रवि रोषी/ दोहा, कतार
कतारमा रहेका नेपाली महिलाहरुको माझमा आगामि सेप्टेम्वर ९,, शुक्रबारका दिन हरितालिका तिज मनाउने भव्य तयारी”
नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा कतारमा रहेका नेपाली महिलाहरुको माझमा आगामि सेप्टेम्वर ९,, शुक्रबारका दिन दोहा स्थित दोहा सिटी प्लाजा होटलको सभाहलमा कास्की आदर्श सेवा समाज तथा फेवा सांस्कृतिक परिवार दोहा,कतारको आयोजनामा "कास्की आदर्श तथा फेवा सांस्कृतिक को प्रवासमा हरितालिका (तिज) -२०६८" तीज कार्यक्रम भव्य रुपमा मनाउँने तयारी भईरहेको मिनि नेपालको उपमा पाएको कतारका नेपाली संघ संस्थाहरुका बिच सन् २००४ मा स्थापीत कास्की आदर्श सेवा समाज यहाँ स्थापना भएका संघ संस्थाहरु मध्येमा एक अग्रणी एवं क्रियासिल सँस्था हो। यसै समाज अन्तर्गतको भातृ संगठन फेवा सांस्कृतिक परिवार जसले आफ्नो संगठनकालको छोटो अवधिमा नै कतार स्थित नेपाली समुदाय माझ एउटा अलग्गै पहिचान एवं स्थान बनाउन सफल भएको छ। जसको पुर्ण सक्रियता तथा आफ्नो मातृ संगठन कास्की आदर्श सेवा समाजको समुन्वयमा विगत केहि वर्ष देखि कतार स्थित नेपाली समुदाय समक्ष आफ्नो धर्म, सँस्कृती र चार्डपर्वहरूको स्मरण गर्दै विभिन्न साँस्कृतीक कार्यक्रमहरूको आयोजना गरि पुर्ण रूपमा भव्यताका साथ सफल पार्दै आएको छ।
No comments:
Post a Comment