अमेरिकाको स्वतन्त्रता दिवसका दिन छोरी जन्माउने चाहना

लस एन्जलस/ लस एन्जलस ग्यालेक्सीका स्टार डेबिड बेकह्याम तथा उनकी पत्नी भिक्टोरियाले आप\mना परिवारले चार वर्ष अमेरिकामा बिताएको हुँदा त्यो मुलुकको सम्मानका लागि अमेरिकाको स्वतन्त्रता दिवसका दिन चौथो सन्तानलाई जन्म दिने योजना बनाएका छन् ।


चौथो सन्तानका रूपमा जन्मिन लागेकी छोरीको नाम एट्लान्टा राख्ने निर्णय गरिसकेका बेकह्याम दम्पतीले अमेरिकाबाट बि्रटेन आएर छोरी जन्माउनेसमेत निर्णय गरेको थियो । साथै ४ जुलाईमा छोरीको जन्मका लागि भिक्टोरियाले लन्डनस्थित पोर्टल्यान्ड अस्पतालको सी सेक्सनसमेत बुक गरिसकेको बि्रटिस पत्रिका सनले जनाएको छ । तर, अमेरिकाबाट बि्रटेन आउँदा लामो हवाई यात्रा गर्नुपर्ने कारणबाट अब भिक्टोरियाले लस एन्जलसमै छोरी जन्माउने निर्णय गरेको पनि सो पत्रिकाले छापेको छ । त्यसका लागि आप\mना तथा डेबिडका परिवारको बसोवासका लागि उनीहरू लस एन्जलसस्थित आप\mनै घरनजिक अर्को घरसमेत भाडामा लिएका छन् ।

'अमेरिकामा बेकह्याम परिवारको ठूलै जमघट हुनेछ । अब भिक्टोरिया सुत्केरी हुने मिति परिवर्तन हुँदैन तथा उनले एलए क्लिनिकमा छोरीलाई जन्म दिनेछिन्,' ती दम्पतीका नजिकका मित्रले जानकारी दिए, 'भिक्टोरिया र डेबिड अमेरिकालाई माया गर्छन्, त्यहाँको संस्कृति र मानिस उनीहरूलाई मन पर्छ ।'

'सबैभन्दा महत्त्वपूर्ण कुरा त आमा र बच्चाको स्वास्थ्य नै हो, त्यसैले गर्दा हरेक योजना मिनेटभित्रै परिवर्तन हुन सक्छ । अमेरिकाको स्वतन्त्रता दिवसका दिन छोरी जन्माउन सके उनीहरू आनन्दित हुनेछन् ।'

भिक्टोरिया तथा इंग्ल्यान्डका पूर्वकप्तान ३६ वषर्ीय बेकह्यामले आप\mनी छोरीको अनेकौँ नाम सोचे पनि उनीहरूले नजिकका मित्रलाई एट्लान्टा सबैभन्दा मन परेको बताएका छन् ।





प्रेमीको मृत्युलाई शक्तिमा बदल्ने रजानोको अठोट

पेरिस/ प|mान्सेली महिला टेनिस खेलाडी भर्जिनी रजानोले प्रेमीको निधनका बाबजुद आगामी प|mेन्च ओपनमा खेल्ने निर्णय गरेकी छिन् । गत मार्चसम्म उनका प्रशिक्षकसमेत रहेका उनका प्रेमी स्टेफन भिडालको ३२ वर्षको उमेरमा गत सोमबार निधन भएको थियो । नौ वर्षअघि भिडाललाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । आफू अस्वस्थ भए पनि उनले २८ वषर्ीया रजानोलाई खेल्न प्रेरित गरिरहन्थे भने उनको अन्तिम चाहनासमेत रजानोले प|mेन्च ओपनमा खेलोस् भन्ने थियो । ती दुईले बिहे गर्नेसमेत निधो गरिसकेका थिए ।

'चार-पाँच दिनअघि मैले उनलाई प|mेन्च ओपनमा खेलूँ कि नखेलूँ भनेर सोधेकी थिएँ,' रजानोले भनिन्, 'उनले मलाई खेल्नुपर्छ भन्ने सल्लाह दिएका थिए । उनको मुख्य चाहना मेरो जीवन नरोकियोस् भन्ने थियो । अब म उनका लागि खेल्छु तथा कडा संघर्ष गर्छु ।' प|mेन्च ओपन आइतबारदेखि सुरु हुनेछ ।

रजानोले २००९ मा महिला विश्व बरियतामा जीवनको सबैभन्दा उचाइ छुँदै १६ स्थानमा हासिल गरेकी थिइन् भने त्यही वर्ष उनी प|mेन्च ओपन र विम्बल्डनको चौथो चरणसम्म पुगेकी थिइन् । उनले जीवनमा मात्र दुईपटक डब्लुटिए उपाधि जितेकी छिन्, त्यो पनि २००७ मा ।

उनले २००७ को जापान ओपनको फाइनलमा भेनस विलियम्सलाई हराएकी थिइन् ।

अहिले विश्व बरियताक्रमको ९३औँ स्थानमा रहेकी रजानोले ११ वर्षअघि आप\mनै परिवारको टेनिस क्लबमा भिडाललाई पहिलोपटक भेटेकी थिइन् । पहिलो भेटलगत्तै उनीहरूको डेटिङ सुरु भएको थियो । 'भिडाल मेरा अभिभावकजस्तै थिए,' रजानोले भनिन्, 'हामीले धेरै राम्रो समय एकसाथ बितायौँ ।'

उनीहरूको पहिलो भेट भएको दुई वर्षपछि भिडाललाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो तथा त्यसपछि उनको शल्यक्रियासमेत गरियो, तर त्यसपछि उनको शरीरको एउटा भाग नचल्ने भएको थियो । 'उनको जीवन कठिन बनेको थियो किनभने उनले फेरि एकपटक कसरी हिँड्ने भनेर सिक्नुपरेको थियो भने उनले फेरि लेख्न पनि सिके, तर उनलाई राम्रो भने भएन,' रजानोले भनिन् ।

गत मार्चमा शरीरले साथ छाडेपछि भने भिडालले रजानोलाई प्रशिक्षण दिन छाडेका थिए । 'उनले मलाई आप\mनो अवस्थाका बारेमा राम्रोसँग कहिल्यै बताएनन् किनभने उनी मसँग कुरा लुकाउन चाहन्थे,' रजानोले भनिन्, 'उनी सधैँ मैले खेलेका मात्र हेर्न चाहन्थे । उनलाई अब आफू मर्दै छु भन्ने थाहा थियो । अब उनकै लागि म थप लगावसहित खेल्नेछु ।'
सभार : नयाँ पत्रीका

No comments: