लागुपदार्थ सेवन गर्ने बेहुला विवाहमण्डपबाटै पक्राउ


सुनसरी, १४ जेठलागुऔषध सेवन गरेका बेहुलाले विवाहमण्डपमै बेहुली र उनका परिवारलाई अपशब्द प्रयोग गरेपछि बेहुली पक्षकाले पक्राउ गर्न लगाए
लागुपदार्थ सेवन गरी दुलही लिन जाने बेहुला विवाहमण्डपबाटै पक्राउ परेका छन् । मोरङको बेलबारी-४ लालभित्तीबाट बेहुली लिन आएका कृष्णप्रसाद ओझा शनिबार सुनसरीको इटहरीस्थित सत्संघ भवनमा आयोजित विवाहमण्डपबाटै समातिएका हुन् ।
इटहरी-५ का अर्जुन पोखरेलले २५ वषर्ीया छोरी सकुन्तलाको विवाहका लागि शनिबार सत्संघ भवनमा आफन्तलाई बोलाएर भव्य भोज आयोजना गरेका थिए । विवाहमा बेहुली पक्षका सयाँै आफन्त उपस्थित थिए । उनीहरू बिहानैदेखि जन्तीको प्रतीक्षामा थिए । बेहुला पक्ष पनि बिहान ८ बजेतिर बस र कार रिजर्भ गरेर विवाहमण्डप पुगे । तर, बेहुला ३२ वषर्ीय ओझा विवाहमण्डपमा पुगेपछि खुसीको
वातावरण खल्बलियो । मण्डपमा बस्नासाथ ओझाले बेहुली पक्षलाई अपशब्द प्रयोग गर्दै गाली गर्न सुरु गरेका थिए । 'विवाहमण्डपमा बेहुलालाई राखेर स्वयम्बर गर्ने तयारी हँुदै थियो, बेहुलाले बेहुली र उनका परिवारविरुद्ध गाली गर्न थाले,' विवाहमा सहभागी पोखरेलका एक आफन्तले भने, 'त्यसपछि त फिल्ममा जस्तो नाटक सुरु भयो ।' बेहुला ओझाले बेहुली पक्षकालाई मनपरी गाली गर्न सुरु गरेपछि जन्तीको भागाभाग भएको ती सहभागीले बताए ।
विवाहमण्डपमा भागाभाग मच्चिएपछि बेहुली पक्षले स्थिति साम्य पार्न प्रहरीलाई गुहार्नुपरेको थियो । बेहुला ओझाविरुद्ध अपशब्द प्रयोग गर्दै गाली गर्न सुरु गरेपछि प्रहरीमा खबर गर्नुपरेको बेहुलीका बुबा अर्जुन पोखरेलले बताए । 'उनी दुव्र्यसनी छन् भन्ने हामीलाई केही थाहा थिएन,' उनले भने, 'जब यस्तो व्यवहार देखाए, त्यसपछि दुव्र्यसनी भएको पत्ता लाग्यो ।' बेहुली पक्षले प्रहरीमा उजुरी गरेपछि बेहुला ओझालाई इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा गएको टोलीले मण्डपबाटै पक्राउ गरेका थिए ।
लागुपदार्थ प्रयोग गरेर नराम्रो व्यवहार गरेको भन्दै दुलही पक्ष आक्रोशित भएपछि मन्दिरपरिसर केही समय तनाबग्रस्त बनेको थियो । तनाब साम्य पार्न प्रहरी टोलीलाई समेत हम्मे परेको थियो । दुलाहा ओझालाई प्रहरीले त्यस क्षेत्रबाट प्रहरी कार्यालयतर्फ लगेपछि तनाबग्रस्त स्थिति सामान्य भएको थियो । प्रहरी निरीक्षक श्रेष्ठले बेहुला ओझा लागुपदार्थ दुव्र्यसनी नै भएको बताए । 'बेहुला भएकै अवस्थामा पाँचपटकसम्म शौचालय गई नशालु पदार्थ सेवन गरेको बेहुली पक्षको उजुरीका आधारमा ओझालाई पक्राउ गरेका हौँ,' उनले भने, 'तर पछि दुव्र्यसनी नै भएको प्रमाणित भयो ।
दुवै पक्षको सहमतिमा विवाह रद्द गर्ने निर्णय भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार, विवाहका लागि फूलमालादेखि भएको २ लाख ५० हजार खर्च बेहुला पक्षले क्षतिपूर्तिबापत् तिर्ने सहमति भएको उनले बताए । बेहुलाले क्षतिपूर्ति बेहुलीपक्षलाई तिरेपछि मात्र पक्राउ परेका ओझालाई छाडिने उनले बताए । श्रेष्ठका अनुसार ३२ वषर्ीय बेहुला काठमाडौं बस्दै आएको र एक फाइनान्समा काम गर्दै आएको जानकारी बेहुलापक्षले दिइएको छ ।
बेहुलाले लागुपदार्थ प्रयोग गरेर नराम्रो व्यवहार गरेका कारण आफूले छोरी नदिने निर्णय गरेको बेहुलीका बुबा अर्जुन पोखरेलले बताए । 'त्यस्तो मान्छेलाई झन्डै छोरी दिएछु, उनी भासिने खडाल उनैले खने मलाई अब भन्नु केही छैन,' उनले भने । बेहुली भने सम्पर्कमा आउन चाहिनन् । यता बेहुला ओझा भने आफूले आप\mनो कुल नपुजेका कारण बिरामी भएको र यसैलाई लागुऔषध प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी गरी पक्राउ गराएको बताएका छन् ।
साभार : नया पत्रिका

No comments: