के यो माया हो ? साउनमा

काठमाडौ, अषाढ २९ - प्रेम कथामा आधारित नेपाली कथानक चलचित्र 'के यो माया हो ?' को सम्पूर्ण निर्माण कार्य सकेर प्रदर्शनका लागि तयार भएको छ । चलचित्र आगामी साउन २० गतेबाट देरभरका स्टेसनहरूबाट प्रदर्शनमा आउने बताइएको छ । 'मेरो एउटा साथी छ' को निर्देशनबाट राम्रै चर्चा कमाएका सुदर्शन थापाले यसको निर्देशन गरेका छन् ।

एसजीएस इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्मित चलचित्र युवा पुस्ताको प्रेममा आधारित बताइएको छ । सुरेश पहारीको प्रस्तुति, शंकर गुरुङ र गौरव हिराचनको निर्माण रहेको चलचित्रमा आर्यन सिग्देल, अरुणिमा लम्साल, सुषमा कार्की, सौगात मल्ल, नीर शाह, केशव भट्टराईलगायतको अभिनय रहेको बताइएको छ । सुगम पोखरेलको संंगीत, अनुप कोइराला र राजु शाहको नृत्य रहेको चलचित्रमा द्वन्द्व एनबी महर्जन र छायांकन राजेश श्रेष्ठको रहेको छ ।

No comments: