एचआईभी नियन्त्रण गर्न अझै पहुँच वृद्धि गर्नुपर्ने

िकत हामीलाई अरु रोजगारी देऊ होइन भने यौन व्यवसाय गर्ने निश्चित ठाउँ तोक । हामीले कन्डम बोकेर हिँड्दा पनि प्रहरीले पक्रन्छ, विनापैसा यौनसर्म्पर्क गरेर शोषण गर्छ । हाम्रो आफ्नै सुरक्षा पनि नहुने, कन्डम बोक्न पनि नदिने भएपछि एड्स र्सर्ने खतरा त भइहाल्छ नि १’ काठमाडौंका केही यौनकर्मीहरुले साधना प्रतिनिधिसँग भने ।

आफ्ना कुराहरु राख्न एउटा संस्थाको संयोजनमा जम्मा भएका उनीहरुले भने- प्रहरीले रेड हानेर हामीलाई समाउँछ र भ्यानमा राखेर सहर घुमाउँदै पैसाको बार्गेनिङ गर्छ । पैसा पाए छोड्छ, नपाए चौकीमा लगेर फेरि बार्गेनिङ गर्छ । त्यहाँ पनि पैसा नपाए ५ हजार रुपियाँ धरौटी लिएर हामी र हाम्रा बच्चाहरुलाई भोकभोकै पारिदिन्छ । हामीलाई यसरी दुःख दिनु भएन, त्यसो भए मात्र हामी पनि अरुको स्वास्थ्यको ख्याल गर्न सक्छौं ।
सबै पुरुषहरु कन्डम लगाउन मान्दैनन्, बरु छोडेर हिँड्छन् । भारतमा भारु १० मा पाइने महिला कन्डमलाई यहाँ एनजीओले नै २ सय ५० लिइदिन्छन् । यो कन्डम सस्तोमा पाए आफ्नो पनि, ग्राहकको पनि सुरक्षा गर्न सकिन्थ्यो । एड्सलाई हामीले मात्र कहाँ रोक्न सकिन्छ र - अरुको पनि सहयोग हुनुपर्छ । हामीसँग यौनसर्म्पर्क गर्न आउनेहरुसमेतले हाम्रो बेइज्जत गर्ने, भेदभाव गर्ने भएकाले हामीले लुक्नुपर्ने बाध्यता छ । हामी असुरक्षित भएपछि अरुलाई एड्सको खतरा त हुन सक्छ’, ती महिला यौनकर्मीहरुले पालैपालो साधना प्रतिनिधिसँग भने । एचआईभी संक्रमणका दृष्टिले अति जोखिममा रहेका महिला यौनकर्मीहरुमा र उनीहरुबाट हुने एचआईभी संक्रमण रोक्ने कार्यमा सक्रिय कम्युनिटी एक्सन सेन्टर नेपालका अनुसार यौनकर्मी महिलाहरु लुकेर बस्ने र प्रहरीहरुले बेला-बेलामा पक्रेर कारबाही गर्ने हुँदा ठाउँ सरेर बस्ने भएकाले उनीहरुमा चेतना अभिवृद्धि गर्ने र अन्य स्वास्थ्य सेवा पुर्‍याउने कार्य कठिन भइरहेको छ ।
एचआईभी रोक्न व्यवस्थित यौन व्यवसाय
नेपाललगायत एसियाली देशहरुमा एचआईभी/एड्स संक्रमण हुनुको एउटा प्रमुख कारण यौन व्यवसाय भइरहेको छ । युवाहरुको ठूलो समूह बसाइँ सरेर काम गर्न जानु, कम आय, तीव्र सहरीकरण, आधुनिक जीवनशैलीको नक्कल, बेरोजगारी, अनियन्त्रित मूल्य वृद्धि आदि कारणले यस क्षेत्रमा देहव्यापार व्यवसायका रुपमा विकास भइरहेको छ र यस्तो यौनसम्बन्ध पर्ूण्ा सुरक्षित नभएकाले एचआईभी संक्रमणको प्रमुख कारण पनि बनिरहेको छ ।
यौन किन्ने या बेच्नेले आफू मात्र संक्रमित नभई आफ्ना पति वा पत्नी वा केटा वा केटी साथीलाई पनि संक्रमण गराउँछन् । धेरै मानिसलाई एचआईभी/एड्स तथा यौनरोगहरुबाट बच्न कन्डमको प्रयोग गर्नुपर्छ भन्ने जानकारी तथा ज्ञान छ तर मानिसको प्रवृत्तिमा परिवर्तन नआएकाले बुझेर पनि मानिसहरुले नबुझेजस्तो गरिरहेका छन् । कतिपय महिला यौनकर्मी नै कन्डम प्रयोग गर्न चाहँदैनन् भने उनीहरुका धेरै ग्राहकहरु कन्डम प्रयोग गर्न अस्वीकार गर्छन् । यस्तो यौनसर्म्पर्क गर्नेहरुमा भएको यौनरोग एचआईभी संक्रमणको अर्को कारण बनिरहेको छ । यौनरोगहरुको उपचार मात्र गरे पनि एचआईभी संक्रमण कम हुन सक्छ । कन्डमको पर््रवर्द्धन गरेर यौनरोगहरुको उपचारमा जोड दिएका कारण थाइल्यान्ड र भारतको तामिलनाडुमा एचआईभी संक्रमण नियन्त्रणमा ठूल्ाो सफलता मिलेको छ । यस किसिमको कार्यक्रमलाई नेपालजस्ता मुलुकले प्रभावकारीरुपमा सञ्चालन गर्न आवश्यक छ ।

उपचारमा भेदभाव कायमै
एचआईभी संक्रमण नियन्त्रणका लागि एचआईभी पोजिटिभ भइसकेकाहरुलाई संक्रमण हुन सक्ने गतिविधि गर्न नदिनु वा सुरक्षित गतिविधि मात्र गर्ने वातावरण बनाउनु आवश्यक हुन्छ । तर यौनकर्मी तथा संक्रमितहरुप्रति गरिने भेदभावपर्ूण्ा व्यवहारले यो जोखिमलाई अझ बढवा दिइरहेको छ ।
एचआईभी संक्रमितहरुको संस्थाको महासंघ ९ल्ब्एब्ल्० का महासचिव वसन्त क्षत्री संक्रमितहरुप्रति गरिने व्यवहारमा विगत दशकमा भन्दा परिवर्तन आएको महिला यौनकर्मी मात्र एचआईभी संक्रमणको कारण बनेका होइनन्, पुरुषहरु पनि यौन बेचिरहेका छन् । पुरुष यौनकर्मीहरु -समलिंगी) मा झन् छिटो एचआईभी संक्रमण हुन्छ । पुरुषसँग यौनसर्म्पर्क गर्नेहरुले महिलासँग पनि यौनसर्म्पर्क गर्ने भएकाले एचआईभी व्यापकरुपमा फैलिन्छ ।
नेपालमा यौन व्यवसायलाई अवैध र असामाजिक क्रियाकलापका रुपमा लिएकाले लुकिछिपी व्यापकरुपमा देह व्यापार भइरहेको र यही कारणले नेपालमा एचआईभी/एड्स नियन्त्रण गर्न ठूलो कठिनाइ भइरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. कृष्णकुमार र्राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- ँयौनकर्मीहरु नै अहिले एचआईभी संक्रमण नियन्त्रणका लागि ठूलो चुनौती बनिरहेका छन् ।’ निर्देशक र्राईका अनुसार नेपालमा हाल करिब ५० हजार यौनकर्मी छन् र त्यसमध्ये करिब ३ प्रतिशतमा एचआईभी संक्रमण भएको अनुमान छ । यस्ता एक जना यौनकर्मीले हप्तामा ४० जनासम्मलाई सेवा पुर्‍याउने भएकाले उनीहरुले धेरैलाई एचआईभी संक्रमण गराउन सक्छन् । एचआईभी संक्रमणमा उनीहरुले पुलको काम गरिरहेका छन् ।
यस्तै गरी भारतमा करिब ३ लाख नेपाली महिलाहरु यौनकर्मीका रुपमा कार्यरत रहेको र त्यसमध्ये ३३ प्रतिशतमा एचआईभी संक्रमण भएको पाइएको छ । उनीहरु बिरामी पर्न थालेपछि नेपालमा आउँछन् र एचआईभी संक्रमण गराउँछन् । नेपालबाट भारतमा करिब ३० लाख मानिस काम गर्न गएका छन् । नेपाली पुरुषहरु अधिकांश त नेपाली यौनकर्मीहरुकहाँ नै जाने गरेको पाइएको छ । संक्रमित महिलाबाट एचआईभी बोकेर उनीहरुले नेपालमा पत्नी वा केटी साथीलाई संक्रमण गराइरहेका छन् ।
नेपालमा यौनकर्मी महिलालाई प्रहरीले पक्रने, पैसा लिने, यौनशोषण गर्ने जस्ता समस्या भएकाले लुकेर देह व्यापार गर्छन् । कतिपय अवस्थामा कन्डम बोक्दासमेत पक्रेर कारबाही गर्ने गरेकाले उनीहरु कन्डम बोक्नसमेत डराउँछन् र विनाकन्डम नै यौनसर्म्पर्क गर्छन् । यसले गर्दा संक्रमण नियन्त्रण गर्न कठिन भइरहेको डा. र्राईको भनाइ छ । उनीहरुलाई व्यवस्थित तरिकाले राखेर थाइल्यान्डमा जस्तै नो कन्डम नो सेक्सको अभियान गर्न सके मात्र संक्रमण नियन्त्रणमा सफलता पाउन सकिने निर्देशक डा. र्राईको दाबी छ । अहिले नेपाली यौनकर्मीहरु वेभ बेस्ड भएर इमेल, एसएमएसबाट सर्म्पर्क गर्न थालेकाले पहिचान गर्न कठिन भइरहेको छ । जसले गर्दा एकातिर यौनकर्मीहरुले हिंसा र शोषण भोग्नुपरिरहेको छ भने अर्कोतिर एचआईभी तथा यौनरोगहरु नियन्त्रण गर्न कठिन भइरहेको छ । सेक्स गतिविधि कानुनले रोक्न सक्तैन । यो मानिसको जीनमै विशेष गुणका रुपमा आएकोले यौन व्यवसायलाई व्यवस्थित गर्नु नै उपयुक्त उपाय भएको डा. र्राईको भनाइ छ ।
शिशुमा एचआईभी नियन्त्रण १० प्रतिशत मात्र
संक्रमित महिलाहरुले आफ्नो यौनजोडीलाई मात्र नभएर गर्भको भ्रूण तथा स्तनपान गरिरहेको शिशुलाई समेत एचआईभी संक्रमण गराउने भएकाले एचआईभी संक्रमण नियन्त्रणका लागि देहव्यापार गर्ने महिलाहरुलाई व्यवस्थित गर्नुका साथै संक्रमित महिलाबाट शिशुमा एचआईभी संक्रमण हुन नदिन सरकारले प्रभावकारी काम गर्न आवश्यक छ । यसका लागि सरकारले हाल सञ्चालन गरिरहेका कार्यक्रम आवश्यकताका आधारमा ज्यादै कम भएको पाइएको छ ।
एचआईभी पोजिटिभ भएका महिलालाई एन्टिरेक्ट्रो भाइरल थेरापी ९ब्च्त्० समयमै दिन सकेमा आमाको स्वास्थ्यलाई मात्र लाभ पुग्ने नभई गर्भको तथा स्तनपान गरिरहेको शिशुलाई एचआईभी संक्रमण हुनबाट पनि जोगाउन सकिन्छ । गर्भवती आमा संक्रमित भए पनि गर्भको शिशुलाई औषधिबाट ९८ प्रतिशतसम्म बचाउन सकिन्छ । लामो समय निरन्तररुपमा एआरभी सेवन गरेका महिला गर्भवती भएमा उनीहरुबाट शिशुमा एचआईभी संक्रमण हुने सम्भावना निकै कम मात्र हुन्छ । तर नेपालमा हाल यो पक्ष निकै कमजोर रहेको देखिन्छ ।
नेपालमा वाषिर्क ७ देखि ९ लाख महिला गर्भवती हुने अनुमान छ । त्यसमध्ये १ हजार ८ सय आमालाई आमाबाट शिशुमा एचआईभी र्सनबाट रोक्ने (PMTCT) सेवाको आवश्यकता पर्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २००६ देखि २००९ सम्म एचआईभीको सबैभन्दा बढी पीडा महिलाहरुलाई नै पुरुष यौनकर्मीमा एचआईभीको संक्रमण अझ छिटो हुन्छ
