नारायणगढबाट पोखरा जाँदै गरेको बस दुर्घटना, सात जना घाइते

चितवन (रत्‍ननगर), कात्तिक १२- चितवन–नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गतको चण्डीभञ्ज्याङ–६ किलोमा शनिबार भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन्। नारायणगढबाट पोखरा जाँदै गरेको ना ३ ख २६९५ नम्बरको बस सडकछेउको पहरामा ठक्कर खाँदा सो दुर्घटना भएको हो। 
           घाइतेको मुग्लिङको मेडिकलमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। 
- रासस 

No comments: