- डा. क्षितिज बराकोटी
प्राकृतिक चिकित्सक
महिलाहरुलाई मासिक स्राव ९ःभलकतचगबतष्यल० का बेला विभिन्न खालका गडबडीहरु हुन सक्छन् । यस्ता समस्याहरुमा महिनावारी ठीक समयमा नहुने, रक्तस्राव कम वा बढी हुने, महिनामै दर्ुइ-तीन पटकसम्म रक्तस्राव हुने, महिनावारीको बेलामा तल्लो पेट, कम्मर तथा खुट्टा दुख्ने आदि समस्याहरु हुने गर्छन् । यस्ता महिनावारीका गडबडीहरुमध्ये पीडादायक महिनावारी पनि धेरै महिलालाई हुने समस्या हो । महिनावारी सुरु भैसकेका महिलाहरुलाई मासिक स्रावभन्दा पहिले अथवा महिनावारीको समयमा कडा रुपमा हुने दुखाइलाई नै पीडादायक मासिक स्राव ९म्थsmभलयचचजयभब० भनिन्छ । यो समस्या जुनसुकै उमेरका महिनावारी सुरु भएका महिलाहरुलाई हुनसक्छ । तर अविवाहित किशोरी एवम् महिलाहरुलाई यसले केही बढी मात्रामा सताएको देखिन्छ ।
यो समस्यामा महिनावारीमा वा आसपासका दिनमा दुखाइ हुने गर्छ । तल्लो वा माथिल्लो दुवै पेटलगायत कम्मर, नितम्ब र त्रि्रा दुख्ने, स्तन सुन्निने हुन्छ । कतिपयलाई पूरा जीउ दुख्ने, ज्वरोे आउने वाकवाकी र बान्तासमेत हुने गर्छ ।
यस्तो पीडा कतिपयलाई अनियमित वा महिना बिराएर पनि हुनसक्छ । कसैलाई यो दुखाइ सामान्य र कसैलाई असह्य किसिमको हुन्छ । यस्तो दुखाइ सामान्यतया दर्ुइ प्रकारको हुन्छ । पहिलो किसिमको दुखाइ पेटको तल्लो भागमा हुन्छ, जुन प्रश्रववेदनाजस्तो महसुश हुन्छ र रक्तस्रावको साथै पेटको तल्लो भागलगायत नितम्ब र त्रि्रामा पनि अति दुख्ने हुन्छ । कोही त सहनै नसक्ने भई छटपटाउने, लडिबुडी गर्ने, रुने-कराउने र क्षणिक बेहोस पनि हुने गर्छन् । यस्तोे असह्य दुखाइ बढीमा एक-दर्ुइ दिनसम्म रहन्छ र कम हुं“दै जान्छ । दुखाइ भने कसै-कसैलाई आठ-दश दिनसम्म पनि रहन सक्छ । दोस्रो खालको दुखाइ स्रावपर्ूवको दुखाइ हो, जसमा मासिक स्रावभन्दा पहिले दुख्ने र रक्तस्राव भएपछि दुखाइ रोकिने हुन्छ ।
कारणहरु
यो समस्या विभिन्न कारणले गर्दा हुने गर्छ । पाठेघर र डिम्बवाहिनी नलीको रोग, सुन्निने, फाइब्राइड्स्, सिस्ट आदि यस समस्याको कारण हुनसक्छन् । कब्जियत, पुरानो अपच, ग्यास्टिकजस्ता पेटरोग, अन्तस्रावी ग्रन्थिरोग र हर्मोनहरु, खासगरी इस्ट्रोजेन ९इभकतचयनभल०, प्रोजेस्टेरोन ९एचयनभकतभचयल० आदिको असन्तुलन पनि प्रमुख कारणहरु हुन् । चिन्ता, तनाव र अन्य मनोरोगग्रस्त व्यक्ति पनि महिनावारी गडबडी हुने रोगबाट प्रायः ग्रस्त भएको पाइन्छ ।
यसरी नै मूत्र प्रणालीका रोग तथा संक्रामक यौनरोगहरु पनि थप कारणहरु हुन् । कसै-कसैलाई आनुवंशिक रुपमा पनि यस्तो भएको पाइएको छ । गर्भाशय अथवा डिम्बवाहिनी नली आदिको कुनै रोग हु“दा वा कुनै रोगै नभए पनि विशेष कारणवश पाठेघर तीव्ररुपले खुम्चने-फैलने भएमा अथवा रगत वा अन्य तत्त्वको दबाब रोगी प्रजनन अंहरुमा पर्न गएमा नै दुख्ने हुन्छ । शरीरको अन्तःस्रावी ग्रन्थिहरुबाट निस्कने हर्मोनहरुको असन्तुलनको कारण पनि पाठेघर प्रसारण एवम् संकुचन भई दुखाइ बढी हुनसक्छ ।
यौगिक चिकित्सा
तत्काल राहतका लागि महिनावारीको दुखाइको अवस्थामा आरामदायी आसनहरु जस्तै- शवासन -उत्तानो सुत्ने, दुवै खुट्टा केही फरक राख्ने, हात कम्मरको छेउमा केही फरक राखी हत्केला माथि फर्काउने, आ“खा चिम्लेर शरीर पर्ूण्ा शिथिल पारी सुत्ने), शिथिलासन -घोप्टो सुती एकातिरको हात र खुट्टा खुम्च्याउने र अर्कोतिरको सीधा राखी आ“खा चिम्लेर सुत्ने), वज्रासन -खुट्टा खुम्च्याई नितम्बलाई कर्ुर्कुच्चामाथि राखेर ढाड सोझो राखी बस्ने) आदि मात्र गर्नुपर्छ ।
मन विचलित भएको अवस्थामा मनको एकाग्रताका लागि नाडीशोधन प्राणायाम, ध्यान गर्नुपर्छ । दुखाइ अति तीव्र भएको अवस्थामा यौगिक षटर््कर्मको विधि वस्ती गर्नुपर्छ र तत्कालै यौना·वरिपरि, तल्लो पेट, नितम्ब र कम्मरमा १०-२० मिनेट तातो पानीले सेक्ने गर्नुपर्छ । कम्मरमा तेल दलेर मकरासन -घोप्टो परी दुवै खुट्टा केही फरक राख्ने र दुवै हातमाथि निधार टेकाई सुत्ने) गर्दै र्सर्ूयस्नान गर्नुपर्छ । बढी दुखाइको अवस्थामा आधा-एक दिनसम्म ठोस कुरा केही नखाई तातो पानीमा मह मिर्साई पिएर लघु उपवास गर्नु राम्रो हुन्छ ।
दर्ीघकालीन राहतका लागि
योग चिकित्सा गर्नाले ३-४ महिनाभित्रैमा महिनावारीको दुखाइसम्बन्धी समस्या ठीक हुन्छ । योगाभ्यास ठीक किसिमले आप\mनो समस्याअनुरुप ठीक क्रियाहरु छनोट गरी चिकित्सकको निर्देशनमा गर्दा प्रभावकारी हुन्छ । नियमितरुपमा ढाडको व्यायाम र केही सरल योगासनहरु गर्दा मात्र पनि सामान्य पीडादायक महिनावारी ठीक हुन्छ । व्यायाम, योगासन र अन्य योगाभ्यासहरुले हार्मोनहरुको असन्तुलन वा गडबडीलाई ठीक पार्ने हुनाले यी कुराहरुको अभ्यास ठीक किसिमले गर्नुपर्छ ।
केही यौगिक अभ्यासहरु
दुखाइको अवस्थामा केवल आरामदायी आसनहरु जस्तै- शवासन, शिथिलासन, मकरासन, वज्रासन आदि मात्र गर्नुस् । महिनावारीको रक्तस्राव बन्द भएपछि मात्र अन्य आसनहरुको अभ्यास नियमित गर्नुस् ।
सलभासन
विधि ः घोप्टो सुती दुवै खुट्टा जोड्नुस् । दुवै हातलाई खुट्टा -त्रि्रा) को तल हत्केला खुल्ला राखेर वा मुठी पारेर राख्नुस् । अब श्वास लि“दै दाहिने खुट्टालाई तन्काएर माथि उठाउनुस् । करिब ५-७ सेकेन्ड रोकिएर स्वास छोड्दै बिस्तारै खुट्टालाई तल राख्नुस् । यसरी नै ५-१० पटक अभ्यास गर्नुस् र फेरि अर्को -देव्रे) खुट्टाको पनि त्यसरी नै अभ्यास गर्नुस् । खुट्टालाई उठाउ“दा सुरु-सुरुमा हत्केलाले त्रि्रामा दबाब दिएर माथितिर धकेल्न पनि सकिन्छ । यसरी एकपाद सलभासनको अभ्यासपछि दुवै खुट्टा एकसाथ उठाएर द्वीपाद सलभासनको पनि अभ्यास गर्न सकिन्छ ।
सावधानी र लाभ ः पाठेघर खस्केको -सरेको), हर्नियाजस्ता रोगहरुमा यो आसन गर्नुहु“दैन । बढी छाती दुख्दा, कम्मर धेरै दुख्दा, गर्भावस्थामा समेत यो आसनले हानि पुग्न सक्छ । यस आसनले पाचनशक्ति बढाउने र भोक जगाउने गर्छ । पेटका रोगहरु कब्जियत, कोलाइटिस, ग्यास्टि्रकलाई फाइदा गर्छ । ढाड/कम्मर दुखाइ, खुट्टाको नसा दुख्ने -साइटिका) र महिनावारीसम्बन्धी गडबडीलाई समेत यसले हटाउन मद्दत गर्छ । मोटोपना घटाउन, खुट्टा सुडौल र बलियो बनाउन तथा महिलाहरुको पाठेघर एवम् अन्य प्रजनन अ· बलियो पार्न सलभासनले अति नै महत्त्वपर्ूण्ा भूमिका खेल्न सक्छ । मधुमेह रोगमा पनि यसको अभ्यास लाभकारी छ ।
पवनमुक्तासन
विधिः दुवै खुट्टा जोडी उत्तानो सुत्नुस् । श्वास लि“दै दाहिने खुट्टालाई खुम्च्याएर घु“डाको तल समाती टाउको उठाएर घु“डामा चिउ“डोले छोई श्वास रोकेर अडिने र श्वास छोड्दै जीउ तल राख्ने । यसरी नै आठ-दश पटक गर्नुस् । यसरी नै दुवै खुट्टा -द्वीपाद पवनमुक्तासन) गर्नुस् । प्रत्येकलाई आठ-दश पटकसम्म गर्नुस् ।
सावधानी र लाभः यो आसन बढी कम्मर दुख्दा, कलेजो सुन्निएको अवस्थामा तथा महिलाहरुले गर्भावस्थामा र महिनावारी हु“दा गर्नुहु“दैन ।
यस आसनले हात, कम्मर, पेट, टाउको, खुट्टालगायत पाचन, मूत्र तथा प्रजनन प्रणाली बलियो हुन्छ । महिनावारीको समस्या, पाठेघर खस्ने रोग, श्वेतप्रदर आदिमा पनि यो लाभदायक छ । गर्भाशय स्वस्थ राख्नसमेत मद्दत पुग्छ । यसको नियमित अभ्यासले अजर्ीण्ा वा पेट फुल्ने, वायुविकार -ग्यास्ट्राइटिस), अपच, अरुचि, कब्जियत, मधुमेहजस्ता रोगहरुमा लाभ दिन्छ । केही यौनजन्य समस्या, छाती/घा“टीका सामान्य समस्या एवम् वायुविकारका कारणले हुने ढाड-कम्मर दुख्नेमा समेत यसबाट फाइदा पाउन सकिन्छ ।
भुज·सन वा र्सपासन
भुज·सनका विभिन्न तरिकाहरु छन् । यहा“ दिइएका केही विधिहरुको अभ्यास गर्नुस् ।
विधि १ः घोप्टो परी सुत्नुस् । दुवै हातलाई छातीको दाया“-बाया“ राखी हत्केला भुइ“मा टेकाउनुस् । अब श्वास लिंंदै दुवै हातले भुइ“मा बल गर्दै, कम्मर मोडेर छातीलाई माथि उठाउनुस् र यस्तो अवस्थामा पा“च सेकेन्ड जति श्वास रोकेर अडिनुस् । अब बिस्तारै श्वास छोड्दै छातीलाई तल राख्नुस्, चिउ“डोलाई पनि भुइ“मा टेकाउनुस् ।
विधि २ः तरिका नं. १ मा जस्तै गरी हातलाई छातीको दाया“-बाया“ राख्नुस् । दुवै खुट्टा खुम्च्याउनुस् । अब श्वास लि“दै छातीलाई माथि उठाउनुस् र कम्मर जतिसक्दो मोड्दै पछाडितिर लैजानुस् र टाउकोले खुट्टाको पैतालामा छुवाउने प्रयास गर्नुस् । केही बेर अडिएर श्वास छोड्दै छाती तल राख्नुस् । यसलाई पनि ६ देखि १० पटकसम्म गर्नुस् ।
सावधानी र लाभः भुज·ासनले पेट बलियो बनाउ“छ । पाचन क्षमता बढाउने, दिसा कब्जियत हुन नदिने, ढाड/मेरुदण्ड शक्तिशाली बनाउने र जीउमा लचक उत्पन्न गर्ने हुन्छ । अन्य रोगहरु जस्तै- ग्यास्ट्राइटिस, अपच, कब्जियत, कम्मर दुखाइ, ढाड दुखाइ, मधुमेह, महिलाहरुको मासिक स्रावसम्बन्धी गडबडीलगायत पाठेघरका समस्यामा पनि यो उपयोगी छ । यो आसनको विविध प्रकारका अभ्यासले पेट र छातीका सम्पर्ूण्ा अ·हरुलाई सबल बनाउ“छ । समग्रमा भन्नुपर्दा भुज·ासन सम्पर्ूण्ा शरीरकै लागि एक उत्कृष्ट आसन र चिकित्सात्मक लाभ दिने आसन हो ।
महिनावारी, गर्भावस्था र पाठेघर सरेको समस्यामा महिलाले यो आसन गर्नु हु“दैन । यसरी नै हर्निया, पेटका विभिन्न अ·हरुसम्बन्धी रोगहरुको कुनै खास अवस्थालगायत ढाड बढी दुखेको अवस्था तथा छाती दुख्दा यो आसन गर्नुहु“दैन ।
सहज उष्ट्रासन
विधि ः घु“डा टेकी खुट्टालाई केही फरक पारेर दुवै हात कम्मरमा राख्नुस् । अब श्वास लि“दै बिस्तारै कम्मर मोडेर पछाडितिर जीउलाई लगी टाउको सकेसम्म पछाडितिर लगेर पछाडिबाट तलतिर हर्ेर्ने प्रयास गर्नुस् । करिब ५ सेकेन्डसम्म श्वास रोक्दै अडिएर श्वास छोड्दै पर्ूववत् अवस्थामा आउनुस् । यसरी नै ८-१० पटक गर्नुस् । केही दिनसम्म यो सहज उष्ट्रासनको बानी भएपछि अर्को तरिका जस्तै- हातलाई खुट्टाको कर्ुर्कुच्चामाथि टेकाएर अभ्यास गर्नुपर्छ ।
सावधानी र लाभः नहतारिईकन, जीउको सन्तुलन नबिगारीकन अभ्यास गर्नुस् । श्वासप्रश्वास गडबड गर्दा छाती दुख्न सक्छ, तर्सथ मिलाएर अभ्यास गर्नुस् । हातले पछाडि कुर्कुच्चामा छुने अभ्यास गर्दा सावधानी हुनुस् । अभ्यस्त भइसकेपछि श्वास रोक्ने प्रक्रिया नगरी स्वास लिने/छोड्ने गर्दै केही बढी समयसम्म पनि यो आसन गर्न सकिन्छ । बढी घु“डा दुख्दा र पाठेघर सरेका महिलाले गर्नुहु“दैन।
यसबाट मेरुदण्ड अति नै शक्तिशाली बन्छ । मेरुदण्ड, सुषुम्ना, नसाहरु एवम् मस्तिष्कसमेतलाई यसले फाइदा गर्छ । घा“टी, गर्दन, पेट र छातीलाई पनि यसले बलियो बनाउ“छ । हातखुट्टा सुगठित र लचिलो बन्छ । यो आसनको नियमित अभ्यासबाट ढाड दुखाइ, गर्दन दुखाइ, पेटका विभिन्न रोगहरु, छातीका विभिन्न समस्याहरु, घा“टीका रोगहरु, महिनावारीका गडबडीहरु निको पार्न मद्दत मिल्छ । महिलाले गर्भावस्थामा पनि यो आसनको अभ्यास गर्न सक्छन् । यसको अभ्यासबाट पाठेघर एवम् स्तनमा विशेष व्यायाम पुग्ने भएकाले महिलाका निम्ति पनि बढी फाइदाजनक छ । यस आसनले शरीरमा स्फूर्ति प्रदान गर्नुका साथै पूरा शरीरलाई नै लचिलो र सुगठित पार्दछ ।
मण्डुकासन
विधि ः दुवै खुट्टा खुम्च्याएर कर्ुर्कुच्चामाथि बसी वज्रासन गर्नुस् । अब हत्केला मुठी पारी दुवै हात एकआपसमा जुधाएर पेटमा राख्नुस् । अब पूरा श्वास लिनुस् र मुठीले पेटमा दबाब दि“दै, श्वास छोड्दै छाती र टाउको अगाडि झुकाउनुस् । टाउकोलाई अगाडिबाट माथि फर्काएर सक्दो माथि हर्ेर्ने प्रयास गर्नुस् र केही बेर श्वास रोकी स्थिर हुनुस् । अब श्वास लि“दै पर्ूववत् माथि आउनुस् । यसरी नै ५-१० पटकसम्म अभ्यास गर्नुस् ।
सावधानी र लाभ ः यो आसन बढी कम्मर दुख्दा, कलेजो सुन्निएको अवस्था तथा महिलाहरुले गर्भावस्थामा र महिनावारी हु“दा गर्नुहु“दैन ।
यसबाट पाचन प्रणाली बलियो हुन्छ । महिलाहरुको गर्भाशय स्वस्थ राख्न सहयोग पुर्याउ“छ । वायुविकार -ग्यास्ट्राइटिस), अपच, अरुचि, कब्जियत, मधुमेहजस्ता रोगहरुमा लाभ दिन्छ भने महिलाको मासिक स्रावसम्बन्धी गडबडी जस्तै- महिनावारीको दुखाइ अनियमित हुने, बढी वा कम स्राव हुने आदिमा पनि फाइदा गर्छ । केही यौनजन्य समस्या, छाती/घा“टीका सामान्य समस्या एवम् वायुविकारका कारणले हुने कम्मर-ढाड दुख्नेमा लाभ दिन्छ ।
माथि दिइएका आसनहरुबाहेक मेरुदण्डासन, नाभ्यासन, र्सर्ूय नमस्कार, हलासन, सशंकासन, पश्चिमोत्तानासन, बालासन, झुलासन आदिले पनि महिनावारीमा हुने पीडा कम गर्न सघाउ पुग्छ ।
षट्कर्म
पेटको वस्ती ९भ्लझब०ः यसमा तालिमप्राप्त व्यक्तिको सहयोगले मलद्वारबाट एनिमा सेटको मध्यमले पानी पठाइन्छ र आन्द्राको सफाइ गरिन्छ । महिनावारी भएको बेलामा पनि यो प्रयोग गर्न सकिन्छ । अरु बेला पनि कहिलेकाही“ पेट खराब भएको बेलामा गर्न सकिन्छ ।
योनिको वस्ती ९ख्बनष्लब म्ियगअजभ० ः सफा एनिमा पात्रमा स्वच्छ मनतातो पानी वा आवश्यकतानुरुप जडीबुटी वा औषधियुक्त पानी राखेर बस्ने ठाउ“भन्दा करिब दर्ुइ-तीन फिट माथि झुन्ड्याउने, पाइपको टुप्पोमा नोजल -धेरै प्वालयुक्त नोजल) जोड्ने र नोजलमा चिल्लो लगाउने । पाइपको हावा निकाल्नलाई थोरै पानी बाहिर छोड्ने र पाइप बन्द गर्ने । टुक्रुक्क बसेर खुट्टा फर्ट्टाई पाइपको नोजललाई बिस्तारै योनिभित्र छिराउने र पाइपबाट पानी छोड्ने । पानी बिस्तारै योनिभित्र पाठेघरसम्म गै तल खस्छ । त्यसपछि नोजल बाहिर निकाल्नर्ुपर्छ ।
सावधानी र लाभः महिनावारीको समयमा यो प्रक्रिया गर्नुहु“दैन । रक्तस्राव रोकिएपछि हप्तामा तीन-चार पटक गर्न सकिन्छ । यसले यौनरोग, पाठेघरका रोगहरु तथा यौना·का अन्य धेरै प्रकारका समस्याहरु हटाउन सहयोग गर्छ ।
षट्कर्मका अन्य विधिहरु
महिनावारीमा हुने दुखाइको लागि नौली -उभिएर दुवै खुट्टा फरक राखी, दुवै हात त्रि्रामा राखी, श्वास छोडेर पेट भित्र तान्दै, हत्केलाले खुट्टामा दवाब दि“दै पेटको मांसपेशी चलाउने विशेष विधि), कपालभाती -पद्मासन, वज्रासन, सुखासन आदिमध्ये कुनै एक आसनमा बसी आ“खा चिम्लने, पेटलाई भित्र तान्दै झड्का दिएर मुख बन्द गरी लयबद्धरुपमा एक सेकेन्डमा एकदेखि दुइ पटकसम्म नाकबाट श्वास बाहिर छोड्ने), अग्निसार क्रिया -उभिएर, दुवै खुट्टा थोरै खुम्च्याई, श्वास छोडेर पेट-छातीको हावा निकाल्दै, श्वास रोकी केही मात्रामा निहु“रेर पेटलाई तीव्र गतिमा भित्र-बाहिर गर्दै हल्लाउने विधि) ले पनि महिनावारीको समस्यामा लाभ प्रदान गर्छन् ।
सावधानी ः महिनावारीको बेला नगरी अरु बेलामा यी अभ्यासहरु गर्नुपर्छ ।
अन्य आसनहरु, सूक्ष्म तथा स्थूल व्यायामहरुको पनि अभ्यास गर्न सकिन्छ । यसरी नै तनाव तथा अन्य मनोविकारहरुका कारणले भएका समस्याहरु कम गर्न प्राणायाम, ध्यानहरु पनि गर्न सकिन्छ ।
आहार तथा जीवनशैली
हप्तामा एक-दर्ुइ दिन फलाहार, रसाहार एवम् उपवास गर्नुपर्छ । उत्तेजक, गरिष्ठ र अम्लीय खानाहरु जस्तै- अमिलो, पिरो, चिल्लो, चिया, कफी, चिसो पेय, माछा, मासु, अण्डा, गरम मसलाहरु आदि र मैदाका वस्तुहरु -प्रचलित फास्ट फूड) खानुहु“दैन । हरियो सागपात, रसिला फलफूल आदि प्राकृतिक र स्वस्थ खानपान गरेर पेट तथा शरीरका विभिन्न समस्याहरु वा विकारबाट मुक्त हुनर्ुपर्छ । यसरी नै योगको यम र नियमको अभ्यास गर्नुपर्छ । बिहान सबेरै उठ्ने, दिसापिसाबपछि षटर््कर्म, सूक्ष्म व्यायाम, आसन, प्राणायाम तथा ध्यान गर्ने, ठीक समयमा खाना खाने, सहज र मौसमअनुसारको लुगा लगाउने, अग्लो जुत्ता नलगाउने, तनावमुक्त भै कार्य गर्ने, न्रि्रा नबिथोल्ने जस्ता जीवनशैली सुधारका अभ्यासहरु गर्नुपर्छ ।
महिनावारीमा दुखाइ भैरहेमा बेला-बेलामा तातो एवम् चिसो पानीको सिजबाथ तथा हिपबाथको प्रयोग गर्नुपर्छ । अलि-अलि र कहिलेकाही“ दुख्दैमा डराइहाल्नुपर्दैन तर बढी दुखेमा निदानका लागि चिकित्सकलाई ज“चाउने, निदानका उपायहरु जस्तै- अल्ट्रासाउन्ड, रगतको जा“च, पिसाबको जा“च, भित्री स्राव तथा यौना·को जा“च गर्नुपर्ने हुन्छ, जसका लागि चिकित्सकको सल्लाह लिनर्ुपर्छ ।
साभार : साधना




No comments:
Post a Comment