शिवराज गौतममाथि कारवाहीको माग

तिलविक्रम थेवे, दोहा / कतार
गत अगष्ट १२, २०११ का दिन दोहा कतारमा नेपाल टेलिभिजन र नेपाली टीभी यूकेबाट प्रशारण हुने प्रवासीको सन्देश नामक कार्यक्रमले प्रथमवर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रमको संचालकको कतारस्थित नेपाली संघसस्था, तथा आम समुदायले घोर विरोघ र भतर्सना जनाउदै सो कार्यक्रमलाई अवैधानिक घोषणा गरेका छन्  भने  संचालक शिवराज गौतममाथि कारवाही गर्नुपर्ने माग कतारका सम्पूर्ण संघसस्थाहरुले गरेकाछन् ।
गत अगष्ट १४, २०११ का दिन नेपाली दुतावसस्थित महामहिम राजदुतको कार्यकक्षमा , नागरिकसमाज, भातृसंगठन, व्यवसायी, बौद्धिक समुदाय,पत्रकारहरुको वृहत उपस्थितिमा सो अनाधिकृत एवं गैह्र कानुनी रुपमा आयोजित सो कार्यक्रमको समिक्षा गर्दै सो कार्यक्रममार्फत संचालक शिवराज गौतमले नेपाली दुतावास र महामहिम राजदुतको समेत घोर अपमान गर्दै कतारस्थित सम्पूर्ण नेपाली समुदायको छविलाई समेत आँच आउने कार्य गरेको ठहर गरेका छ ।
सो कार्यक्रमका संचालक शिवराज गौतमले कार्यक्रम संचालनको दौरानमा नेपाली दुतावासमाथि अनर्गल गालीगलौज गर्दै अपमानजनक तरिकाले प्रस्तुत भएका थिए । उनले  महामहिम राजदुतसमेतको खुला र चुनौतिपूर्ण भाषामा विरोध गरेका थिए । कार्यक्रमको संचालन गर्दै गौतमले “राजदुत स्वयम्ले घरीघरी फोन गरेर प्रवासीको सन्देश कार्यक्रम मार्फत शुभकामना प्रशारण गरिदिनु परयो भन्ने अनुरोध गर्ने दिन अब गए बरु दुतावासको नकारात्मक पक्षको पनि कार्यक्रममा प्रशारण गर्ने र कार्यक्रम गर्ने सवालमा दुतावासले केही लछार्न नसक्ने जस्ता अपच र दुतावासलाई धम्कीपूर्ण चुनौति दिएका थिए ।
प्रवासीको सन्देश कार्यक्रमको वितरित निमन्त्रणा कार्डमा श्रममन्त्री माननीय मो. इस्तियाक राइन प्रमुख अतिथी रहने भन्ने लेखिएको थियो जुनकुराको दुतावासले खण्डन गरेको छ । दुतावासले माननीय मन्त्रीको भ्रमणको लागि परराष्ट्र मन्त्रालयद्धारा लेखिएको प.सं.०६७÷६८ च.नं.८ मिति २०६८÷०४÷०३ को पत्रको जानकारी दिदै पत्रमा माननीय श्रममन्त्रीको भ्रमण कतारको समकक्षीसंगको औपचारिक भेटघाट तथा वार्ता गर्न र श्रमिकहरुको अवस्थाको जानकारी लिने उद्देश्यले हुने भएकोले दुतावासलाई भ्रमणको लागि आवश्यक व्यवस्था मिलाउन भनिएको तर प्रवासीको सन्देश कार्यक्रमको प्रमुख अतिथिको लागि कहि कतै उल्लेख नभएको र सोको प्रतिउत्तरमा नेपाली दुतावासले हाल कतारका श्रममन्त्री विदामा रहनुभएकोले अगष्टको पहिलो हप्ता अथवा कुन समय अनुकुल र उपयुक्त हुन्छ सोको जानकारी दिनको लागि भनेर प.सं. ०६८ / ६९ / ११ मिति २०६८ / ०४ / ०८ मा परराष्ट्र मन्त्रालयलाई पत्र लेखि पठाएको थियो । सो पत्रको उत्तर नआएको बरु अहिल्यै भ्रमण सम्भव नहुने भन्ने मौखिक जानकारी आएको पनि दुतावासले जानकारी गराएको थियो । यसरी माननीय श्रममन्त्रीको भ्रमण स्थगित हुदाहुदै पनि श्रममन्त्रीको हातबाट सम्मान गरिने भन्ने पत्राचार गर्दै निमन्त्रणा कार्डमा समेत श्रममन्त्रीज्यू प्रमुख अतिथी रहने भन्ने कुरा जनाएको हुदाँ सो कुरा स्वत अवैधानिक र ग्रह्र कानुनी भएको ठहर गरिएको छ ।
कार्यक्रम गर्न पुर्वनै दुतावासले सो गम्भीर विषयमाथि चासो राखी संचालक शिवराज गौतम र प्रवासको सन्देश कार्यक्रमका कतार प्रतिनिधी चिरन्जिवी तिम्सिनालाई दुतावासमा बोलाई यी गलत प्रक्रियाहरुको वारेका जानकारी लिदा आफ्नो तर्फबाट गल्ती भएको स्विकार गर्दै सो कार्यक्र रद्ध गर्ने, निमन्त्रणा स्वरुप वितरण गरिएका कार्डहरु फिर्ता गर्ने तथा नेपाल र कतार दुई देशविचको सुमधुर सम्बन्धमा आँच आउने प्रकारको यस्ता कुनै पनि कार्यक्रम नगर्ने भन्ने ३ बुँदे कबुलियतनामा गरी संचालक शिवराज गौतम र प्रवासको सन्देश कार्यक्रमका कतार प्रतिनिधी चिरन्जिवी तिम्सिनाले हस्ताक्षर समेत गरेका थिए । तर दुतावासमा गरिएको सो कबुलियतनामाको समेत उलंघन गरी अगष्ट १२ का दिन दोहा कतारमा प्रवासको सन्देश कार्यक्रमको वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्दै कतारका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए । सो सम्मानपत्रमा कार्यक्रमका संचालक शिवराज गौतम र अनुपस्थित रहेका माननीय श्रममन्त्रीको समेत हस्ताक्षर रहेको छ ।
यसैविचमा कार्यक्रमको अध्यक्षता गरेका प्रवासीको सन्देश कार्यक्रमका कतारस्थित प्रतिनिधी चिरन्जिवी तिम्सिनाद्धारा हस्ताक्षरित एक पे्रस विज्ञप्ती जारी गर्दै दुतावासमा ३ वुँदे कबुलियतनामाको उलंघन भएकोमा सो अक्षम्य गल्तीको लागि चिरन्जिवी तिम्सिनाले क्षमा मागेकाछन् भने कार्यक्रमको संचालक स्वयम् शिवराज गौतम भएकोले गौतममाथि गरिने कारवाहीमा आफू मन्जुर भएको कुरा समेत व्यक्त गरेकाछन् ।
विज्ञप्तीमा अगाडी भनिएको छ “सो कार्यक्रम रद्ध गर्ने, मन्त्रीको उपस्थितिमा कार्यक्रम हुदैछ भन्दै बाडिएका निमन्त्रणा कार्डहरु फिर्ता गर्ने, कतार र नेपाल दुईदेश विचकोको सम्बन्धमा आँच आउने किसिमको कुनैपनि यस्ता कार्यक्रम नगर्ने भनेर ३ वुँदे कबुलियतनामाको कागजमा शिबराज गौतम र म स्वयम्ले हस्ताक्षर गरेको जानकारी गराउदै सोको उलंघन गरी कार्यक्रम गरेको हुनाले यसबाट नेपाली कुटनैतिक नियोग, महामहिम राजदुत तथा कतारमा कार्यरत नेपाली समुदाय, संघसस्था बौद्धिक समाज पत्रकार सबैलाई पर्न गएको अपमान,चोट र सम्मानमा आधात पुग्न गएकोमा सार्वजनिक रुपमा क्षमा माग्दै आइन्दा यस्तो गल्ती नदोहोरयाउने समेत प्रतिवद्धता जाहेर गर्दै सो कार्यक्रमको औचित्य र औपचारिकता समाप्त भई अवैधानिक भएको यसै प्रेसविज्ञप्ती मार्फत जानकारी गराउदछु साथै सो कार्यक्रमका भिडीयो रेकर्डको कुनैपनि संचारमाध्यम मार्फत प्रशारण नगर्ने, नगराउने समेत प्रतिवद्धता जाहेर गर्दछु ।” 
दुतावासले प्रवासीको सन्देश नामक कार्यक्रमका संचालक शिवराज गौतमलाई नियम कानुन उलंघन गर्दै, कार्यक्रम गरेको र नेपाली कुटनैतिक नियोगको घोर अपमान गरेकोमा कतारस्थित सबै संघसस्था, नागरिकसमाज, विभिन्न समुदाय, भातृसंगठन, पत्रकार तथा बुद्धिजीवीहरुले समेत गौतमलाई नेपालमा कारवाही गर्नुपर्ने जोडदार माग गर्दै दुतावासद्धारा निजलाई कारवाही गर्ने प्रक्रियाको हार्दिक स्वागत गरेकाछन् ।
दुतावासमा तिन बुदे कागजमा कबुलियतनामामा मन्जुरी जनाउदै हस्ताक्षर गर्ने समयमा त्यहाँ उपस्थित लोकतान्त्रिक मंचका अध्यक्ष रामहरी गैरेले पनि तिन बुदै कागजमा उपस्थिितिको रुपमा हस्ताक्षर गरेकोमा नेपाली संघसस्था र समुदायले गैरेसंग स्पष्टिकरण मागेका थिए भने चिरन्जिवी तिम्सिनाले आफु प्रवासीको सन्देश कार्यक्रमको कतार प्रतिनिधि भएपनि सबै हर्ताकर्ता सो कार्यक्रमका संचालक शिवराज गौतम भएको हुनाले आर्थिक, प्राविधिक पक्षमा आफू अनभिज्ञ र निर्दोष भएको जिकीर गरेका थिए ।

स्मरणरहोस्  यसरी दुतावासको सहमति विना, नेपाली राजदुतको मानमर्दन गर्दै, नेपालबाट सो कार्यक्रमको लागि माननीय श्रममन्त्री आउने भन्ने झुठो निम्तो देशी विदेशीहरुलाई वाड्दै सम्बन्धित मुलुकको नियमकानुनलाई समेत उलंघन गरी अनाधिकृत एवं गैह्रकानुनी रुपमा आयोजित सो कार्यक्रमले प्रवासीको सन्देश कार्यक्रमलाई विभिन्न तरिकाले सहयोग गरेको भन्दै सो कार्यक्रमको सल्लाहकार, कतारमा कार्यरत् व्यवसायी तथा विभिन्न किसिमका व्यक्तिहरुलाई कार्यक्रममा सम्मान समेत गरेको थियो । प्रवासीको सन्देश कार्यक्रमका सल्लाहकार भनेर परिचय गराइएका ई. कोमल सिंह, बद्री प्रसाद पाण्डे, डा. देवकाजी डंगोल, सागर नेपाल, लोकमाया क्षेत्री, मकसुद आलम, इं अर्जूुन प्रसाद भट्टराई, रामहरी गैह्रे, चुडामणी कार्की, अजिजुर रहमान शेख र अन्य व्यक्तिहरु दिल थापा, रुद्र दाहाल, टुकराज अर्याल, माणिकलाल मण्डल, नारायण प्र. खनाल, असरद अहमद अलीलाई सो कार्यक्रमले सम्मानपत्र सहित सम्मान गरेका थियो ।
दुतावासमा भएको छलफल कार्यक्रममा प्रवासीको सन्देश कार्यक्रमको नाममा मोटो आर्थिक रकम विभिन्न व्यक्तिहरुसंग उठाउने मनसायले छलछाम गर्दै गैह्र कानुनी रुपमा आयोजित सो कार्यक्रमबाट सम्मानित व्यक्तिहरुले (सम्मान व्यक्तिगत) सम्मानपत्र फिर्ता गर्नुपर्ने र नेपाली दुतावासको छविलाई कहिकतैबाट आँच आउन दिनु नहुने जस्ता विषयमा समेत सम्पूर्ण संघसस्थाहरु, नेपाली समुदायको संयूक्त राय समेत रहेको थियो  ।

No comments: