विकनी गर्ल अमिशा
'कहो ना प्यार है' चलचित्रबाट बलिउडमा पाइला टेकेकी नायिका अमिशा पटेलको क्यारियर समाप्त भयो भन्नेको कमी छैन बलिउडमा । हुन पनि उनले सोचेजस्तो आशातित सफलता हासिल गर्न सकिनन् बलिउडमा । सुन्दरता भएर पनि अभिनयमा कमजोर हुनु र नव नायिकाका कारण ओझेलमा पर्नुले पनि उनी पछि परेकी हुन् । चलचित्र 'गदर एक प्रेम कहानी' ले सफलता पाएपनि त्यसको जस पनि उनले पाइनन् । निर्देशक विक्रम भट्टसँगको सम्बन्ध टुटेपछि त उनको क्यारियर ओरालो लागेको लाग्यै भयो । यतिबेला फाट्टफुट्ट चलचित्र मात्र हातमा रहेको अवस्थामा उनी विकनी गर्लको रूपमा देखा पर्दैछिन्, त्यो पनि एकसे एक पोजमा । चर्चित फेसन फोटोग्राफर जतिन कम्पनीले उनको फोटो सुट गरेका छन् । ऐ क्रेजी क्रेजी लम्हेमा निकै कामुक नृत्य गरेकी अमिशाले यस किसिमको फोटो सुट गर्दा सुरुमा आफू निकै नवर्स भएको प्रतिक्रिया सञ्चार माध्यमलाई दिएकी छिन् । आफ्नो एक डिजाइनर साथीले तयार गरेको सेक्सी कालो विकनीमा अमिशा देखिएकी हुन् । ती विकनी सामान्य खालका भने होइनन्, अन्तर्राष्ट्रियस्तरका हुन् । यसले अमिशाको ओरालो लागेको क्यारियरलाई केही सहयोग गर्ला कि ?
यति मात्र होइन अहिले उनको नाम क्रिक्रेटर युवराज सिंह पनि जोडिएको छ । बलिउडका नायिकासँग बेला बेलामा चर्चामा आई रहने युवराज विश्वकप क्रिक्रेटका म्यान अफ द टुर्नामन्ट पनि हुन् । फाइनल खेलमा उनले अमिशाका लागि स्पेसल टिकट दिएका दिए । यो कारणले यी दुईबीचको सम्बन्धलाई लिएर सञ्चार माध्यमले टिप्पणी गरेका छन् । क्यारियर खस्कि रहेको बेला यस्ता विवादित विषयले पनि ठूलै काम गर्ला कि अमिशालाई ।
सेलेब्रेटीका जुँगा
प्रायः सेलेब्रेटी कलाकारको आफ्नै पहिचान हुन्छ । कोही चकलेटी, कोही रोमान्टिक, कोही कमेडियन, कोही एक्सन र कोही यी सबैले भरिपूर्ण । छुट्टा छुट्टै विशेषता बोकेका यी कलाकार आफ्नो छविभन्दा भिन्न रूपमा देखिए कस्तो होलान् त ? अनुमान गर्न गाह्रै पर्ला । रोमान्टिक किगको उपाधि पाएका शाहरूख खान जुँगा राखेर पर्दामा आउदा सुरुमा पत्याउनै गाहृो पर्यो । चलचित्र रब ने बना दि जोडी मा उनी जुँगा राखेकेा भुमिकामा पनि थिए । चलचित्रले औसत व्यापार पनि गर्न सफल भयो । शाहरूख हम्मेसी जुँगा राख्दैनन् । शाहरूख मात्र किन अन्य खानहरूले पनि विरलै जुगँा पाल्छन चलचित्रका लागि । खान बाहेक ऋतिक रोशन, रणवीर कपुर, शाहिद कपुर, जोन अब्राहम, अर्जुन रामपाल, सञ्जय दत्तले पनि जुँगा राखेको पाइँदैन । जैकी श्राफ, अनिल कपुर र नाना पाटेकरलाई छोड्ने हो भने निकै कमले मात्र जुँगा राखेका छन् । बलिउडका