- बंगलादेशमा दाइजो लिनु कानुनी रुपमा अपराध
यसमिनले भनेकी छिन्-म जान्दछु कि म एक्लैले यस्तो फैसला लिएर हजारौं महिलाहरुको जिन्दगी शायद बदलिँदैन । तर, कम्तिमा म आफ्नो लागि यो निर्णय लिएर उनीहरुलाई साहस दिनसक्छु । यसमीनले आफ्नो श्रीमानले दाइजो मागेर गरेको अन्यायविरुद्ध आफूले आवाज उठाएको मानवअधिकार संगठन आस्क राइट्स ग्रुपसाग आवद्ध सुल्ताना कमालले बताएकी छिन् ।
उनले बीबीसीसाग भनेकी छिन्-यसमीनले दाइजो जस्तो कुरितीविरुद्ध आवाज उठाएर हिम्मत देखाएकी छिन् । यसले यो प्रमाणित गरेको छ दाहिजो प्राथा महिला र परिवारका लागि कति पिडादायक छ भनेर । यसमीनको निर्णयपछि बंगलादेशमा सामाजिक सञ्जाल फेसबुट तथा ट्वीटरमा उनको समर्थन र विरोधमा क्रम ति्रब भएको छ । केही कट्टरपन्थी समूहले यसमीनको विरोध गरेका छन् । बंगलादेशमा दाइजो लिनु कानुनी रुपमा अपराध मानिन्छ तर, समाजमा अहिले पनि बिवाहमा जाइजो लिने प्रथा कायमै छ ।:अनलाइन खबर
No comments:
Post a Comment