फेसबुक भर्सेज गुगल प्लस


Google+ is New Facebook Rivalकुनैवेला चर्चित कहलिएको माइस्पेसहाइ फाइभ लाई पछार्दे आफ्ना सेवा तथा सुविधा विस्तार गर्र्दै अगाडि बढिरहेको फेसबुकले अव नयाँ प्र्रतिस्पर्धा गर्नुपर्ने भएको छ । हुन त अहिले फेसबुक लाई जित्ने सामाजिक सञ्जाल बन्न कठिन छ तरपनि गुगलले आफ्नो नयाँ सोचको सामाजिक सञ्जाल गुगल प्लस( Google+.) को प्रोजेक्ट कार्य भैरहेको जानकारी दिएको छ । नयाँ सामाजिक सञ्जाल निर्माण गरेर प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने काम कठिन नै हुन्छ तरपनि गुगल पहिलेदेखी नै चर्चामा रहेको र उसले दिने सेवाहरु पनि अन्य साइटहरुका भन्दा पृथक र अत्यावसेक रहेका कारण प्रयोगकर्ताहरु लोभिन सक्ने देखिन्छ । 



गुगल प्लस ले आफ्नो सेवा सुरुवात त गरिसकेको छैन तर व्लगर, वर्डप्रेस जस्ता साइटहरुमा का रुपमा दिने + Gadjet गरेको छ । यो मुख्यगरी Circle को अवधारणामा निमाृण गर्न लागिएको छ । जस्तै साथीहरुको एउटा सर्कल, परिवार तथा आफन्तको अर्को सर्कल, लगाएतका सर्कलहरु निर्माण गर्न मिल्ने सुविधा दिने बताइएको छ । 
जसरी फेसबुकको वालमा लेखेको कुरा आफ्ना साथीहरुको सुचीमा रहेका सबैले हेर्न सक्छन् तर गुगल प्लसमा जुन सर्कलमा पोष्ट गरेको हो त्यही सर्कललका ले मात्र देख्न सक्नेछन् । जस्तै तपाइले परिवारको सर्कलमा पोष्ट गरेको कुरा साथीभाइ सर्कलमा देखिदैन ।  यसका साथै र भिडियो च्याट समेतका सुविधा दिइने बताइएको छ ।
 तपाइ पनि गुगल प्लसमा आफ्नो एकाउन्छ दर्ता गराउन चाहानुहुन्छ भने यहाँ थिच्नुहोस । 
गुगल प्लसले दिने सुविधाहरुको हेर्न चाहानुहुन्छ भने यहाँ थिच्नुहोस् । 

यो प्रतिस्पर्धाको समयमा फेसबुकले कसरी आफ्नो वर्चश्व कायम राख्न सक्ला या नसक्ला त्यो भने हेर्न बाँकी नै छ । 

No comments: