पेरिस, (एजेन्सी) लि नाले प|mेन्च ओपन टेनिसअर्न्तर्गत महिला एकल उपाधि जित्दै ग्रान्डस्लाममा नयाँ इतिहास कोरेकी छन्।
शनिबार फाइनलमा डिफेन्डिङ च्याम्पियन प|फेन्सेस्का स्किएवोनलाई ६-४ र ७-६ ले हराउँदै लि नाले करिअरमा पहिलो ग्रान्डस्लाम जितिन्।
साथै लि नाले ग्रान्डस्लाम जित्ने पहिलो चिनियाँ खेलाडीसमेत बन्न सौभाग्य हासिल गरिन्। २९ वषर्ीया सातौं वरीयताकी खेलाडीले ऐतिहासिक जित प्राप्त गर्न रोलान्ड ग्यारोसमा १ घण्टा ४८ मिनेट समय संर्घष्ा गरेकी थिइन्।
पहिलो सेट ३९ मिनेटमा हात पारेकी लि नाले उक्त सेटमा ६ अंक मात्र गुमाएकी थिइन्। दोस्रो सेटमा भने इटालियन खेलाडीले लि नाको चुनौती परास्त गर्न कोसिस गरेकी थिइन्। ४-२ ले अग्रतामा रहेकी लि नाविरुद्ध उनले सेट टाइब्रेकमा तानेकी थिइन्। टाइब्रेकमा लि ना पूरै स्किएवोनमाथि हावी बनेकी थिइन्। लि नाले लगातार ७ अंक जोडी सेट र खेल आफनो पक्षमा पारेकी थिइन्।
लि नाले दोस्रो ग्रान्डस्लाममै उपाधि जितेकी हुन्। यसअघि अस्टे्रलियन ओपनमा उनले फाइनलमा पुग्दै पहिलो ग्रान्डस्लामको उपाधि नजिक पुगेकी थिइन्। तर उनको आशामाथि किम क्लाइजर्स्र्टसले तुषारापात गरेकी थिइन्।
फेडेरेर र नाडाल उपाधि भिडन्तमा रोजर फेडेरेरले नोभाक जोकोभिकको एटीपीमा लगातार ४३ जितको गतिलाई रोक्दै प|फेन्च ओपनमा राफेल नाडालसँग उपाधि भिडन्तका लागि तयार भएका छन्।
करिअरको १७औं ग्रान्डस्लामको खोजीमा रहेका फेडेरेरले र्सर्बियाका जोकोभिकलाई ७-६, ६-३, ३-६ र ७-६ ले हराए। रोलान्ड ग्यारोसको कोर्टमा सेमिफाइनल खेल जित्न स्विसले ३ घण्टा ३९ मिनेट संर्घष्ा गरेका थिए। २००९ मा च्याम्प्ियन बनेका फेडेरेरको प|फेन्च ओपनमा पाँचौं फाइनल हो।
अर्को सेमिफाइनल खेलमा विश्व नम्बर एक राफेल नाडालले एन्डी मुरेलाई ६-४, ७-५ र ६-४ ले हराएका थिए। रोलान्ड ग्यारोसमा ५ उपाधि जितेका नाडालले बोजर्न बोर्गको ६ उपाधिको बराबरी गर्ने नजिक छन्।
सभार : कामना प्रकाशन

No comments:
Post a Comment