कुल १ लाख २३ हजार ७ सय ५७ गर्भवती महिलाको एचआईभी परीक्षण गराइएको थियो । यस अवधिमा कुल २६२ महिलामा एचआईभी संक्रमण भएको पाइएको र यसमध्ये कुल १२४ महिलाले औषधि मात्र ९ल्भखष्चबउष्लभ० लिएका थिए । एचआईभी रोक्नका लागि सबै गर्भवतीको परीक्षण गर्न आवश्यक छ । गर्भवती जाँच हरेक अस्पतालमा गरिन्छ । सबै गर्भवती महिलाको गर्भपरीक्षण आवश्यक छ । यो परीक्षण गर्न आएकालाई शंका भएमा आवश्यकताअनुसार एचआईभी परीक्षण गर्नुपर्छ तर हाल तालिमप्राप्त जनशक्तिको अभावका कारण गर्भपरीक्षण गर्ने स्वास्थ्य संस्थामा आवश्यकताअनुसार यो सेवा उपलब्ध छैन, जसले गर्दा आमाबाट शिशुमा र्सर्ने एचआईभी नियन्त्रण कार्य प्रभावकारी हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले एचआईभीलाई एकीकृत कार्यक्रममा राखेको भए तापनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
यसै कारण अब गर्भवती परीक्षण सेवा ९ब्ल्ऋ० दिनेबाट नै एचआईभी परीक्षण सेवा दिन तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको निर्देशक डा. र्राई बताउनुहुन्छ ।
बालमृत्युदर घटाउन र एचआईभीे संक्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपालमा पीएमटीसीटी ९एःत्ऋत्० सेवा सन् २००५ बाट सुरु भएको हो । तर लक्ष्यअनुसार यो सेवाको विस्तार हुन सकेको छैन । हालसम्म यो सेवा मुलुकका १९ स्थानबाट मात्र उपलब्ध गराइएको छ । यो देशको आवश्यकताको १० प्रतिशतभन्दा पनि कम हो । यो सेवाको पहुँच सन् २०१५ सम्ममा ८० प्रतिशत पुर्‍याउने लक्ष्य छ तर यस किसिमको सुस्त विस्तारले सेवाको पहुँच वृद्धि हुन निकै कठिन पर्ने र यसले गर्दा नेपालमा एचआईभी संक्रमण नियन्त्रण कार्य फलामको च्यूरा चपाउनुसरह भइरहने देखिन्छ ।
एआरभी औषधिले आयु बढाउँछ
एचआईभी नियन्त्रण गर्न र संक्रमितहरुले गुणस्तरीय जीवन जिउन तथा उनीहरुको आयु लम्ब्याउनका लागि विभिन्न परीक्षणहरु अति आवश्यक छन् । यिनीहरुको पहुँच वृद्धिको आवश्यकता छ ।
एड्स विशेषज्ञ डा. सुशील शाक्यका अनुसार मानिसका शरीरमा भएको सिडिफोर सेलले संक्रमण गर्ने कीटाणुविरुद्ध लड्ने काममा महत्त्वपर्ूण्ा भूमिका खेल्छ र मानिसलाई रोगबाट बचाउनेे गर्छ । शरीरमा भाइरस -एचआईभी) संक्रमण भएपछि र्सवप्रथम सिडिफोर सेललाई मार्छ । सिडिफोर सेल नष्ट हँुदै गएपछि मानिसको प्रतिरक्षा प्रणालीको क्षमतामा कमी आउँछ । शरीरमा भाइरसको संख्या बढ्दै जाँदा सिडिफोरको संख्या घट्दै जान्छ । सिडिफोरको संख्या ५ सयभन्दा कम भएमा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यस अवस्थामा क्षयरोग, कमलपित्त, निमोनिया, झाडापखाला हुने, जनै खटिरा आउने, रक्तअल्पता हुने, छालासम्बन्धी समस्या, मुख तथा घाँटीमा सेतो लेप जम्ने जस्ता विभिन्न अवसरवादी रोगहरु पनि लाग्न सक्छन् । यस्ता अवसरवादी रोगहरु देखा परेमा स्वास्थ्यकर्मीको सल्लाह आवश्यक पर्छ ।
डा. शाक्यका अनुसार एचआईभी संक्रमित व्यक्तिको शरीरमा सिडिफोर घट्न थालेपछि एआरभी खुवाउनुपर्ने हुन सक्छ । यसका लागि मुख्य तीन वटा आधार छन् । एचआईभी संक्रमण भएपछि देखिने विभिन्न अवसरवादी रोगहरुको लक्षणका आधारमा एआरभी खुवाउन सुरु गरिन्छ । त्यस्तै सिडिफोर काउन्ट गरेर अवस्था हेरी एआरभी सुरु गरिन्छ । साथै भाइरल लोड परीक्षण गर्दा भाइरसको संख्या उच्च देखिएमा पनि एआरभी सुरु गरिन्छ । नेपालमा हाल एआरभीकोे प्रभाव हर्ेनका लागि मात्र भाइरल लोड परीक्षण गरिन्छ । औषधि खुवाउनका लागि रोगहरुको लक्षण र सिडिफोर काउन्ट गरिन्छ । औषधि सुरु गरेपछि ६-६ महिनामा सिडिफोर हर्ेर्नुपर्छ । औषधि खाएपछि भाइरसले सिडिफोर मार्न कम हुन्छ र सिडिफोर आफैं बढ्छ । पछि बिरामी लक्षणविहीन बन्दै जान्छ । यस्ता बिरामीको आयु लम्ब्याउन सकिन्छ ।
आमाले एआरभी खाएमा गर्भको बच्चालाई एचआईभी र्सर्ने सम्भावना ८० प्रतिशत कम हुन्छ । औषधि खाएमा र्सर्दै र्सर्दैन भन्नचाहिँ सकिन्न । त्यसकारण धेरै बच्चा जन्माउने कोशिश गर्नुहुन्न । आमाको दूधबाट र्सर्ने सम्भावना न्यून अर्थात् १० देखि १४ प्रतिशत हुन्छ ।
संक्रमितहरुलाई एआरभीले मात्र पुग्दैन, अरु अवसरवादी रोगको पनि उपचार गर्नुपर्छ र औषधि खाएको ३ देखि ६ महिनाचाहिँ राम्रो पोषणको आवश्यकता छ । त्यसपछि साधारण घरको खानाले नै हुन्छ । नेपालमा एआरभी खाएकाहरुको आयु १५/१६ वर्षवा सो भन्दा बढी भएको पाइएको छ । राम्रो हेरचाह तथा खानपान र अवसरवादी रोगहरुको उपचारले संक्रमितहरुको आयु अझ धेरै हुन सक्ने विकसित देशमा उदाहरण भएकोले उनीहरुको उपचार र खानपानमा ध्यान पुर्‍याउन जरुरी छ ।
गर्भवती आमा संक्रमित भए पनि गर्भको शिशुलाई औषधिबाट ९८ प्रतिशतसम्म बचाउन सकिन्छ । लामो समय निरन्तररुपमा एआरभी सेवन गरेका महिला गर्भवती भएमा उनीहरुबाट शिशुमा एचआईभी संक्रमण हुने सम्भावना निकै कम मात्र हुन्छ । तर नेपालमा हाल यो पक्ष निकै कमजोर रहेको देखिन्छ ।
लागि महासंघको बजेट सकिएको र सरकारको कार्यक्रममा पनि यससम्बन्धी कुनै कार्यक्रम नभएकाले एआरभीसम्बन्धी कार्यक्रम भविष्यमा अझ कमजोर हुने र एचआईभी संक्रमण नियन्त्रणमा कठिनाइ हुने क्षत्रीको दाबी छ ।
संक्रमितहरुको जीवन गुणस्तरीय बनाउन र आयु लम्ब्याउनका लागि दिइने एआरभी औषधिका लागि ग्लोबल फन्डले सन् २०१२ सम्मका लागि सहयोग गरिरहेको छ ।
एआरभी प्रतिमहिना प्रतिव्यक्ति करिब २ हजार ५ सय जति पर्छ । यो भारतमा उत्पादित औषधि हो तर युरोपमा उत्पादित औषधिलाई प्रतिव्यक्ति झन्डै ८ लाख जति पर्ने बताइएको छ । अहिले ग्लोबल फन्डले विश्वका झन्डै ५० लाख संक्रमितहरुलाई एआरभी खुवाइरहेको छ । त्यसमा करिब ४० लाखले भारतमा उत्पादित औषधि खान्छन् । अहिले युरोपले पेटेन्ट राइटको कुरा उठाएको छ । यसले यो औषधिको मूल्य वृद्धि गर्ने र औषधिको उपलब्धतामा कठिनाइ पर्ने भएकाले नेपाललगायत विभिन्न देशका संक्रमितहरुले यसको विरोध सुरु गरेका छन् ।
एचआईभी संक्रमित भएकाहरुले एआरभी सुरु गरेपछि यसले काम गर्‍यो/गरेन भन्ने हर्ेन भाइरल लोड परीक्षण गरिन्छ । यो परीक्षण मेसिन काठमाडौंको टेकुमा मात्र छ र महिनाको एक पटक ३५ जनाको मात्र परीक्षण गरिन्छ । यसले गर्दा मेचीदेखि महाकालीसम्मका बिरामीलाई काठमाडौं आउनुपर्दा कठिनाइ भइरहेको छ । भाइरल लोड परीक्षणका लागि कात्तिक महिनामा टेकुमा आएका बिरामीहरुमध्ये ३६ जनाको मात्र परीक्षण गरिएको थियो । त्यसमा धेरैजसो युवायुवती र बालबालिका थिए । विभिन्न संघसंस्थाको सहयोग तथा कोही आफ्नै खर्चले आएका थिए । त्यस दिन त्यहाँ आउनेमा धनगढी, पोखरा, बुटवल, चितवन, काभ्रे, धादिङ, नेपालगन्ज, पाल्पा, विराटनगर, वीरगन्ज, सिन्धुलीका थिए । राजधानीमा मात्र सेवा सीमित भएको र आएकाहरुमध्ये पनि सबैले सेवा नपाएकोमा उनीहरुको गुनासो थियो । साथै सेवा लिन आउन निकै कठिनाइ भएकाले भाइरल लोड परीक्षण काठमाडौंबाहिर पनि हुनुपर्ने र हाल मुलुकका १३ स्थानमा मात्र सीमित रहेको सिडिफोर काउन्ट सेवा अन्य क्षेत्रमा पनि विस्तार हुनुपर्ने उनीहरुको माग थियो ।
एचआईभी संक्रमण नियन्त्रणका लागि सञ्चालित विभिन्न कार्यक्रमहरुले यसको नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि धेरै महत्त्वपर्ूण्ा भूमिका निर्वाह गरिरहेको कुरामा सन्देह छैन । तर अहिले जुनरुपमा एचआईभी संक्रमण भइरहेको छ त्यसका लागि भने यी कार्यक्रम पर्याप्त नदेखिएकाले अझ बढी प्रभावकारी कार्यक्रम सञ्चालनको खाँचो देखिन्छ ।
भए तापनि अझै पनि संक्रमितहरुलाई खासगरी स्वास्थ्य उपचार गर्दा सरकारी ठूला अस्पतालहरुमै पनि भेदभाव गरिने भएकाले रोग लुकाउनुपर्ने स्थिति रहेको र यसले एचआईभी संक्रमण नियन्त्रणमा अवरोध पुर्‍याउने बताउनुहुन्छ ।
३० वषिर्या विवाहित एक संक्रमित महिला गतवर्षअस्वस्थ भई काठमाडौंकै एक सरकारी अस्पतालमा उपचार गर्न जाँदा पेटको अप्रेसन गनुपर्ने भन्दै एमआरआईलगायतका परीक्षण गर्न लगाइयो तर एचआईभी भएको थाहा भएपछि अहिले हतार छैन भनेर अप्रेसन गरिएन । पहिले नै भनेको भए परीक्षणका लागि १२-१५ हजार खर्च हुने थिएन । त्यसपछि बीएन्डबी अस्पतालमा गएकोमा त्यहाँ पनि अपे्रसन गर्न डेट दिइसकेकोमा एचआईभी छ भनेपछि अप्रेसन नगरिदिएको गुनासो बिरामी पक्षको छ । ँसंक्रमित नभनेको भए अप्रेसन हुन्थ्यो होला तर हामीले इमानदारिता देखाएबापत भेदभावको सजाय पायौं ।’ हालसम्म ती बिरामीको पेटको अप्रेसन हुन नसकेको र बराबर पेट दुख्ने समस्याले ग्रस्त भएको बताइएको छ ।
त्यस्तै अर्का एक युवा मोटरसाइकल दर्ुघटनामा परेपछि शिक्षण अस्पताल महाराजगन्जमा गए, हात भाँच्चिएकाले अप्रेसन गर्नुपर्ने भयो । तर एचआईभी संक्रमित भनेपछि त्यहाँ अप्रेसन नगरिदिएको उनको गुनासो छ । डाक्टर, नर्सलाई खतरा हुन्छ भनेर एचआईभी भएको जानकारी दिंदा उपचारै नहुने हो भने यसले बिरामीको धर्ैयता टुट्न सक्छ र रोग लुकाउने प्रवृत्ति भए संक्रमणको खतरा अझ बढ्छ ।
निःशुल्क स्वास्थ्य सेवाबाट वञ्चित
उपचारका लागि सरकारी स्वास्थ्य संस्थामा गरिने एचआईभीसम्बन्धी सम्पर्ूण्ा परीक्षणहरु निःशुल्क भएको सरकारले घोषणा गरे पनि सरकारी अस्पतालहरुले भेदभाव गरी शुल्क लिएर गरिब बिरामीहरुको शोषण गरिरहेको महासचिव क्षत्रीको गुनासो छ । करिब ६ हजार एचआईभी संक्रमितहरु सदस्य रहेको सो संस्थाका महासचिव क्षत्रीका अनुसार निःशुल्क भनिएका एचआईभी परीक्षण, सिडिफोर काउन्ट र भाइरल लोड परीक्षणका लागि काठमाडौमा १ सय रुपियाँदेखि १ सय ५० रुपियाँसम्म तिर्नुपरिरहेको र काठमाडौंबाहिर कतिपय जिल्लामा ३ सय रुपियाँदेखि ५ सय रुपियाँसम्म तिर्न बाध्य पारिएकोे छ । एड्स नियन्त्रण केन्द्रले यसबापतको रकम केन्द्रीय प्रयोगशालालाई शोधभर्ना दिइरहेको छ । यो रकमबाट बिरामीलाई सुविधा दिनुपर्नेमा कसैले खाइरहेको क्षत्रीको आरोप छ ।
यससम्बन्धमा केन्द्रका निर्देशक डा. र्राई एचआईभी परीक्षण, भाइरल लोड परीक्षण, सिडिफोर काउन्ट र एआरभी सेवालाई सरकारले आधारभूत सेवाअर्न्तर्गत राखेर निःशुल्क उपलब्ध गराइरहेको, त्यसका लागि केन्द्रले सम्बन्धित निकायलाई रकम शोधभर्ना दिइरहेको तर कहीँ-कतै रकम लिएको भए सूचना तथा संयोजनको कमीले भएको हुन सक्ने बताउनुहुन्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र केन्द्रीय प्रयोगशाला टेकुमा एउटै हाताभित्र रहेका छन् । यी सरकारी निकायले आपसमा संयोजन नगरी लापरबाही गरिदिंदा संक्रमित बिरामीहरु अनावश्यक रकम तिर्न बाध्य भइरहेका छन् र नागरिकले पाउने आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका छन् । साथै एचआईभी परीक्षणका लागि दाताबाट प्राप्त ठूलो रकम कसले हजम गरिरहेको छ, सम्बन्धित निकायले छानबिन गर्न आवश्यक छ ।
सेवाको कमजोर पहुँच
नेपालमा हाल ६५ हजार एचआईभी संक्रमित भएको अनुमान छ र करिब १६ हजार मात्र प्रमाणित भएका छन् । यसबाहेक पहिचान नभएका करिब ४९ हजार संक्रमितहरुले थाहा नपाई एचआईभी संक्रमण गरिरहेका छन् । त्यसमा सरकारी कार्यक्रम लक्षित देखिंदैन । उनीहरुलाई उपचार र संक्रमण नियन्त्रणका कार्यक्रमको पहुँचमा ल्याउन नसक्नु ठूलो कमजोरी देखिएको छ । हाल दैनिक औसत १३ जनालाई एचआईभी संक्रमण भएको प्रमाणित भइरहेको छ । स्व्ाास्थ्य संस्थामा परीक्षण गराउन नआएका र संक्रमण भएको प्रमाणित भएर पनि गोप्य राख्नेहरुको संख्या यो भन्दा अझै ठूलो हुन सक्छ । संक्रमित भएर औषधि
-एआरभी) खानुपर्ने अवस्थामा पुगेका करिब ४ हजार ५ सयले निःशुल्क एआरटी सेवा लिइरहेका छन् । पहिचान नभएका ४९ हजारमध्ये कतिलाई औषधिको आवश्यकता पर्छ, त्यो अनुमानमै सीमित छ ।
सरकारले हाल २५ वटा केन्द्र र १० वटा उपकेन्द्रहरुबाट एआरभी सेवा उपलब्ध गराइरहेको छ । यो सम्पर्ूण्ा आवश्यकताको २१ प्रतिशत मात्र हो । सन् २०१५ सम्ममा यो सेवाको पहुँच ८० प्रतिशत पुर्‍याउनुपर्नेमा हालको कार्यशैलीले लक्ष्य प्राप्तिमा निकै कठिनाइ पर्ने देखिन्छ । एआरटी सेवाको पहुँच आवश्यकताअनुरुप नहुँदा खासगरी पहाडी तथा दर्ुगम क्षेत्रका महिला र केटाकेटीलाई सेवा प्राप्त गर्न निकै कठिनाइ भइरहेको संक्रमितहरुका प्रतिनिधि वसन्त क्षत्री बताउनुहुन्छ । टाढादेखि औषधि लिन आउँदा अस्पतालमा स्व्ाास्थ्यकर्मीहरु नभेटिंदा बिरामीलाई कठिनाइ भइरहेको क्षत्रीको गुनासो छ । औषधि लिन आउन नसक्नेहरुका लागि महासंघअर्न्तर्गतका अरु संक्रमितहरुले घरमै औषधि पुर्‍याउने काम गरिरहेकोमा त्यसका
एचआईभी रोक्ने औषधि विकास हुदै
महिलाहरुमा एचआईभी संक्रमण रोक्ने औषधिको अनुसन्धान सफल हँुदै गइरहेको अनुसन्धानमा संलग्न विज्ञहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुले केही महिनाअघि भियनामा सम्पन्न एड्स सम्मेलन २०१० का सर्न्दर्भमा उक्त जानकारी गराएका हुन् । उनीहरुले हाल परीक्षण भइरहेको महिलाहरुको योनिमा राखिने जेल माइक्रोवाइसाइड जेल ९ःष्अचयदष्अष्मभ० को परिणाम राम्रो आएको कुरा केही महिनाअघि भियनामा सम्पन्न सम्मेलनमा जानकारी गराएपछि यो विषय निकै चर्चामा रहेको छ । चिकित्सकहरुले महिलालाई यौनसर्म्पर्क गर्नुभन्दा पहिले र पछि पनि यो जेल प्रयोग गर्न सुझाव दिएका छन् । यसो गरेमा एचआईभी संक्रमणबाट बच्न सकिने बताइएको छ ।
परीक्षणका क्रममा जसले यो जेल नियमित किसिमले प्रयोग गरे उनीहरुमा एचआईभीको संक्रमण ५४ प्रतिशतले घटेको पाइएको छ । यस अध्ययनमा दक्षिण अप्रिmकाका ९ सय महिलाहरु सहभागी थिए । अब यो जेल उत्पादकहरुले बजारमा ल्याउने तयारी गरिरहेका छन् । यससम्बन्धमा उनीहरुले अमेरिकी खाद्य तथा औषधि प्रशासन ९ँम्ब्० सँग कुरा गरिसकेको र उक्त संस्थाले सो सम्बन्धमा सुरक्षा र औषधिको प्रभावकारितासम्बन्धमा केही प्रश्नहरु मात्र राखेको बताएका छन् । अब केही समयपछि नै यसमा थप सुधार गरेर बजारमा ल्याउने तयारी भइरहेको बताइएको छ ।
साभार : साधना

No comments: