धुन्चे(रसुवा)/कात्तिक २७- पासाङ ल्हामु मार्ग मर्मत प्रयोग भइआएको कालिका कन्ट्रक्सनको एक ट्रिपर आज बिहान दुर्घटना हुँदा त्यसका चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घाइते हुने हेटौँडा निवासी अन्दाजी २३ वर्षीय नवराज लामा हुन्। उनको अवस्था गम्भीर रहेकाले काठमाडौँ लगिएको छ।
आज बिहान धुन्चे गाविसको वडा नं. ४ भीमली इलाकामा ना.१क २५६४ नम्बरको ट्रिपर सडकबाट १५० मिटर तल खसी दुर्घटना भएको र ट्रिपर घटनास्थलमा क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। रासस
No comments:
Post a Comment