बनेपा, जेठ १७- अरनिको राजमार्गको भैसेपाटीमा एउटा ट्रकले आज बिहान एक यात्रुलाई ठक्कर दिँदा मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रक जलाइ राजमार्ग अवरुद्ध गरेका छन्।
बा २ ख ९७६९ नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रे नासिका साङ्गा गाविस वडा नम्बर १ निवासी ५५ वर्षीय भीमबहादुर मधिकर्मीको घटनास्थल मै मृत्यु भएको थियो। उनी विकटेश्वर मन्दिर दर्शन गरेर फर्कँदै थिए।
दुर्घटनापछि चालक फरार छन्। अरनिको राजमार्गमा पैदल यात्रु हिँड्ने ठाउँ नभएकव भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्। राजमार्ग अवरुद्ध भएपछि बनेपाबाट नाला हुँदै भक्तपुरतर्फ गाडी चलिरहेका छन्।
साभार : नागरिक न्युज
No comments:
Post a Comment