सार्बजनिक यातायातको भाडा बढ्यो

काठमाडौं/कात्तिक १६,सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले पर्सी शुक्रबारदेखि ९ दशमलब ९ प्रतिशत बढी भाडा तिर्नुपर्नेछ। यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण भाडा बढाउनुपरेको हो।
      'भोलिदेखि लागु हुने गरी भाडा बढाउने निर्णय भएको छ,' विभागका महानिर्देशक कपिल डंगोलले नागरिकन्यूजसँग भने। पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा समेत भाडा नबढाइएको भन्दै यातायात व्यवसायीले भाडा बढाउन दबाब दिँदै आएका थिए।-विज्ञान अधिकारी

No comments: