शैक्षिक मेलामा ग्लोबल सुन्दरी

      राजधानीको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा सम्पन्न दोस्रो थाइल्यान्ड शैक्षिक मेलामा यस पटक बेग्लै रौनक देख्न पाइयो। मेला व्यवस्थापनको जिम्मेवारी पाएको एजुकेसन संसार डटकमले शैक्षिक मेलामा रौनक सञ्चार गर्न साँझपख फेसन शोको व्यवस्थासमेत मिलाएको थियो। एजुकेसन संसार डटकमकै भातृ संस्था ई.एस. क्रिएसनको आयोजनामा तयारी भैरहेको मिस ग्लोबल ब्युटी क्विन-२०११ का १९ जना प्रतिस्पर्धीलाई उक्त र्‍याम्पमा उतारिएको थियो। मिस ग्लोबल ब्युटी क्विनका सहभागिहरू पनि आफूले सिकेको क्याटवाकलाई प्रतियोगितापूर्व नै प्रयोगमा ल्याउन पाउँदा उत्साही देखिन्थे। गत शनिबार प्रस्तुत फेसन शोको पहिलो सिक्वेन्समा सहभागीहरूले साडीमा क्याटवाक गरे। दोस्रो सिक्वेन्समा भने सहभागीहरूले जिन्स र टिसर्टमा क्याटवाक गर्नुका साथै थाइल्यान्डमा उत्पादित विभिन्न सौन्दर्य सामग्रीलाई आकर्षक हाउभाउसहित डिस्प्ले गरे। दोस्रो दिन अर्थात् आइतबार भने सहभागीहरूले वन पिस ड्रेस तथा विभिन्न शैलीका टप तथा हाफ पाइन्ट र स्कर्टको कम्बिनेसनमा क्याटवाक गरेका थिए। नेपाल थाइल्यान्ड ट्रेड कोअपरेसनको आयोजनामा सम्पन्न दोस्रो थाइल्यान्ड शैक्षिक मेला गत शनिबार र आइतबार गरी दुई दिन चलेको थियो। @साप्ताहिक

No comments: