पुल पल्टिँदा दुईको मृत्यु



भुम्लिचोक -गोरखा, कार्तिक ५ -
         गोरखाको भुम्लिचोक र चितवनको फिस्लिङ जोड्ने झोलुंगे पुलको लट्ठा चुँडिँदा शनिबार दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् भने बेपत्ता भएकाको संख्या एकिन हुन सकेको छैन ।

मृत्यु हुनेमा दर्बुङ १ का मानबहादुर आले र भारतको चेन्नईस्थित मार गि्रस कलेजका विद्यार्थी फ्म्लोरेन्सका हुन् । दुर्घटना हुँदा भ्रमणमा आएका भारतीय विद्यार्थीसहित पुलमा करिब ८० जना रहेको प्रत्यक्षदर्शीले बताए ।

घटनामा भारतीय विद्यार्थी होमिता मुमिन र नाम खुल्न नसकेका अन्य दुई नेपाली बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीले भने ७ भन्दा बढी बेपत्ता भएको अनुमान गरेका छन् ।

घाइतेमध्ये १५ भारतीय छन् । सबैको काठमाडौंमा उपचार भइरहेको छ । ५ जनाको स्थिति गम्भीर छ ।  सार्वजनिक सवारी साधनबाट ओर्लिएर पुल तर्दै गरेका स्थानीय बासिन्दाहरू पनि दुर्घटनामा परेकाले बेपत्ता हुने सबैको पुष्टि हुन नसकेको हो । 'स्थानीयले मान्छे हराएको भनेका आधारमा भोलिपर्सिमात्र बेपत्ता सबैको पुष्टि हुन सक्छ,' गिरीले भने ।

लट्ठा चुँडिएर पुलको वारिपट्टकिो आधा भाग घोप्टिएको छ । भारत भ्रमणमा आएका ४७ मध्ये अधिकांश विद्यार्थी पुलमा उभिएका बेला दुर्घटना भएको प्रत्यक्षदर्शी राज गुरुङले

बताए । 'उनीहरूले कोक्रो हल्लाएझैं पुल हल्लाइरहेका थिए, एउटा लट्ठा चुँडिएर पुल कोल्टो पर्‍यो,' उनले भने, 'पारिपट्टबिाट पनि सामान बोकेर आइरहेका स्थानीयको समूह ठूलो

थियो । कोही भागेर वारिको वारि पारिको पारि भए । एकपछि अर्को लट्ठा चुँडिँदै गए । धेरैजसो त्रिशूलीमा खसे ।' पुलका सातवटा लट्ठा चुँडिएका थिए । पृथ्वी राजमार्गबाट वारिपट्ट िरहेका मानिस भने उछिट्टएिर बगरमा झरेका थिए ।

दुर्घटनापछि नदीमा खसेका ५ जनाको उद्धार स्थानीय बासिन्दाले गरेका थिए । करिब आधा घन्टापछि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरी बल घटनास्थल पुगेको थियो । भारतीय दूतावासको एक हेलिकप्टरले समेत घटनास्थल निरीक्ष्ाण गरेको थियो ।

 २०५० मा बनेको उक्त पुल जीर्ण भइसक्दा पनि मर्मत भएको थिएन । एक सय ५९ मिटरको पुल जीटीजेडको सहयोगमा सप्रस भन्ने गैरसरकारी संस्थाले निर्माण गरिदिएको थियो ।

घटनापछि स्थानीय बासिन्दाले छ बुँदे माग राखी पृथ्वी राजमार्ग सवारी चल्न दिएका थिएनन् । पछि प्रशासन र राजनीतिक दलसँग सहमति भएपछि राजमार्ग खुलाइएको हो ।कृष्ण आचार्य/स्रोत:ईकान्तिपुर

No comments: