: एक महिलाको शव भेटियो
देव नारायण साह/ सिरहा, श्रावण ३२ - कमला नदीमा मंगलवार साँझ भएको डुंगा दुर्घटनामा हराइरहेकाहरु मध्ये बुधवार एक महिलाको शव भेटिएको छ ।
सिरहा चिकना ६ का ८० वर्षीया सोनफी गोइतको शव धनुषाको लक्करस्थित कमला नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । डुंगा दुर्घटनामा हराएका १३ जना अझै भेटिएनन् ।
सोही ठाउँका गंगादेवी मुखिया, श्रीलाल मुखिया, गीता यादव, रुमा यादव, प्रमिलाकुमारी यादव, खिरखिरियादेवी यादव, ककुलकुमारी यादव, सीता यादव, अलेखा यादव, रामोदेवी यादव, कुसुमदेवी यादव, सितादेवी यादव र धनुषाको लक्करका लटल मण्डल अझै हराइरहेको परिवारजनले जनाएको छ ।
कमला नदीमा बेपत्ता भएकाहरुको खोजी कार्य भारतीय एसएसबी जबानहरुबाट पनि भइरहेको छ । सशस्त्र सिमा वल बेतौन्हाको एसएसबी जवानहरुले भारतिय क्षेत्रमा खोजि कार्य गरिरहेको सशस्त्र बेश क्याम्प माडरका सशस्त्र प्रहरी निरीक्षक चिरञ्जीवी देवकोटाले बताए । सिमावर्ति भारतको जयनगर क्षेत्रको कमला नदी किनारमा खोजि गरिरहेको स्थानियबासिहरुले बताएका छन् ।
सिरहा, धनुषाको सशस्त्र, नेपाल प्रहरी र स्थानियबासिहरुले मंगलबारदेखि हराइरहेकोहरुको खोजि कार्य गरिरहे पनि उनीहरु फेला नपरेको र अबिरल वर्षले नदीमा पानीको बहाब बढदै गएकोले बगाएर भारत तर्फ गएको हुन सक्ने आशंका प्रहरीको छ ।
धनुषा र सिरहा जिल्लाको सिमानास्थित कमला नदीमा मंगलवार साँझ डुंगामा चढेर धनुषाको कोइलपुर घाटबाट सिरहाको निर्दना घाट आउँदै गर्दा बीच नदीमा डुंगा पुटदा डुंगामा सवार ३५ जनालाई नदीले बगाएको थियो । अन्य सबै जना परिवारजनको सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।
निर्दनाका स्थानीयबासीहरु खेतको काम गरेर र अन्य यात्रुहरु डुंगाचढेर आइरहेका थिए ।
नारायणीमा युवक वेपत्ता
दीपेन्द्र बडुवाल
भरतपुर- चितवनको भरतपुर नगरपालिका ३ हरिहर मन्दिर नजिकै नारायणी नदीमा नुहाउने क्रममा बुधबार अपरान्ह युवक डुवेर वेपत्ता भएका छन ।
भरतपुर ७ कृष्णपुरका यूरेश घले पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएको वप्रका नारायणगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले बताउनु भयो । उनका अनुसार अहिले स्थानीय बासिन्दा र प्रहरीले लाइफ ज्याकेट पहिरेर नदीमा खोजी कार्य गरिरहेका छन् ।
No comments:
Post a Comment