेर 054-7387277 सँग सम्पक गर्नुहोला ।
sorce:nepalisral.net

No comments:
Post a Comment