काठमाडौं/कात्तिक 22-केही हप्तादेखि उतारचढाब रहेको सुनको भाउले मंगलबार नयाँ रेकर्ड कायम राखेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार सुनको भाउ तोलाको ५४ हजार सातसय रुपैयाँ पुगेको छ ।
सोमबार सुनको मूल्य तोलाको ५३ हजार सात रुपैयाँमा किनबेच भएको थियो । एकै दिन सुन तोलामा १ हजार रुपैंयाले बढेको हो । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताको डलरप्रतिको विश्वास घट्दै जानु, अन्तराष्ट्रिय सेयर बजारमा गिरावट तथा गि्रसको ऋण संकट लगायतका कारण सुनप्रति लगानीकर्ता आकषिर्त हुँदा भाउ बढेको हो’ सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
मंगलबार चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलाको ११ सय १० रुपैयामा कारोबार भैरहेको छ । भाउ बढ्दा कारोबार घटेको व्यापारीहरुले बताएका छन् ।स्रोत:अनलाइन खबर
No comments:
Post a Comment