खोजी मिस एयर होस्टेसको

काठमाडौ/कार्तिक ३० - 
एयर होस्टेसमा करिअर बनाउन चाहने युवतीमाझ मिस एयर होस्टेस-२०११ घोषणा गरिएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । सिजन मिडियाले फ्लाइटेक इन्टरनेसनलको सहकार्यमा गर्न लागेको प्रतियोगितामा एयर होस्टेसका लागि तालिम लिइरहेका १८ वर्ष उमेरदेखि २५ वर्षसम्मका युवतीले भाग लिन पाउने जनाइएको छ । 

आगामी पुस १० गते राजधानीमा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि राजधानीका २२ र बाहिरबाट २ जना गरी २४ सहभागी छनोट गरिने सिजन मिडियाका प्रदीपराज वन्तले बताए । गत वर्षको प्रतियोगितामा मनीषा गुरुङ विजयी बनेकी थिइन् ।:-ई-कान्तिपुर

No comments: