पूर्व ब्वाइफ्रेन्डको उपहार

मुम्बई (एजेन्सी), जेष्ठ ५ - सैफ अलि खान पाउन साहिद कपुरलाई छोडेको भए पनि नायिका करिना कपुरले पूर्व ब्वाईफ्रेन्डले सिकाएको जीवनशैली छोड्न सकेकी छैनन् । चटक्कै छोडलन् जस्तो पनि छैन । साहिदका लागि शाकाहारी बनेकी उनले कुखराको मासुको विज्ञापनमा देखिन ठूलो रकमका साथ राखिएको प्रस्ताव अस्वीकार गरेकी छन् ।

कुखुराको मासु प्रचार गर्न व्यवसायीले 'जब वी मेट' स्टारलाई ६ करोड भारु प्रस्ताव गरेका थिए । तर, करिनाले सीधै मांसाहारी खाना परिकारको प्रमोट गर्न अस्वीकार गरेर त्यति धेरै रकमलाई लात मारेकी छन् । शाकाहारी जीवनशैलीमा यति धेरै समर्पित भएरै होला उनलाई जनावर अधिकारका लागि लड्ने संस्था पेटाले 'विश्वको सबैभन्दा सेक्सी शाकाहारी' घोषणा गरिसकेको छ ।


मासुको ब्रान्ड प्रमोसन गर्न त्यति धेरै रकम लत्याएकी करिना सुरुमा मांसहारी नै थिइन् । तर, मासुबाट टाढै बस्ने साहिदसँग डेटिङ सुरु गरेपछि उनी शाकाहारी भएकी थिइन् । एक अन्तर्वार्तामा साहिदले आफूहरू सम्बन्धमा रहेको पहिला दुई वर्षसम्म मांसाहारी नै रहेको बताएका थिए ।

अचानक शाकाहारी बनेर साहिदलाई अचम्म पारेकी करिनाले खुलेरै शाकाहारी जीवनशैलीको कुरा गर्छिन् । 'यदि मेरा फ्यानले मेरो जीवनशैलीबाट प्रभावित भएर शाकाहारी बनेका छन् भने म धेरै खुसी छु,' उनले केही समयअघि एक अन्तर्वार्तामा भनेकी थिइन् । आफू शुद्ध शाकाहारी रहेको र त्यसले गर्दा आफू स्वस्थ र फिट रहेको समेत उनले दाबी गरेकी थिइन् ।

'साइज जिरो'को ट्रेन्ड बलिउडमा भित्र्याएकी करिनाको शाकाहारी जीवनशैलीबाट प्रभावित हुनेमा फ्यान मात्र छैनन् । 'कुर्बान' मा सँगै काम गर्दा नायक विवेक ओबरोय पनि नायिकालाई देखेर शाकाहारी बनेका थिए । विवेक छिट्टै प्रभावित भएको भए पनि आफ्नै ब्वाइफ्रेन्ड सैफलाई भने उनले पूरै प्रभाव पार्न सकेकी छैनन् । आफू कहिल्यै पूरै शाकाहारी बन्न नसक्ने नायकले कुखुरा र खसीको मासु भने गर्लफ्रेन्डको अनुरोधमा छाडेको स्रोतले बतायो ।
साभार - इ. कान्तिपुर

No comments: