![]() |
काठमाडौ । माउन्टेन फ्ल्याईटबाट काठमाडौ फर्कदै गरेको बुद्ध एयरको एक विचक्राफ्ए जहाज आज विहान ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त हुँदा ६ नेपाली नागरिक सहित सवार सबै १९ जनाको मृत्यू भएको छ ।
बुद्ध एयरको ईको किलो विच १९०० डी नामको विचक्राफ्ट एयर विहान साढे सात बजे ललितपुर विशंखु नारायणमा पर्ने कोटडाँडामा दुर्घटनामा परेको थियो । सो जहाजमा क्याप्टेन जेवी ताम्रकार, पद्मा अधिकारी र एयर होस्टेज अस्मीता श्रेष्ठ त्यस्तै जगत कर्माचार्य, सारदा कर्माचार्य र निराजन कर्मचार्य सवार थिए ।
जसमध्ये निराजनको स्थानीय बासिन्दाले जीवितै उद्दार गरेपनि उनको ललितपुरको विएण्डवी अस्पतालमो उपचारको क्रममा मृत्यू भएको थियो । उनको टाउको फुटेको, खुट्ट भाच्चिएको र पेटमा चोट लागेको स्थानीय बासिन्दाले जनाएका छन् ।
जहाजमा १३ भारतीय नागरिकहरु सवार थिए । जसमध्ये ८ जना दक्षिण भारत तामिलनाडु निवासी भएको बताईएको छ । ती सबैको मृत्यू भएको छ । प्रहरीले विमान बाक्लो कुहिरो र तुवालोको कारण डाँडामा ठोकिएर दुर्घटना भएको अनुमान सरेको छ । दुर्घटनामा परेका सबै सब र जहाज पूर्ण रुपमा क्षत विक्षत छ ।

No comments:
Post a Comment