उद्योगी व्यवसायीको मेलाका रूपमा नेपाल उद्योग वाणिज्य महासंघको ४५औं वाषिर्क साधारणसभाले आगामी नेतृत्वको चयन गर्ने तयारी गरिरहेको छ। चुनावी मैदानमा महासंघमा विभिन्न क्षेत्रका व्यवसायीले आ-आफनै चुनावी मुद्दा लिएर उत्रेका छन्।
मंगलबार हुने निर्वाचनमा १ जना अध्यक्ष तथा ३ जना उपाध्यक्षका लागि चुनाव हु“दै छ। महासंघमा आकर्ष क्षेत्रको रूपमा मानिएको वस्तुगत संघतर्फा व्यवसायीहरूले आŠना समस्या तथा मुद्दालाई एकीकृत रूपमा अगाडि सारेका छन्। यो क्षेत्र समग्र औद्योगिक क्षेत्रको मूल आधार तथा बुद्धिको स्रोत पनि मानिन्छ। महासंघको मंगलबार हुने चुनावमा वस्तुगत संघको तर्फाट उपाध्यक्षमा उम्मेदवारी दिनुभएका प्रदीपजंग पाण्डे र १२ जना सदस्यहरूको आगामी लक्ष्य र ठोस कार्यदिशाको विषयमा उम्मेदवार सदस्यहरूस“ग नेपाल समाचारपत्रले कुराकानी गरेको सारसंक्षेप।
प्रदीपजंग पाण्डे
उपाध्यक्ष, उम्मेदवार
वस्तुगत क्षेत्र समग्र आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा हामीले लिएका छौं। उत्पादन, सेवा, निर्यातलगायतका उद्योगी व्यवसायीको प्रत्यक्ष संलग्नतामा यो समूहमा हुने गरेको छ। राष्ट्रका लागि अत्यावश्यक चीज यो समूहले नै पर्ूर्ति गर्ने हु“दा यस क्षेत्रका समस्याको दिगो समाधान गर्ने मुख्य एजेन्डा रहेको छ। उद्योगी व्यवसायीको सम्भावना, अवसर र आत्मनिर्भरता बढाउन पनि वस्तुगत क्षेत्रको उल्लेख्य भूमिका रहन्छ।
लगानीलाई प्रभावित बनाउने चर्को बैंक ब्याजदर, बढ्दो लोडसेडिङ, श्रम समस्या र औद्योगिक असुरक्षा तत्कालका ज्वलन्त समस्या हुन्। यसलाई सम्बोधन मात्र होइन, समाधानका लागि ठोस कार्ययोजनाका साथमा वस्तुगत समूह चुनावी मैदानमा उत्रेको हो। वस्तुगत संघलाई महासंघको समग्र बुद्धिको स्रोतको रूपमा विकास गर्ने र लागू गर्ने विषयमा सरकारलाई दबाब दिने यो समूहको योजना छ।
वस्तुगत उत्पादन एवम् सेवा विस्तार तथा उत्पादकत्वमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्यातलाई प्राथमिकता दिइनेछ। यसका अलवा छुट्टै वस्तुगत वस्तुगतको निर्माण गरी राष्ट्रले गर्ने नीतिनिर्माण योजना र कार्यक्रममा परिषद्को भूमिका बढाइनेछ।
उद्योगी र मजदुरबीचको पछिल्लो सम्झौताले औद्योगिक क्षेत्रका लागि नया“ ऊर्जा दिएको छ। यसलाई दिगो बनाउन जरुरी छ। औद्योगिक सुरक्षाबल कागजमा सीमित भएकाले व्यवहारमा लागू गर्नुपर्ने बाध्यता छ। यस विषयमा सरकारलाई दबाब दिइनेछ। सरकारले घोषणा गरेको साढे चारवर्षो ऊर्जा संकटकालमा आयोजना निर्माण गर्न महासंघको तर्फाट विशेष पहल हुनेछ।
दिनेश श्रेष्ठ
सदस्य, उम्मेदवार
उत्पादनमूलक उद्योगको विस्तार गर्नमा ऊर्जा, श्रमलगायतका समस्या समाधान गर्न पहल गरी सरकारलाई पनि दबाब दिइनेछ। यसले आयात प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्न सक्नेछ। साथै कृषि क्षेत्रको विस्तार गरी उद्योग व्यवसायमा लगानीलाई प्राथमिकता दिन प्रयास गरिनेछ।
सामूहिक रूपमा वस्तुगत सदस्यका लागि छुट्टै कार्यालय भवनको अवधारणालाई कार्यान्वयन गरिनेछ। यसले सदस्यको सूचना संकलन, उद्योगी व्यवसायीको पछिल्लो तथ्यांक पुनरावलोकन गरी लगानीको सम्भावना र अवसर पहिल्याउन पहल गर्नेछ।
