कृष्ण कंडेल/जुलाई २२ स्पेन,
स्पेन सरकारले यही २०११ जुलाई बाट परिवर्तन गरेको ईमिग्रेसन सम्बन्धी नियम – कानुनहरु (विशेष गरेर अराइगो सम्बन्धी) का बारेमा स्पेनमा बस्ने सम्पूर्ण इमिग्रन्ते नेपाली साथीहरुलाई जानकारी गराउने उद्धेस्यले स्पेनिश वकिलसँग अन्तर्कृया कार्यक्रम सम्पन्न भयो |
जनसम्पर्क समिति स्पेनको आयोजनामा सम्पन्न कार्यक्रममा सहजीकरण वकिल (Jose javier )ले गर्नु भएको थियो | बिशेस अतिथि द्दय कतालुन्य स्टेटका ईमिग्रेसन मन्त्रि (Director de imigracion de catalunia ,Angel colom and Eric )ले कार्यक्रम को बारेमा बोल्दै नेपाली हरु प्रति आफुले गर्न सक्ने सहयोग सदैब हुने र यहाँ बस्ने नेपालीहरु ले कत्लान पढ्नको लागि सुझाब दिनुभएको थियो |अतिथिहरु एन आर एन ICC सदस्य रामलाल कंडेल , एन आर एन अध्यक्ष अर्जुन काफ्ले ,यूरो जनसम्पर्क समिति उपाध्यक्ष पुष्पराज भण्डारी लगायत अन्य ६० जना को सहभागिता भएको उक्त कार्यक्रम जनसम्पर्क समिति स्पेनका अध्यक्ष एकराज गिरि को सयोजकत्वो मा सम्पन्न भएको थियो |स्मरण रहोस नेपाल पर्यटन वर्ष २०११ लाई इंकित गर्दै नेपाल सम्बधि डकुमेंट्री पनि प्रस्तुत गरेको थियो ,|
No comments:
Post a Comment