न्युयोर्क, अषाढ ७ - जिब्रोको क्यान्सरको उपचारका लागि नेपाली कांग्रेसका सभापति सुशील कोईराला सोमबार न्युयोर्क आईपुगेका छन् । स्थानीय समय अनुसार बिहान दश बजे जोन अफ केनेडी अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रदा सभापति कोईरालालाई न्युयोर्कस्थित नेपाली कांग्रेस एवम जनसम्पर्क समितीका पदाधिकारी एवम कार्यकर्ताहरुले स्वागत गरेका थिए । कोईरालाले कार्यकर्ताहरुलाई आफु पाँच दिन न्युयोर्कमा बस्ने जानकारी दिएका थिए । सभापति कोईरालाका सहयोगी एवम महासमिती सदस्य आनन्द विष्टले ईकान्तिपुर लाई दिएको जानकारी अनुसार बिहिबार कोईरालाको स्वास्थ्य परिक्षण हुनेछ् । स्लोन क्याटरिङ क्यान्सर सेन्टरमा भारतीय मुलका अमेरिकी चिकित्सक जतिन शाहद्वारा कोईरालाको चेकअपको कार्यक्रम रहेको छ । लण्डन हुदै सभापति कोईराला नेपाल फर्किने कार्यक्रम रहेको छ ।

No comments:
Post a Comment