शैलेन्द्रलाल प्रधान
सदस्य, उम्मेदवार
महासंघमा अहिलेसम्म वस्तुगत क्षेत्रको विकास हर्ेर्ने शाखा छैन। यो खडा गर्न जरुरी छ। महासंघमा यसलाई छुट्टै स्थानका रूपमा निर्माण गरिनेछ। जसबाट उद्योगी व्यवसायीको समस्या र मर्काको पहिचान गरी सो शाखामार्फ समाधान गरिनेछ। साथै यो शाखाले उद्योगको विकासका लागि समन्वयकारी भूमिका समेत निर्वाह गर्नेछ। सम्पूर्ण् समस्याको एकै स्थानबाट समाधान खोज्ने जरुरी छ। यसमा यो समूहले सरकारलाई दबाब दिनेछ।
नवराज शर्मा तिमिल्सिना
सदस्य, उम्मेदवार
तोकिएको समयमा उद्योग क्षेत्रका समस्या पहिचान गरी समाधान गर्न सरकारसमक्ष लगी समाधान खोजिनेछ। अल्पकालीन, मध्यकालीन र दर्ीघकालीन रूपमा समस्याको समाधान खोज्न प्रयास गरिनेछ। यसका साथै एकद्वार नीतिको कार्यान्वयन उद्योगी व्यवसायीको अनुभव आदान-प्रदान र तालिमको अवसरबाट वञ्चित उद्योगीलाई अवसर प्रदान गरिनेछ।
निर्मलराज पौडेल
सदस्य, उम्मेदवार
विज्ञापन क्षेत्र तथा उद्योगलाई सरकारले उद्योगको रूपमा मान्यता दिएको छैन। महासंघमार्फ नीति नियम बनाएर यो क्षेत्रलाई उद्योगको रूपमा स्थापित गरिनेछ। साथै नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्र र स्वतन्त्र सञ्चारको अवधारणालाई नया“ गति दिने दिशामा ठोस पहल गरिनेछ।
विप्लवमान सिंह
सदस्य, उम्मेदवार
नेपालमा गुणस्तरीय सŠटवेयरको माध्यमबाट उद्योगी व्यवसायी एवम् लगानीकर्तालाई महासंघको सञ्जालभित्र आबद्ध गरिनेछ। आईएसओ गुणस्तर प्रमाणपत्रलाई र्ँइ’ प्रमाणपत्रको रूपमा विकास गर्न पहल गर्नेछु। कम्प्युटर प्रविधिको यथोचित विकासले राष्ट्रिय आयस्रोतलाई टेवा दिनेछ र महासंघको आगामी निर्वाचन प्रणाली र्ँइ’ भोटिङद्वारा अगाडि बढाउने नमुनाकार्यको पहल गर्नेछु।
अशोक शर्मा
सदस्य, उम्मेदवार
चलचित्र क्षेत्रलाई सरकारले आजसम्म उत्पादनमूलक उद्योग मानेको छैन। नीति-नियम बनाए पनि कार्यान्वयन भएको छैन। यसलाई उत्पादनमूलक उद्योगको रूपमा औद्योगिक मान्यता प्रदान गर्ने प्रयास रहन्छ। यो क्षेत्रको २५औं अर्ब रुपिया“को लगानीलाई उत्पादनशील बनाउन जरुरी छ
चम्पालाल राठी
सदस्य, उम्मेदवार
सरकारले जुट उत्पादनलाई प्राथमिकता दिएको छैन। विश्वमा जुट उत्पादन हुने नेपाल उत्कृष्ट देशमा गनिन्छ। सरकारी तवरबाट यस उद्योलाई विशेष सहुलियत दिएर उत्पादन वृद्धि गर्न प्रयास गर्नेछु। साथै सरकारको उदासीनतालाई दबाब दिइनेछ।
नन्दकिशोर मुन्दडा
सदस्य, उम्मेदवार
महासंघले विगत १७ वर्षो इतिहासमा नेपालको शेयर बजारलाई प्राथमिकता दिएको छैन। महासंघमा यसलाई प्राथमिकताका साथ विकास गर्न पहल गर्नेछु।
कुमारदास रञ्जित
सदस्य, उम्मेदवार
महासंघमा प्राप्त सबै प्रकारका सहयोग सुविधा प्रविधि ज्ञान र सीपलाई वस्तुगत संघहरूमार्फ उद्योगी व्यवसायीसम्म पुर्याई समयसापेक्ष परिमार्जन गर्नेछु। औद्योगिक क्षेत्रको मुख्य समस्या
लोडसेडिङ हो। यसको दिगो समाधान गर्न सरकारस“ग सहकार्य गरी प्रभावकारी कार्ययोजना ल्याउन सहयोग गर्नेछु।
साभार : समाचारपत्र

No comments:
Post a Comment