महानायक अमिताभ पनि जुँगा राखेर निकै कम चलचित्रमा देखिए । धमेन्द्र त देखिने कुरै भएन, दीलिप कुमारले पनि बुढेशकाल लागेपछि मात्र जुँगा राखेका थिए । उर्लंदो क्यारियरमा जुँगा राख्ने कलाकार निकै कम छन् बलिउड तर अहिले जुँगा राख्ने होड नै चलेको छ भन्दा पनि हुन्छ । चलचित्र दवङ्गमा चुलबुल पाण्डेको भूमिकामा देखिएका सलमान खानले जुँगा पालेको सबैले मन पराए । अमिर खानले पनि चलचित्र मङ्गल पाण्डेमा जुँगा राखेका थिए । सैफ अलि खान पनि चलचित्र कुर्वानमा जुँगामा देखिए । पछिल्लो समयमा अभिषेक बच्चन पनि जुँगामा नै देखिएका छन् । चलचित्र रावणपछि 'दम मारो दम' मा उनी जुँगामै देखिएका छन् । रोहन सिप्पीको यस चलचित्रमा अभिषेकले जुँगाको स्याहारका लागि खर्च पनि गरेका थिए । चकलेटी नायक शाहिद कपुर पनि जुँगामा देखिदैँछन् । मिस्टर परमेक्टानिस्टको उपाधि पाएका अमिर खान पनि रिमा काग्तीको चलचित्रमा जुँगामै देखिने पक्का भएको छ । पछिल्लो समयमा फरक भूमिकामा देखिदै आएका अमिरले रिमाको थि्रलर चलचित्रका लागि जुँगा पालेका छन् । अभिनेता सैफ अलिखान चलचित्र 'आरक्षण' मा जुँगमा देखिदैँछन् । प्रकाश झाको यस चलचित्रमा सैफ शिक्षकको भुमिकामा छन् । सैफ आफ्नो होम प्रोडक्सनको चलचित्र 'एजेन्ट विनोद' मा पनि जुँगामा देखिने भएका छन् । यमला पगला दिवाना चलचित्रपछि सन्नी देओल 'मोहल्ला अस्सी' मा पण्डितको भूमिकामा देखिँदैछन्, जहाँ उनले जुँगा पालेका छन् । चलचित्र 'तीन थे भाई' मा ओम पुरी पनि जुँगामा देखिदैछ्न । यति मात्र होइन राहुल बोस पनि एक अनाम चलचित्रमा जुँगा भएका नायकको रूपमा देखिने पक्का भएको छ । सबैभन्दा अचम्मको कुरा शाहिद कपुर जुँगामा देखिनु हो । उनी आफ्ना बुवा पंकज कपुरको चलचित्र 'मासुम' मा पाइलटको भूमिकामा छन्, जहाँ उनलाई जुँगासँगै देख्न सकिनेछ । पंकजको यो पहिलो निर्देशकीय चलचित्र हो ।
हलिउडमा विदेशी म्याम
सङ्ख्यात्मक हिसाबले संसारकै सर्वाधिक ठूलो चलचित्र उद्योग बलिउड यतिबेला अन्तर्राष्ट्रिय प्लेटर्फम बन्ने अवस्थामा छ । गुणस्तरीय चलचित्र उत्पादन गर्ने हलिउडमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाउँदै गएको बलिउडतर्फ पनि विदेशी कलाकारले आँखा लगाउन थालेका छन् । बलिउडका चलचित्रले पश्चिमा जगत् र अमेरिकामा समेत उल्लेखनीय व्यापार गरेपछि विदेशी कलाकार बलिउडप्रति आकषिर्त बनेका हुन् । त्यसो त बलिउडकै कलाकार हलिउडतर्फ आकषिर्त नभएका होइनन् तर केहीलाई छोडने हो भने कमैले मात्र महìवपूर्ण भमिका पाएका छन् । बलिउडका चलचित्र विश्वव्यापी रूपमा प्रदर्शन हुन थालेपछि बरु उल्टो हलिउडका स्थापित कलाकार
बलिउडका पर्दामा देखिए ।
भारतबाहिरका कलाकार भारत आउने क्रम भने रोकिएको छैन । विशेषगरी नव युवती यस मामिलामा अघि छन् । नायिका हुने उद्देश्यका साथ यतिबेला दर्जनभन्दा बढी विदेशी बालाहरूले बलिउडमा भाग्य आजमाई रहेका छन् । निकै बोल्ड र सेक्सी यी नायिका अङगप्रदर्शनमा निकै उदार पनि देखिएका छन् । नाम र दाम कमाइने भएकाले उनीहरू बलिउडतर्फ आकषिर्त हुनु अस्वभाविक पनि होइन । केही समय पहिले लन्डनकी स्थायी बासिन्दा कैटि्रना कैफबाट सायद उनीहरूलाई प्रेरित गरेको हुनुपर्छ । जुन रूपमा कैटि्रनाले बलिउडमा धाक जमाई रहेकी छिन्, त्यही सफलतालाई पछ्याउने सोचका साथ यतिबेला अमेरिकाकी नर्गिस फाख्री, लन्डनकी मोडल हाजेल किएज, जिसेली मोण्टेरियो, जर्मन मोडल क्लाउडिया सिसेलालगायतका विदेशी बाला बलिउडका पर्दामा छाइ रहेका छन् । रणवीर कपुरसँगै चलचित्र 'रकस्टार' मा देखिएकी नर्गिस रणविरसँगको व्यtmिगत सम्बन्धका कारण चर्चित बनिन् भने हाजेल र सलमान खानको बारेमा पनि टिका टिप्पणी भएको थियो ।
चलचित्र 'बडिगार्ड' मार्फत बलिउडमा पाइला टेक्दै गरिएकी हाजेल यस चलचित्रमा सह-अभिनेत्रीको रूपमा देखा पर्दैछिन् । सलमान र करिना कपुरको मुख्य भूमिका रहेको यस चलचित्रमार्फत हाजेलले ठूलो आशा राखेकी छिन् । सुगठित र कामुक शरीरकी धनी नर्गिसले चलचित्र रकस्टारमार्फत बजारमा 'रक' गर्ने तयारी गरिरहेकी छिन् । सन २०१० अपि्रल महिनाको प्ले व्वाय पत्रिकामा सर्वाङ्ग नाङ्गो रूपमा देखिएकी दक्षिण अपि|mकाकी २६ वषिर्या मोडल क्यान्डिस वाउचर चलचित्र 'आजन' मा देखिदैछिन् । चलचित्रको निर्देशन प्रशान्त चड्डाले गर्दैछन् । सन २००८ की मिस टिन वल्र्ड एमी ज्याक्सनको मूलघर बेलायत हो तर उनी बलिउडतर्फ आकषिर्त छिन् । दक्षिण भारतीय रोमान्टिक चलचित्र 'बिन्नथन्डी भारुभाया'को हिन्दी रिमेक चलचित्रमा प्रतिक बव्बरको जोडीको रूपमा देखिँदैछिन् । भरखरै १८ वर्ष पुगेकी ज्याक्सन यसअघि तमिल चलचित्र मद्रासापट्टनिममा देखिएकी थिइन् । हलिउडकी गायिका तथा नायिका जेनिफर लोपेजकी नातेदार क्याटेरिना लोपज अनुश भट्ट निर्देशित चलचित्र 'भिड्डी बजार' मा आइटम गीतमा नाच्दै छिन् । स्पेनिस मोडल एरिड्रना क्याब्रोल जोया अख्तर निर्देशित चलचित्र जिन्दगी ना मिले दोबरामा देखिदै हुनुहुन्छ । यस चलचित्रमा ऋतिक रोशन, फरहान अख्तर र क्याटि्रना कैफको मुख्य भूमिका रहेको छ । अर्की विदेशी बाला स्भेटलाना मान्लायो सुनिता अरोरा निर्देशित चलचित्र चित्कारब्रीमा देखिदै छिन् ।
लियोनार्दो केटको जोडी उत्कृष्ट
हलिउडमा रोमान्टिक जोडीको कुनै कमी छैन । वास्तविक जीवनमा यस्ता जोडी कति छन् कति । तीमध्ये कति सफल भए कति असफल । पर्दामा भने यस्तो सफल जोडी कति होला । भएका मध्ये पनि उत्कृष्ट को होला ? अनुमान गर्न गाहृो पर्ला तर चलचित्र टाइटनिक को लियोनार्दो डिक्यापि्रयो र केट विन्स्टेलको जोडीलाई सर्वकालिन उत्कृष्ट रोमान्टिक जोडीको रूपमा दर्शकले मन पराएका छन् । अमेरिकाबाट प्रकाशित हुने डेली मेलमा उल्लेख भएअनुसार एक सर्वेमा यो जोडी उत्कृष्ट बनेको हो । सन १९३९ मा प्रर्दशित चलचित्र गन एन्ड वाइन्डका जोडी क्र्लाक गेबल र भिभिन लेलाई दर्शकले दोस्रो नम्बरमा राखेका छन् । यसैगरी चलचित्र प्रीति वुमनबाट रिचार्ड गेर र जुलिया रोवर्टसलाई पनि दर्शकले उत्कृष्ट रोमान्टिक जोडीको रूपमा मन पराएका छन् । सन् १९४२ मा प्रदर्शित चलचित्र कासाव्लान्साबाट हम्पे|m बोगाट र लरेन बाकाल चोथौ उत्कृष्ट जोडी बनेका छन् । यसैगरी स्पेन्सर टे्रस र क्याथरिन हेपवर्न उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । सर्वेमा पाँच लाख मानिसलाई उत्कृष्ट चलचित्र र जोडीका बारेमा सोधिएको थियो ।
साइनी जेलमा
आफ्नै घरमा काम गर्ने १८ वषर्ीया एक युवतील्ााई बलात्कार गरेको आरोपमा बलिउड अभिनेता साइनी आहुजा अन्तत जेल गएका छन् । दुई वर्षदेखि चलिरहेको मुद्दालाई किनारा लगाउँदै मुम्बई उच्च अदालतले आहुजालाई सात वर्षको जेल सजाय सुनाएको छ । पीडित युवतीले मुद्दा फिर्ता लिए पनि पहिले नै अदालतमा प्रस्तुत प्रमाणका आधारमा आहुजालाई अदालतले दोषी ठहर्याएको हो । कुनै समय बलिउडका उदयीमान अभिनेताका रूपमा सञ्चार माध्यमबाट चर्चा पाएका ३८ वषर्ीय आहुजा हजार चौरासियाकी मा, ग्याङ्गस्टर जस्ता चलचित्रमा देखा परेका थिए । ५० डलरभन्दा कम तलबमा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप प्रमाणित भएपछि उनको क्यारियरमा पनि किनारा लागेको छ । यद्यपि उनीसँग अपिल गर्ने अधिकार भने सुरक्षित रहेको छ । अदालतको फैसलापछि बलिउडमा उनको पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आएका छन् । बलिउडका अभिनेता अर्शद बारसीले हत्यारा, आतङ्कारी, भ्रष्ट नेता स्वतन्त्र रूपमा घुमिरहेका छन् तर साइनेलाई मात्र किन सात वर्षको जेल सजाय भनि ट्विटरमा प्रतिप्रश्न गरेका छन् । केही समय यता दिल्ली जस्तो ठाँउमा खुलेआम सामूहिक बलात्कारका घटना भएका छन्, त्यस्ता अपराधिलाई समात्न प्रहरीले के कदम चालेको छ आहुजाका प्रशंसकले यसरी आफ्नो प्रतिक्रिया टि्वटरमार्फत व्यtm गरेका छन् ।
युवामञ्च, बैशाख, २०६८
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment