वैद्यद्वारा स्थायी समिति बैठक बहिष्कार
कान्तिपुर संवाददाता/काठमाडौ| पोखरामा चक्काजाम गर्दै माओवादी कार्यकर्ता तस्बिर :लालप्रसाद |
हतियार राखिएको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णयका विषयमा माओवादी भित्र तिव्र मतभेद देखिएको छ । उपाध्यक्ष मोहन वैद्यपक्षधर संस्थापनपक्षको उक्त निर्णय विरुद्ध सडकमै ओर्लिएका छन् ।
वैद्य पक्षधरले शुक्रबार बिहान साढे ९ देखि साढे १० बजेसम्म राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न भागमा चक्का जाम गरेको छ । वैद्यले उक्त निर्णय आत्मघाती भएको बताएका छन् । उक्त निर्णय अबिलम्ब खारेज हुनुपर्ने वैद्यपक्षको माग छ । वैद्यपक्षको तिव्र बिरोधकाबीच बिहीबार सात मध्ये चार शिविरमा रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाइएको छ ।
यसैबीच, पार्टीभित्र देखिएको विवाद समाधान गर्न बोलाइएको स्थायी समिति बैठक पनि वैद्यले बहिष्कार गरेका छन् ।
नवलवपरासीको दुम्कौली र बर्दघाटमा वैद्य समर्थकहरुले राजमार्ग अबरुद्ध गरेर प्रर्दशन गरेका छन् । बिरोध प्रर्दशनमा बोल्दै माओवादी बैद्य समुहका जिल्ला नेताहरुले १० वर्षे जनयुद्धको मर्म बिपरित माओवादीका जनसेनालाई आत्मसमर्पण गराउने खोजेको आरोप लगाएका छन् । राजमार्ग अबरुद्ध गरिदा पुर्वपश्चिम हिडेका यात्रु राजमार्गमा अलपत्र परेका छन् ।
पर्वतको शिवालय चोकस्थित पोखरा-बागलुङ राजमार्गमा वैद्य समूहलेएक घण्टा चक्का जाम गरेका छन् । दर्जनौंको संख्यामा रहेका माओवादी कार्यकर्ताले सवारी आगमनमा अबरोध पुर्याई चक्का जाम गरेका हुन् ।
उदयपुरको सदरमुकाम गाईघाटमा माओवादी(बैध समुह)ले डेढ घटना चक्काजाम गरेको छ ।
सुनसरीको इटहरीमा वैद्य पक्षधर कार्यकर्ताले प्रदर्शन गर्नुका साथै यातायात बन्द गराएका छन् ।बिहान साढे नौ बजेदेखि एक घन्टा चक्काजाम गरिएको सो समूहका कार्यकर्ताले जनाएका छन् । इटहरीमा भएको प्रदर्शन र सभा कार्यक्रममा माओवादीका सुनसरी सभासद किरण राईलगायतको सहभागिता रहेको थियो ।
पोखरामा माओवादी कास्कीकी सहईन्चार्ज कंचन खनालको नेतृत्वमा केही कार्यकर्ताले पृथ्वीचोकमा चक्काजाम गरेका छन् । चक्काजामस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । खनालले साँचो बिशेष समितिलाई बुझाएर १० बर्षे 'जनयुद्ध' र शहिद परिवार, घाईते तथा बेपत्ता परिवारको अवमुल्यन गरिएको बताईन । 'यसले माओवादीलाई निशस्त्रीकरणमार्फत आत्मसमर्पण गराउने भएकाले आफुहरुलाई अमान्य छ', खनालले भनिन् । @ई-kantipur
No comments:
Post a Comment